Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

बैद्य निकट अखिल (क्रान्किारी)ले दियो विनोद चौधरीलाई जनकारबाही गर्ने चेतावनी

खबरडबली संवाददाता

काठमाडौं ।  मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले चौधरी समूहले बाँसबारी छाला जुत्ता कारखानाबाट गैर–कानूनी रूपमा हडपेको १० रोपनी जग्गामा संचालित सीजी चाँदबाग स्कूललाई राष्ट्रियकरण गर्न माग गरेको छ ।

बिहीवार चाँदबाग स्कूल नजिकै प्रदर्शन गर्दै उक्त स्कूल र सीजी ग्रुपलाई तत्काल राष्ट्रियकरण गर्न माग गरेको हो । 

अखिल क्राीन्कारीले ग्रुपका अध्यक्ष बिनोद चौधरीलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ । प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका बागमती प्रदेश संयोजक उषाकिरण आजादले कौडीको मूल्यमा यो जग्गा विनोद चौधरीलाई कसरी बेचियो, उनी रातारात धनी कसरी भए ?  भन्दै  प्रश्न गरे ।   उनले भने–‘एउटा प्रहरीको जवानले हाम्रो प्रदर्शनमा हस्तक्षेप गर्छ, हामीलाई भाटा हान्छ के त्यो प्रहरीको छोराछोरी चाँदबाग स्कूलमा पढ्न सक्छन् ?

उनले बिनोद चौधरीलाई सरकारले गिरफ्तार नगरे आफ्नो संगठनले गिरफ्तार गरेर कारवाही गर्ने चेतावनीसमेत दिए ।  विनोद चौधरीले जबर्जस्ती हडपेको जग्गा फिर्ता गर्न ‘अकुपाई चाँदबाग’को अभियान चलाइएकोसमेत उनले बताए ।

प्रदर्शनमा सहभागी अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक बिरेन्द्र शाहले चौधरीलाई जनकारवाहीसमेत गर्न आफूहरू तयार रहेको बताए । अरुण चौधरीलाई होइन, विनोद चौधरीलाई गिरफ्तार गर्नुपर्छ भन्दै उनले उनले पहिलो चरणमा सडकमा र प्रचारात्मक कार्यक्रम गर्ने बताए । त्यसपछि पनि जग्गा फिर्ता नभएर विनोद चौधरीलाई कारवाही नगरिए दोस्रो चरणमा जनकारवाही पनि हुने उनले चेतावनी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending