उदयपुर । उदयपुरको आठ पालिकामा हालसम्ममा १५ हजार पशु चौपायलाई लम्पी स्किन रोगविरुद्द खोप दिइएको छ । जिल्ला भेटेरेनरी पशुसेवा कार्यालय उदयपुरका प्रमुख रामनारायण साहका अनुसार जिल्लाका आठ पालिकामा हालसम्म लम्पी स्किनविरुद्ध १५ हजार डोज औषधि १५ हजार पशुलाई लगाइसकिएको र सोमध्ये ९५ प्रतिशत गाईगोरुमा तथा बाँकी पाँच प्रतिश भैँसीमा खोप लगाइएको हो ।
सबैभन्दा बढी खोप जिल्लाको त्रियुगा नगरपालिकाभित्रका पशुलाई लगाइएको पनि जिल्ला भेटेरेनरी तथा पशुसेवा कार्यालय उदयपुरले बताएको छ । अहिलेसम्म जिल्लाको बजेटले औषधि खरिद गरेर जिल्लाभरिका कुल ६० प्रतिशत पशु चौपायालाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउने कार्य पूरा भएको प्रमुख साहले बताए ।
अब ४० प्रतिशत पशु चौपायालाई जिल्लामा खोप लगाउन बाँकी रहेको प्रमुख साहले बताएका छन् । गत चैतदेखि उदयपुरका पशु चौपायामा देखापरेको लम्पी स्किनका कारण हालसम्ममा जिल्लामा करिब पाँच सय ६० पशु चौपाया मरेका छन् भने २० हजारभन्दा बढी सङक्रमित भएका उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - ११:४५
नेपालगन्ज। विश्व सडक सुरक्षा सप्ताहको अवसरमा बाँकेमा सञ्चालन गरिएको विशेष सवारी चेकजाँच अभियानका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने १४ जनालाई प...
जेष्ठ ५ गते, २०८३ - ११:३९
मुस्ताङ। गत जेठ १ गते शुक्रबार राति अन्दाजी ११ बजे नेपाल–चीन जोड्ने लिजी–नेचुङ (कोरला) नाका हुँदै नक्कली प्रज्ञापनपत्र देखाएर लुकाइछिपाइ लैजान खोजिएको...
जेष्ठ ५ गते, २०८३ - ११:१८
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज कुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन्। उजुरीकर्ताहरूले उनको योग्यता, नियुक्त...
जेष्ठ ५ गते, २०८३ - ११:०७
भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया न...
जेष्ठ ५ गते, २०८३ - १०:४७
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्सं...
जेष्ठ ५ गते, २०८३ - १०:३३
काठमाडौं । सत्ता पक्षका सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आजै सम्पन्न गर्नुपर्ने अडान राखेका छन्। आज बिहान बसेको संसदीय सुनुवा...
जेष्ठ ५ गते, २०८३ - १०:०२
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न समय दिनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले संसदीय सुनुवाइ...
जेष्ठ ५ गते, २०८३ - ०९:४२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न मा...
जेष्ठ ५ गते, २०८३ - ०९:४२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न मा...
जेष्ठ ४ गते, २०८३ - १८:०२
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो अध्यक्ष केपी शर्मा ओली को निवास ग...



प्रतिकृया लेख्नुहोस्: