Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य

खबरडबली संवाददाता

ललितपुर । उद्योग व्यवसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनले छ सय ४६ मत प्राप्त गरे  । वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन,  उपाध्यक्षमा आपुलाल अवाले (उद्योग समूह) र उपाध्यक्षमा सुनिल शाक्य (वाणिज्य समूह) र मेशसिंह महर्जन (संस्थागततर्फ) विजयी भए ।

महासचिव र कोषाध्यक्ष पदमा क्रमश: भूमिनन्द कर्माचार्य र राजु महर्जन निर्वाचित भएका छन्। हरेक तीन वर्षमा सङ्घको नेतृत्व परिवर्तन हुने व्यवस्था  रहेको निवर्तमान अध्यक्ष मनोजबहादुर न्याछ्योले जानकारी गराए । 

यसैगरी निर्माण व्यवसायी सङ्घको अध्यक्षमा महर्जनललितपुरका निर्माण व्यवसायीको संस्था निर्माण व्यवसायी सङ्घ ललितपुरको अध्यक्ष पदमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित भएका छन् । सङ्घको १४औँ साधारणसभा तथा सातौँ अधिवेशनले  महर्जनसहित १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन समेत गरेको छ ।

सङ्घको वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्ष अमर शाक्य, द्वितीय उपाध्यक्ष मोहनकृष्ण बस्नेत, सचिव दिनेश श्रेष्ठ, सहसचिव हरिघर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सहकोषाध्यक्षमा श्यामकुमार गिरी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति जनजाति सदस्यमा कृष्णकुमार महर्जन, महिला सदस्यमा मीना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुला सदस्यमा पुस्कर श्रेष्ठ, विश्वास श्रेष्ठ, जितेन्द्र देशार, राजु महर्जन, जगतबहादुर लो, श्यामज्योति बोहोरा, दोलराज अधिकारी, कविन्द्रकुमार लामा निर्विरोध निर्वाचित भएका छन्।

सङ्घको निर्वाचन अधिकृत विदुरबहादुर घिमिरेका अनुसार पदाधिकारीमा आठ र सदस्यमा ११ गरी १९ जनाको मात्रै उम्मेदवारी परेको थियो । १९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि अरु कसैको पनि दाबीविरोध नपरेको हुँदा उनीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending