काठमाडौं । नेपालमा पहिलोपटक फागुन ३ गतेदेखि ७ गतेसम्म विश्व सामाजिक मञ्च आयोजना हुँदै छ । विश्व सामाजिक मञ्च २०२४ को नेपाल आयोजक समितिले विश्व सामाजिक मञ्चको सोह्रौँ संस्करण नेपालमा गर्न लागेको हो ।
काठमाडौंमा हुन लागेको विश्व सामाजिक मञ्चमा ७५० स्वयंसेवक परिचालन हुने भएको छ । स्वयंसेवक परिचालन तथा व्यवस्थापनको जिम्मेवारी युथ एड्भोकेसी नेपालले पाएको छ । युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले कार्यक्रम अवधिभर ७५० स्वयंसेवक परिचालन हुने जानकारी दिए ।
नेपालमा विश्व सामाजिक मञ्चको आयोजना पहिलो पटक हुन लागेको र विश्वभरीबाट ३० देखि ४० हजार मानिसहरूको सहभागीता हुने कार्यक्रममा स्वयंसेवकको भूमिका महत्वपुर्ण हुने अध्यक्ष धामीले बताए । ‘स्वयंसेवाको लागि विभिन्न १९ वटा विषयगत क्षेत्र बनाएर सबै क्षेत्रको लागि संयोजक चयन गरिसकेका छौ’, उनले भने “ स्वयंसेवक साथीहरूले कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्ने र विश्वसामू एउटा उद्दाहरणीय सन्देश जान्छ” । स्वयंसेवक परिचालन समितिले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर स्वयंसेवकहरूलाई प्रशिक्षण दिएको थियो । मञ्चको उद्घाटन समारोह फागुन ३ गते काठमाडौंको खुलामञ्चमा हुनेछ।
यसैगरी फागुन ४ देखि ६ गतेसम्म विभिन्न विषयगत सम्मेलन र समानान्तर सत्रहरु आयोजना हुनेछन् । फागुन ५ गते अन्तरमहादेशीय युवा मञ्च हुने छ भने संसदीय मञ्चको पनि आयोजना हुनेछ । ‘अर्को विश्व सम्भव छ’ भन्ने संकल्पका साथ सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा पहिलोपटक आयोजना गरिएको विश्व सामाजिक मञ्चले नवउदारवादी आर्थिक नीतिको आलोचना गर्दै आएको छ ।
विश्व सामाजिक मञ्च नवउदारवादका विकल्पको सिर्जना एवं लागु गर्नेतर्फ उन्मुख विचार, अनुभव र रणनीतिको स्वतन्त्र तथा र समानान्तरस्तरमा आदानप्रदान गर्न बनाईएको एक खुला मञ्च हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: