Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य

खबरडबली संवाददाता

ललितपुर । उद्योग व्यवसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनले छ सय ४६ मत प्राप्त गरे  । वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन,  उपाध्यक्षमा आपुलाल अवाले (उद्योग समूह) र उपाध्यक्षमा सुनिल शाक्य (वाणिज्य समूह) र मेशसिंह महर्जन (संस्थागततर्फ) विजयी भए ।

महासचिव र कोषाध्यक्ष पदमा क्रमश: भूमिनन्द कर्माचार्य र राजु महर्जन निर्वाचित भएका छन्। हरेक तीन वर्षमा सङ्घको नेतृत्व परिवर्तन हुने व्यवस्था  रहेको निवर्तमान अध्यक्ष मनोजबहादुर न्याछ्योले जानकारी गराए । 

यसैगरी निर्माण व्यवसायी सङ्घको अध्यक्षमा महर्जनललितपुरका निर्माण व्यवसायीको संस्था निर्माण व्यवसायी सङ्घ ललितपुरको अध्यक्ष पदमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित भएका छन् । सङ्घको १४औँ साधारणसभा तथा सातौँ अधिवेशनले  महर्जनसहित १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन समेत गरेको छ ।

सङ्घको वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्ष अमर शाक्य, द्वितीय उपाध्यक्ष मोहनकृष्ण बस्नेत, सचिव दिनेश श्रेष्ठ, सहसचिव हरिघर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सहकोषाध्यक्षमा श्यामकुमार गिरी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति जनजाति सदस्यमा कृष्णकुमार महर्जन, महिला सदस्यमा मीना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुला सदस्यमा पुस्कर श्रेष्ठ, विश्वास श्रेष्ठ, जितेन्द्र देशार, राजु महर्जन, जगतबहादुर लो, श्यामज्योति बोहोरा, दोलराज अधिकारी, कविन्द्रकुमार लामा निर्विरोध निर्वाचित भएका छन्।

सङ्घको निर्वाचन अधिकृत विदुरबहादुर घिमिरेका अनुसार पदाधिकारीमा आठ र सदस्यमा ११ गरी १९ जनाको मात्रै उम्मेदवारी परेको थियो । १९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि अरु कसैको पनि दाबीविरोध नपरेको हुँदा उनीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम परिमार्जन, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ लागू

जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...

रेबिज खोप अभावको कारण जुम्लाकी ८ वर्षीया बालिकाको मृत्यु

जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...

प्रधानमन्त्री बालेनलाई विश्वप्रकाशको आग्रह: मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...

सुस्ता समस्या समाधानको पहल, सुस्तावासीसँग छलफल

पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...

मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...

ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने मधेस सरकारको घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending