काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ भिमखोरीको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गरेका थिए ।
प्रसारण लाइनको शुभारम्भ गरेसँगै वडा नं ११ का छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ र अमलबासका गरी तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको छ । विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको अध्यक्ष लामाले बताए ।
पालिकाका नागरिकलाई आवश्यक सेवासुविधा प्रदान गर्नका लागि स्थानीय सरकारले प्रयत्न गरेको बताउँदै उहाँले स्थानीय तहबाट गर्नुपर्ने काममा आवश्यक सुझाव दिन आग्रह गरे । राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि वडा कार्यालयमा सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह गर्दै आइएको वडाध्यक्ष लालकुमार पाख्रिनले बताए ।
विद्य्त् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुँदै जाने उनको भनाइ थियो । “आज हामी धेरै खुसी छौँ । अब वडाबाट नागरिकको काम सहजरुपमा गर्नसक्ने भएका छौँ”, उनले भने, “यसअघि आकाशमा बादल छायो कि सोलार चार्ज सकेर सेवा प्रवाह रोकिन्छ कि भन्ने डर हुन्थ्यो ।”
यसअघि साउनमा सो वडाका तल्लो भेग कालढुङ्गाका एक सय ३५ घरधुरीमा प्रसारण लाइन जोडिएको थियो । करिब एक हजार घरधुरी रहेको वडामा बाँकी रहेका घरमा छिट्टै लाइन जडान गरिने गाउँपालिका अध्यक्ष लामाले बताए ।
अन्य घरधुरीमा सामुदायिक विद्युतीकरणमार्फत विद्युत् जडान गरिएको उनले जानकारी दिए । उनका अनुसार विभिन्न चरणमा गरेर हालसम्म यहाँका छ सय १२ घरधुरीका नागरिकले सुविधा पाएका छन् । वडाका स्थानीयलाई रोशी गाउँपालिकाले निःशुल्करुपमा विद्युत् मिटर बक्स वितरण गरेको छ ।
त्यसका लागि गाउँपालिकाले रू छ लाख खर्च गरेको वडाध्यक्ष पाख्रिनले जानकारी दिए । राष्ट्रिय प्रसारण शाखा लाइन विस्तारका लागि रू तीन करोडमा ठेक्का सम्झौता भएर काम सम्पन्न भएपछि यहाँका नागरिकले विद्युत् उपभोग गर्न पाएका हुन् ।
३० किलोमिटर एबिसी केबुल, सात सय ४० वटा आठ मिटरको स्टिल खम्बा, चार वटा ट्रान्सफर र प्रोजेक्टबाट अन्य थप गरी शाखा लाइन विस्तार गरिएको नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाका प्रमुख अमृत अधिकारीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: