Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

महाेत्तरीका गरिब बस्तीमा जाडो छल्न ‘घूर’ र ‘चटाइ’

खबरडबली संवाददाता

महोत्तरी । कठ्याङ्ग्रिँदो यो जाडो छल्न यहाँका पराले झुप्राका गरिब बस्तीमा ‘घूर’ (पातपतिङ्गर बटुलेर सल्काइएको आगो) र परालका लुइँठा बटारेर बनाइएका चटाइ नै सहारा बनेका छन् । ‘घूर’ का वरपर बसेर तातिएको अनुभूति लिन र सुत्दा चटाइको सहाराले उज्यालो पर्खने गरिब बस्तीको नियति नै बनेको छ ।

भङ्गाहा नगरपालिका–३ सकरी मुसहरीटोलकी रामराजी सदा ससाना नानीलाई पराले चटाइ ओढाएर सुताउने प्रयत्न गर्दछन् । जाडो छल्ने यिनै चटाइ पनि सबै परिवारका सदस्यलाई ढाक्नेगरी जोहो गर्न नसकिएको रामराजीको व्यथा छ । “चटाइ पनि दुईमात्र छन्, नानीहरु कसैगरी निदाए भने आफूहरु तिनै निदाएको हेरेर सन्तोस गरिन्छ”, रामराजी भन्छन्, “अब आधा माघ कटेपछि घाम देखिने भन्ने आश छ ।”

यो सकरी  मुसहरीटोलकी रामराजीको मात्र व्यथा नभई जिल्लाका सबैजसो भेगमा बसोबास गर्ने आम मुसहरको व्यथा हो । मुसहरमात्र नभएर यहाँका बाँतर, मेस्तर, डोम, दुसाध र हलखोर जाति समुदाय आर्थिक अवस्थाले अत्यन्त पछि देखिन्छन् ।

बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइ/चौडाइका झुप्रा गरिबको घर संसार हुन् । “हजुर, हाम्रो चिसो छल्ने यही सहारा हो”, बलवा नगरपालिकाको भगवतीपुर बस्तीकी करिब ६० वर्षीया पुरनी सदा मुसहर
भन्छिन्भ, “रात कटाउन पराल र चटाइ छ, उज्यालो भएपछि घूर हुन्छ ।” लगातार बढ्दै गएको चिसोले बिहानै मजदुरी गर्न जान नपाएपछि खाने कुराको पनि समस्या बढेको पुरनीको थप पीडा छ । रामराजी, पुरनीजस्तै भङ्गाहा–८ धर्मपुरको अन्हारवन बस्तीकी हेमकली बाँतरको पनि पीडा उस्तै छ । “न खाने कुरा यो भन्ने छ, न ओढ्ने, बस्ने लुगा”, ५० वर्षीया हेमकलीले भनिन्, “हामी गरिबलाई हेर्ने कोही छैनन्, यसपालिको जाडोबाट बाँच्न कठिन छ ।”

महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ । यीमध्ये  भङ्गाहा, गौशाला, औरही, बर्दिबास र लोहारपट्टि नगरपालिकामा अन्यभन्दा बढी मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले अति नै पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् । दुवै जातिको रीतिथिति समान नै देखिने भङ्गाहा नगरपालिका–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालको भनाइ छ ।

मुसहर जिल्लाका सबै स्थानीय तहमा रहे पनि बाँतर बस्ती भने भङ्गाहा नगरक्षेत्रमा मात्र छन् । आफ्नो नगरक्षेत्रमा मुसहर र बाँतरको एक ठाउँ गणना हुँदा फरक/फरक जाति समुदाय बसोबास तालिकाको अभिलेखमा मुख्य स्थान ओगट्ने भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साह स्वीकार  
गरे । जिल्लामा अहिले मुसहर, बाँतर दुवै मिलाएर ४० हजारको हाराहारी जनसङ्ख्या पुगेको छ । त्यसमा मुसहरको २७ हजार तीन सय ५२ रहेको पछिल्लो राष्ट्रिय जनगणना तथ्याङ्क–२०७८ ले देखाएको छ ।

करिब ४० हजारको हाराहारी पुग्नै लागेको जनसङ्ख्याभित्रका मुसहर, बाँतर समुदायबाट प्रवेशिका उत्तीर्ण गर्नेको सङ्ख्या ५० कटेको छैन । विद्यालयमा प्रत्येक वर्षजसो भर्ना अभियानका नाउँमा यी समुदायका बालबालिकाको नाउँ विद्यालयमा लेखिए पनि गरिबी र अभावले टिक्न सक्दैनन् । 

“सबै स्थानीय तहमा दैवीप्रकोप उद्धार कोष छ, प्रत्येक जिल्लामा सरकारका मुख्य प्रतिनिधि मानिने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति छ”, नेपाल सरकारको सहसचिवबाट सेवानिवृत्त हुनुभएका भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेल भन्छन्, “सेवानिवृत्त भएर घर बसेको २० वर्ष हुन लाग्यो, कहिल्यै प्रकोपको पूर्वतयारी कसैले गरेको देखिँदैन ।” 

सेवाप्रदायक निकाय उत्तरदायी हुन नसक्दा सालसालै  चिसोकै कारण ज्यान जाने र दीर्घरोगले ग्रसित हुने बढिरहेका भुजेलको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE