Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

सङ्घीय सरकारबाट ६ महानगरलाई ११ अर्ब ७१ करोड रुपैयाँ अनुदान, कसले कति पाए ?

खबरडबली संवाददाता

काठमाडौँ । सङ्घीय सरकारले देशका ६ महानगरपालिकालाई आर्थिक वर्ष २०८३/८४ का लागि कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर–सरकारी वित्तीय हस्तान्तरणसम्बन्धी विवरणअनुसार यो अनुदान समानीकरण, सशर्त, समपूरक र विशेष गरी चार शीर्षकमा वितरण गरिएको हो।

अनुदान पाउने महानगरहरूमध्ये सबैभन्दा बढी रकम पोखरा ले प्राप्त गरेको छ। पोखराले कुल ३ अर्ब १८ करोड ९० लाख रुपैयाँ अनुदान पाएको छ, जसमा समानीकरण अनुदान ४९ करोड ६७ लाख, सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, समपूरक अनुदान ५ करोड ५० लाख र विशेष अनुदान १ करोड ८२ लाख रहेको छ।

काठमाडौँ महानगरपालिकाले कुल २ अर्ब २७ करोड ८८ लाख रुपैयाँ अनुदान पाएको छ। यसमध्ये सशर्त अनुदान १ अर्ब ६० करोड १८ लाख र समानीकरण अनुदान ६७ करोड ७० लाख रहेको छ। काठमाडौँले विशेष तथा समपूरक अनुदान भने पाएको छैन।

भरतपुर महानगरले कुल २ अर्ब ५ करोड १७ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। यसमा सशर्त अनुदान १ अर्ब ६१ करोड ७ लाख, समानीकरण ३९ करोड ६५ लाख, समपूरक २ करोड ५० लाख र विशेष १ करोड ९५ लाख रुपैयाँ समावेश छन्।

वीरगन्ज महानगरपालिकाले कुल १ अर्ब ९८ करोड ९ लाख रुपैयाँ अनुदान पाएको छ, जसमा सशर्त अनुदान १ अर्ब ६० करोड ६७ लाख, समानीकरण ३५ करोड ३५ लाख, समपूरक १ करोड ६७ लाख र विशेष अनुदान ४० लाख रहेको छ।

ललितपुर महानगरपालिकाले १ अर्ब १४ करोड ५९ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। यसमा सशर्त अनुदान ७६ करोड र समानीकरण अनुदान ३८ करोड ५९ लाख रहेको छ। ललितपुरले विशेष तथा समपूरक अनुदान पाएको छैन।

विराटनगर महानगरपालिकाले कुल १ अर्ब ७ करोड २८ लाख रुपैयाँ अनुदान पाएको छ। यसमा सशर्त अनुदान ७३ करोड ८५ लाख र समानीकरण अनुदान ३३ करोड ४३ लाख रहेको छ। यस महानगरले पनि विशेष तथा समपूरक अनुदान प्राप्त गरेको छैन।

अर्थ मन्त्रालयका अनुसार अनुदानको ठूलो हिस्सा सशर्त अनुदानमा केन्द्रित देखिएको छ, जसले स्थानीय तहका पूर्वनिर्धारित कार्यक्रम तथा परियोजनामा खर्च हुने व्यवस्था रहेको जनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

मनिला। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । ...

सङ्घीय सरकारबाट ६ महानगरलाई ११ अर्ब ७१ करोड रुपैयाँ अनुदान, कसले कति पाए ?

काठमाडौँ । सङ्घीय सरकारले देशका ६ महानगरपालिकालाई आर्थिक वर्ष २०८३/८४ का लागि कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अर्थ मन्त्रालय...

बोर्डिङ पास अनियमितता प्रकरणमा नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी बोर्डिङ पास अनियमितता प्रकरणमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइत...

झुटा कागजातका आधारमा नागरिकता दिएको आरोपमा वीरगञ्जका मेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजेशमान सिंह सहित सात ज...

सातै प्रदेशलाई १ खर्ब ९ अर्बभन्दा बढी बजेट हस्तान्तरण, मधेशले पायो सबैभन्दा धेरै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा गरिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अन...

विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकता दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल विद्युत् प...

कांग्रेस नीति प्रतिष्ठानको बैठकमा आन्तरिक आचारसंहितामा छलफल हुने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ । कांग्रेस केन्द्र...

एसियन गेम्स क्वालिफायरको उपाधि नेपालले जित्यो, हङकङ १९ रनले पराजित

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...

विश्वकपमा सहभागी हुन विदेश जाने तयारीमा रहेका एन्फा अध्यक्ष र महासचिवलाई राखेपले लगायो रोक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...

नेप्से ओरालो, डेढ अर्बमै खुम्चियो कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending