हेटौंडा । बागमती प्रदेश सरकारले भूमि बैंक स्थापना गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बिहीबार मकवानपुरको बकैया गाउँपालिकास्थित कृषि उद्योग ग्रामको अनुगमनका क्रममा सो कुराको जानकारी दिए ।
मन्त्री चित्रकारका अनुसार आगामी आर्थिक वर्षदेखि नै भूमि बैंक स्थापना तथा सञ्चालनलाई तीव्रता दिइनेछ। संघ र स्थानीय तहले पनि यसअघि भूमि बैंकको योजना बनाए पनि कार्यान्वयनमा ल्याउन सकेका थिएनन्।
भूमि बैंकले औद्योगिक वातावरण निर्माण, लागत न्यूनीकरण र उद्योग स्थापनाका लागि जग्गा प्रदान गर्नेछ। साथै, अलपत्र परेका सरकारी तथा निजी जग्गाको प्रयोग गरी उत्पादन र सरकारी राजस्वमा वृद्धि हुने मन्त्री चित्रकारले बताए । उनले भने, ‘प्रदेश सरकारसँग रहेको सीमित स्रोत साधनको प्रयोग गरी सेवा प्रवाह, उत्पादन वृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्ने प्रयास भइरहेको छ।’
साथै उनले प्राकृतिक स्रोतको प्रयोग गरेर मात्र मुलुक समृद्ध हुन सक्ने भन्दै त्यसतर्फ प्रदेश सरकार अग्रसर रहेको जानकारी दिए । प्रदेश सरकार रहँदा नै संघीयताको अनुभूति हुने र विकास कार्यमा तीनै तहको सहकार्य जरुरी रहेको मन्त्री चित्रकारको भनाइ छ।
उनले सरकारी बजेट पूर्वाधारतर्फ केन्द्रित भएकाले बागमती प्रदेशको औद्योगिक विकास कमजोर रहेको स्वीकार गर्नुभयो। रोजगारी सृजना नगरी दिगो विकास सम्भव नभएकाले उद्यमशीलतामा जोड दिइनुपर्नेमा मन्त्री चित्रकारको जोड छ।
बकैया गाउँपालिका उद्यमशीलतातर्फ अगाडि रहेकाले आफू उत्साहित भएको उहाँको भनाइ छ। थोरै पालिकाले मात्र उद्यमशीलताका काममा अघि बढेका कारण प्रदेश सरकार उद्यमशीलताका लागि स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको पनि मन्त्री चित्रकारले बताए । उद्योग, वाणिज्य, भूमिसम्बन्धी नीति नभएका कारण विभिन्न समस्या देखिएकाले आवश्यक नीति निर्माण गरिरहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: