Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

नक्कली पत्र देखाएर कोरला नाकाबाट तस्करी

खबरडबली संवाददाता

मुस्ताङ। गत जेठ १ गते शुक्रबार राति अन्दाजी ११ बजे नेपाल–चीन जोड्ने लिजी–नेचुङ (कोरला) नाका हुँदै नक्कली प्रज्ञापनपत्र देखाएर लुकाइछिपाइ लैजान खोजिएको १ लाख १८ थान अवैध ‘भेप’ (विद्युतीय चुरोट) बोकेको दुई कन्टेनरसहित चालक र सहयोगीलाई भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका छन् । 

उपल्लो मुस्ताङबासीको प्रमुख ‘तिजी’ पर्वको मौका छोपी भन्सार कार्यालय अगाडिबाटै गुडाएर लगिएको ‘भेप’ लाई कार्यालय प्रमुख विदुर चुडालको नेतृत्वमा गएको टोलीले लोमन्थाङ गाउँपालिका –२, एक्लेभट्टीबाट ना ६ ख ४७४३ का चालक धादिङ घर भएका सन्तोष लामा, ना ५ ख ७९२१ कन्टेनरका चालक नुवाकोटका फुन्चु दोर्जे तामाङ र सहयोगी पासाङ शेर्पालाई ठुलो परिमाणको विद्युतीय चुरोटसहित महँगो जुत्ता ५ हजार ३७ थान, मोजासहित कपडा बरामद गरिएको छ ।

सोही अवैध विद्युतीय चुरोटको ढुवानीमा संलग्न भएको आशंकामा तल्लो मुस्ताङको थासाङ गाउँपालिकाको लेतेबाट स्कर्पियोमा सवार रविन्द्र दर्नाल र चालक दिपेश गडाललाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको भन्सार कार्यालय प्रमुख चुडालले बताए। 

भन्सार कार्यालयबाट विद्युतीय चुरोटसहित कन्टेनरका चालक र सहयोगीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । वि।स २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन भएको नाकाबाट हालसम्मकै सबैभन्दा धेरै विद्युतीय चुरोटसहित चालक र सहयोगी पक्राउ गरिएको कार्यालय प्रमुख चुडालको भनाइ छ । 

भन्सार कार्यालय प्रमुख चुडाल भन्न्छन्, ‘‘नक्कली प्रज्ञापनपत्र बनाएर तस्करीको प्रयास भएको छ, अनुसन्धानबाट थप रहस्य खुल्ने छ ।’’ कोरला नाकाबाट १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ’बोर्डर आउट पोष्ट’ ९बिओपी० र नेपाल प्रहरीको इलाका कार्यालय अगाडिबाटै लोमन्थाङनजिक पुगेको कन्टेनरले आशंका उब्जाएको छ । 

सुरक्षा निकायले प्रज्ञापनपत्र सक्कली र नक्कली पहिचान गर्न नसकेको, भन्सारका कर्मचारी कार्यालयमा नरहेको सूचना तस्करीमा संलग्नसम्म पुग्नु र तिजी पर्वकै मौका छोपी तस्करीको सेटिङ गरिएको देखिन्छ । हालसम्म जिल्ला प्रहरी कार्यालय मुस्ताङमा थुनामा राखेका चालकसहित ५ जनाबाट भेपका मालिकको परिचय खुल्न सकेको छैन ।  

कोरला नाकाबाट चिनियाँ, नेपाली र भारतीय तस्करीको संलग्नताको पहिचानका लागि विगतको तुलनामा यस पटक गहिराइमा गए पहिचान गर्न सकिने आधार देखिन्छ । कोरला नाकाबाट पुस महिनाको २८ गते कोरला नाकाकै दशगजा क्षेत्रमा घरायसी प्रयोजनमा प्रयोग हुने सामग्रीले छोपेर राखिएको अवस्थामा १६ हजार थान विद्युतीय चुरोट भेप बरामद भएको थियो । 

विशेष सुराकीको आधारमा मुस्ताङ भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङबाट खटिएको टोलीले ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा लोड गरिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका –५ का पेमा लामालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको भए पनि तस्करीमा संलग्न ब्यापारीको पहिचान खुलेको छैन । 

बि।स २०८१ साल पुस महिनामा समेत मुस्ताङबाट १९ हजार थान भेप बरामद गरिए पनि पक्राउ परेकाले आफू भरिया मात्र भएको दाबी गरेकाले मुख्य कारोबारीेसम्म अनुसन्धान नपुगी टुङ्गिएको थियो । कन्टेनरसहित चालकले घरायसी र लत्ताकपडा, विद्युतीय घरायसी सामानको ढुवानी भनेर आएको बयान दिने गरेका छन् । प्रहरीको अनुसन्धानमा बितेको ३ वर्षदेखि कोरला नाकाबाट मौलाउन थालेको विद्युतीय चुरोट तस्करीमा ‘भरिया’ मात्रै फेला परेको देखिन्छ । 

अहिलेसम्म करोडौंको भेपसहितका सामान तस्करीको मूख्य कारोबारीलाई भन्सार कार्यालय र प्रहरीले भेटाउन सकेको छैन । भरिया मात्रै समाउने गरिएकाले पछिल्लो समय चिनसँग सिमाना जोडिएको कोरला, तातोपानी र रसुवा भन्सार कार्यालयबाट सहयोगी र चालक मात्रै नियन्त्रणमा आउने गरेका छन् । ढुवानीसहित आकर्षक पारिश्रमिकको लोभले नेपाली चालक विद्युतीय चुरोट कारोबारीको फन्दामा पर्ने गरेको देखिन्छ । 

तिब्वतबाट अवैध रुपमा भित्रिने भेपको बजार नेपालभन्दा भारतमा रहेको प्रारम्भिक अनुमान गरिए पनि कारोबारीको कनेक्सनसम्म नेपालको अनुसन्धान पुग्नै नसक्दा नाकाको बदनाम हुने गरेको छ । कोरला नाकाबाट चिनियाँ भन्सार कार्यालयमा मुस्ताङ जिल्लाको नागरिकता र परिचयपत्र भएका बाहेक अन्य जिल्लाका चालकहरू प्रवेश गर्न पाउँदैनन् । 

चिनियाँ भन्सारबाट कोरला नाकासम्म ल्याउने र त्यहाँबाट नेपाली चालकले ढुवानी गर्ने गरिन्छ । एकसय ८६ किलोमिटर दूरीको कोरला सडकबाट छिमेकी जिल्ला म्याग्दी हुँदै राष्ट्रि«य राजमार्गमा जोडिन्छ । भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरी रहेको छ । 

समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतको खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा वि.स २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन भएको नाका चालु आर्थिक बर्ष २०८२–८३ भदौ महिनाको ३० गतेदेखि ब्यावसायिक रुपमा सञ्चालनमा आएको थियो । कोरला नाकाबाट अवैध तस्कारी रोक्न सिमा सुरक्षा बैठकसहित अन्तरदेश सुरक्षा बैठकमा थप छलफल गर्ने योजना रहेको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

काठमाडौँ । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्‍याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ...

प्रतिनिधिसभा बैठकमा जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारलाई ध्यानाकर्ष...

प्रधानन्यायाधीशमा सिफारिस मनोज शर्माको सुनुवाइ आज दिउँसो साढे १ बजे

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको संसदीय सुनुवाइ आज दिउँसो साढे १ बजे हुने भएको छ। संसदीय सुनुवाइ समितिका सचिव...

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले मंगलबार अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेको उनको सचिवाल...

लागुऔषध सेवन गरी सवारी चलाउने १४ जना पक्राउ

नेपालगन्ज। विश्व सडक सुरक्षा सप्ताहको अवसरमा बाँकेमा सञ्चालन गरिएको विशेष सवारी चेकजाँच अभियानका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने १४ जनालाई प...

नक्कली पत्र देखाएर कोरला नाकाबाट तस्करी

मुस्ताङ। गत जेठ १ गते शुक्रबार राति अन्दाजी ११ बजे नेपाल–चीन जोड्ने लिजी–नेचुङ (कोरला) नाका हुँदै नक्कली प्रज्ञापनपत्र देखाएर लुकाइछिपाइ लैजान खोजिएको...

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध १६ उजुरी, योग्यता र निष्पक्षतामाथि प्रश्न

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज कुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन्। उजुरीकर्ताहरूले उनको योग्यता, नियुक्त...

रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम

भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया न...

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्सं...

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्ने रास्वपाको अडान

काठमाडौं । सत्ता पक्षका सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आजै सम्पन्न गर्नुपर्ने अडान राखेका छन्। आज बिहान बसेको संसदीय सुनुवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending