काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट अवैध लागूऔषध खैरो हेरोइन ७ सय ५० मिलिग्रामसहित सोही नगरपालिका–७ बस्ने २९ वर्षीय रामकृष्ण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैष्गरी बाराको परवानीपुर गाउँपालिका–४ चैनपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोसहित पर्सा बहुदरमाई नगरपालिका–२ बैरिया टोल बस्ने २७ वर्षीय अरूण मिया
अंसारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरीले भे.१ ज १२०४ नम्बरको हाईस गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस्तैगरी प्रहरीले कपिलवस्तुको वाणगंगा नगरपालिका–११ देउपारस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ४ सय १० मिलिग्रामसहित रूपन्देही बुटवल उपमहानगरपालिका–१२ बस्ने २२ वर्षीय तिलक थापालाई बिहीबार साँझ पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले लु. ४१ प ९७६८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक थापालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको कटहरी गाउँपालिका–६ बस्ने कपिलदेव सहनीलाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा कटहरी गाउँपालिका(४ बस्ने ३३ वर्षीय सोहन सहनीको संलग्न रहेको खुल्न आएपछि प्रहरीले उनको घर तलासी गर्दा अवैध लागूऔषध गाँजा १ किलो फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: