Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

महाेत्तरीका गरिब बस्तीमा जाडो छल्न ‘घूर’ र ‘चटाइ’

खबरडबली संवाददाता

महोत्तरी । कठ्याङ्ग्रिँदो यो जाडो छल्न यहाँका पराले झुप्राका गरिब बस्तीमा ‘घूर’ (पातपतिङ्गर बटुलेर सल्काइएको आगो) र परालका लुइँठा बटारेर बनाइएका चटाइ नै सहारा बनेका छन् । ‘घूर’ का वरपर बसेर तातिएको अनुभूति लिन र सुत्दा चटाइको सहाराले उज्यालो पर्खने गरिब बस्तीको नियति नै बनेको छ ।

भङ्गाहा नगरपालिका–३ सकरी मुसहरीटोलकी रामराजी सदा ससाना नानीलाई पराले चटाइ ओढाएर सुताउने प्रयत्न गर्दछन् । जाडो छल्ने यिनै चटाइ पनि सबै परिवारका सदस्यलाई ढाक्नेगरी जोहो गर्न नसकिएको रामराजीको व्यथा छ । “चटाइ पनि दुईमात्र छन्, नानीहरु कसैगरी निदाए भने आफूहरु तिनै निदाएको हेरेर सन्तोस गरिन्छ”, रामराजी भन्छन्, “अब आधा माघ कटेपछि घाम देखिने भन्ने आश छ ।”

यो सकरी  मुसहरीटोलकी रामराजीको मात्र व्यथा नभई जिल्लाका सबैजसो भेगमा बसोबास गर्ने आम मुसहरको व्यथा हो । मुसहरमात्र नभएर यहाँका बाँतर, मेस्तर, डोम, दुसाध र हलखोर जाति समुदाय आर्थिक अवस्थाले अत्यन्त पछि देखिन्छन् ।

बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइ/चौडाइका झुप्रा गरिबको घर संसार हुन् । “हजुर, हाम्रो चिसो छल्ने यही सहारा हो”, बलवा नगरपालिकाको भगवतीपुर बस्तीकी करिब ६० वर्षीया पुरनी सदा मुसहर
भन्छिन्भ, “रात कटाउन पराल र चटाइ छ, उज्यालो भएपछि घूर हुन्छ ।” लगातार बढ्दै गएको चिसोले बिहानै मजदुरी गर्न जान नपाएपछि खाने कुराको पनि समस्या बढेको पुरनीको थप पीडा छ । रामराजी, पुरनीजस्तै भङ्गाहा–८ धर्मपुरको अन्हारवन बस्तीकी हेमकली बाँतरको पनि पीडा उस्तै छ । “न खाने कुरा यो भन्ने छ, न ओढ्ने, बस्ने लुगा”, ५० वर्षीया हेमकलीले भनिन्, “हामी गरिबलाई हेर्ने कोही छैनन्, यसपालिको जाडोबाट बाँच्न कठिन छ ।”

महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ । यीमध्ये  भङ्गाहा, गौशाला, औरही, बर्दिबास र लोहारपट्टि नगरपालिकामा अन्यभन्दा बढी मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले अति नै पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् । दुवै जातिको रीतिथिति समान नै देखिने भङ्गाहा नगरपालिका–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालको भनाइ छ ।

मुसहर जिल्लाका सबै स्थानीय तहमा रहे पनि बाँतर बस्ती भने भङ्गाहा नगरक्षेत्रमा मात्र छन् । आफ्नो नगरक्षेत्रमा मुसहर र बाँतरको एक ठाउँ गणना हुँदा फरक/फरक जाति समुदाय बसोबास तालिकाको अभिलेखमा मुख्य स्थान ओगट्ने भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साह स्वीकार  
गरे । जिल्लामा अहिले मुसहर, बाँतर दुवै मिलाएर ४० हजारको हाराहारी जनसङ्ख्या पुगेको छ । त्यसमा मुसहरको २७ हजार तीन सय ५२ रहेको पछिल्लो राष्ट्रिय जनगणना तथ्याङ्क–२०७८ ले देखाएको छ ।

करिब ४० हजारको हाराहारी पुग्नै लागेको जनसङ्ख्याभित्रका मुसहर, बाँतर समुदायबाट प्रवेशिका उत्तीर्ण गर्नेको सङ्ख्या ५० कटेको छैन । विद्यालयमा प्रत्येक वर्षजसो भर्ना अभियानका नाउँमा यी समुदायका बालबालिकाको नाउँ विद्यालयमा लेखिए पनि गरिबी र अभावले टिक्न सक्दैनन् । 

“सबै स्थानीय तहमा दैवीप्रकोप उद्धार कोष छ, प्रत्येक जिल्लामा सरकारका मुख्य प्रतिनिधि मानिने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति छ”, नेपाल सरकारको सहसचिवबाट सेवानिवृत्त हुनुभएका भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेल भन्छन्, “सेवानिवृत्त भएर घर बसेको २० वर्ष हुन लाग्यो, कहिल्यै प्रकोपको पूर्वतयारी कसैले गरेको देखिँदैन ।” 

सेवाप्रदायक निकाय उत्तरदायी हुन नसक्दा सालसालै  चिसोकै कारण ज्यान जाने र दीर्घरोगले ग्रसित हुने बढिरहेका भुजेलको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियाको राजधानीमा आगलागीमा परी २२ जनाको मृत्यु

काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...

मस्तिष्कघातका कारण बाराका अग्रज फोटो पत्रकार आलमको निधन

बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।  बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...

उदयपुरमा दुई मोटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...

बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

बैतडी ।  बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...

मधेशमा महिला हिंसा बढ्दै, छ महिनामा १४१ घटना दर्ता

जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ ।  महिला पुनर्स्थापना केन्द्र, ...

ओखलढुङ्गामा पशुचौपायालाई खोरेत विरुद्धको खोप

ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...

नेकपामा ‘एकता समायोजन’ किन सुस्त ?

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...

लमजुङका ३० मतदान स्थल अति संवेदनशील

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending