Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

कस्तो बन्दै छ हाम्रो समाज ?

खबरडबली संवाददाता

 

भारतीय अभिनेता अमिर खानको चलचित्र पि.के मा अमिर खानले बोल्ने एउटा संवाद छ । ‘रङ नम्बर’ त्यो फिल्ममा कसैले सूनियोत रूपमा गलत प्रचार गरिरहेको हुन्छ र धेरैले त्यसलाई पत्याइरहेका पनि हुन्छन। भ्रम अर्थात गलत प्रचार गरिरहेको हुन्छ र धेरैले त्यसलाई पत्याइरहेका देखाइएको छ ।

नेपाली समाज अहिले नकारात्मक प्रचार, निराशा कुण्ठा र अत्यचारको ‘रङ नम्बार’ बाट प्रताडित छ । कुनै पनि देश बन्नु वा नबन्नुमा निश्चय नै राजनीति प्रमुख कारण हुन्छ। समाज जस्तो छ राजनीति र नेता उस्तै हुन्छ भन्ने सत्यलाई आत्मसाथ गर्न नसक्दा हाम्रो समाजले मान्छेलाई मान्छेको रूपमा स्वीकार्दैन ।

अपेक्षा हुदाँ वा राम्रो देख्दा भगवान देख्ने र अपेक्षा तत्काल पुरा नहुँदा केहीवेर अघिसम्म भगवान मानेको मान्छेलाई राक्षस बनाइहाल्ने प्रवृत्ति समाजमा छ । समर्थन र विरोध तत्कालको आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गरिने परिपाटीले समाजमा राम्रो र नराम्रोलाई मूल्याङ्कन गरेर हैन आफ्नो स्वार्थ पुरा हुन्छ कि हुन्न भन्ने आधारमा मापन थालिएको छ ।

समाजको धारण निर्माण प्रक्रिया सतही र हल्का बन्दै गइरहेको छ। समाजमा टपरटुइयाँ र भुइफुँटा वर्गले समाजिक संञ्जालमा गरिरहेको वान्तालाई सत्य नारायण पुजाको प्रसाद जस्तो गरी ग्रहण गर्ने खतरा पैदा भईरहेको छ । भरखर भरखर प्रविधी प्रयोगमा अग्रसर हाम्रो समाज माकुरो आफ्नो जालोमा परेझै सामाजि संञ्जालको घेरावन्दीमा परिरहेको छ।

नेपालको सन्दर्भमा सामाजिक सञ्जालको अधिक्तम प्रयोगकर्ता शहरिया न्यूनपुँजीपती वर्ग वा त्यस वर्गमा उन्मुख भएको पङ्ती नै देखिन्छ। स्वभावले यो वर्ग अस्थीर र तत्काल परिणामको अपेक्षा गर्ने खालको हुन्छ वस्तु र घटनाको गहिराइमा पुग्ने, खोज  अनुसन्धान गर्ने र धारणा बनाउने भन्दा प्रतिक्रियात्मक टिप्पणी गर्ने प्रवृत्ति या वर्गमा रहेको हुन्छ ।   

समाजको आधारभूत श्रमजीवि वर्ग र उपल्लो वर्गको सामाजिक सञ्जालमा उपस्थिति त छ तर, त्यो धेरै सानो छ र यो वर्ग उताउलो पूर्ण ढंगले सामाजिक सञ्जालमा उपस्थित भएको पनि अक्सर देखिदैन ।

नेपाली समाजमा वैचारिक धार तय गर्ने काम, राजनितिक दल, शिक्षक, प्रध्यापक, वुद्बिजिवी, लेखक, कलाकार, पत्रकार र प्रोढ उमेरका नागरिकै हातमा थियो यद्यपी अहिले पनि समाजको वैचारिक धरातल निर्माण गर्ने प्रमुख दायित्व समाजको अगुवाहरूकै हो । तर,  वैचारिक संस्कृतिक आधार निर्माणमा अहिले यो समुदायको भूमिका कमजोर हुदै गइरहेको छ ।

युवा पुस्ताको ठूलो हिस्सा सत्य र तथ्यको खोज अनुसन्धान गरेर धारणा बनाउने भन्दा सामाजिक सञ्जालको हल्का टिप्पणीमा रमाउदै जानु भएको अगामी समाजको धरातल कमजोर हुन पनि हो ।

आलोचनात्मक चेत सहित तथ्यमा आधारित भएर तर्क गर्ने परमपरा लगभग मर्न थालिसकेको छ। कि देवता कि राक्षस बनाउने मनोदशा समाजको मुल प्रवृत्ति बन्दै गएको छ । यो प्रवृत्ति यत्ती शक्तिशाली  छ कि सामाजिक सञ्जालले राक्षस वा भगवान बनाएका पात्रका बारेमा सत्य बोलेर गाली खानु भन्दा नबोल्नै वेश भन्ने मनोविज्ञान बनिरहेको छ ।

नेपाली समाजमा जुन गतिमा न्यून पुँजीपति वर्ग र मध्य वर्गको विकास भइरहेको छ। त्यो भन्दा तीव्र गतिमा समाजमा कन्ट्रोभर्सी अर्थात विरोधाभास बढी रहेको छ। देखिएको विरोधाभास सामाजिक संञ्जालमा अभिव्यक्त भइरहेको छ।

आफ्नै टोलमा बाटो बनाउने उपभोक्ता समितिमा बसेर कमिशन खानेले चोकमा बसेर आफु बाहेक सवै भ्रष्ट भएको प्रवचन दिने प्रचलन बढ्दो छ। कुठ्ठा, हिनता र तधुताभासले थिचिएर केही गर्न नसक्ने भएको मान्छे आफुले वाहेक अरूले केही गर्न सक्दैन भनेर सञ्जालमा उफ्रन छाडदैन र सामाजिक सञ्जाल प्रयोगकर्ता तिनैका प्रायोजित प्रचार देखेर आफ्नो धारणा बनाई रहेको छ ।

समाजको ठूलो हिस्स तत्कालै झुटलाई सत्य ठान्ने परिस्थिति निर्माण हुनु  भनेको समाज छिट्टै दुर्घटनमा पर्दैछ भन्ने पनि हो ।

समाजमा यो स्तरको बोक्रे र सतही प्रवृत्ती हावी हुनुमा मुल दोष समाजको नेतृत्व गरीरहेको राजनीतिकै हुन्छ । राजनीतिक नेतृत्वले गुमाएको नैतिक वल, लेखक, कलाकार, पत्रकार वुद्बिजिविले गर्न नसकेको दिश निर्देशन कै कारण आज नेपाली समाज भयानक अध्यारो तर्फ लम्की रहेको छ ।

सत्य तथ्य पत्ता लगाउने, खोज अनुसन्धान गर्ने र सहि वैचारिक र संस्कृतिक धरातल निर्माण गर्ने सवालमा नेपाली समाज गइरहेको छैन । नेपाली समाज सामिक संजालमा पोखिएको कुण्ठा, घृणा, तिरस्कार र चाकडीको प्रयोजित खेलमा फसिरहेको छ। समाजलाई खोज अनुसन्धान र अध्ययनको पेरिफेरीमा फर्काउन सवैले मेहनत नगर्ने हो भने हाम्रो समाज नकारात्मकताको उचाइमा पुगेर गर्ल्यम ढल्ने निश्चित छ ।

युवल नोह हरारीले भनेका थिय कि “ हामी कसैले इन्टरनेटलाई भोट हालेका थिएनौ  तर सन् १९९० पछि इन्टरनेटले कुनै पनि राजनीतिले भन्दा बढी प्रभाव हाम्रो जीवनमा पारेको छ ।”  त्यस्तै हामीले पनि वेलैमा समाजको नयाँ वैचारिकी निर्माण गर्न सचेत पहलकदमी लिन सकेनौ भने कुनै दिन भन्न पर्ने हुन्छ सामाजिक सञ्जालमा रिस, निराशा र कुण्ठा पोख्दा पोख्दै सकारात्मक वस्तु देख्न सक्ने आँखाको क्षमता नै ह्रास भएछ ।

त्यसो त समाजमा सकारात्मकता भएर सामाजिक सञ्जालमा मात्र नकारात्मक देखिएको होइन । निर्वाचनमा पैसामा भोट वेच्ने मतदाता, चुनाव पछि जनताको भाग्य भविश्य बेचेर राजनीति धान्ने नेता, समाजका लागि सिन्को नभाच्ने तर सामाजिक संञ्जालमा उछित्तो काटेर महत्व मान्छे देखिने वुद्बिजीवि र संञ्जाल प्रयोगकर्ता, अहिले नेपाली समाजमा सार्वजनिक खपत भएका विषय हुन । जवसम्म यो नकारात्मक कोर्स परिवर्तन हुदैन तवसम्म समाज सभ्य बन्दैन । रूपान्तरण म वाट पहिला शुरू हुनुपर्छ भन्ने एउटा जवरजस्त एकिकृत अभियानले मात्र हाम्रो समाजलाई सभ्य समाज बनाउन सकिन्छ वेलैमा पहल गरौं । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending