काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न समय दिनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले संसदीय सुनुवाइ समितिको बैठकमा आपत्ति जनाएका छन्।
आज बसेको समितिको बैठकमा विपक्षी सदस्यहरूले सुनुवाइ प्रक्रिया हतारमा अघि बढाइएको भन्दै पर्याप्त अध्ययन र छलफलका लागि समय माग गरेका हुन्।
वर्षमान पुनले कार्यपालिकाको निर्णयप्रति असहमति जनाउन मात्रै आफूहरू नबसेको स्पष्ट पार्दै प्रक्रियागत रूपमा सबै पक्ष पूरा गरेर अघि बढ्नुपर्ने बताए।
उनले भने, “संवैधानिक परिषद्मा तीनवटै अंग र विपक्षी पनि छन् । यसरी हेर्दा प्रक्रिया पूरा गरेरै जाऔं । कामलाई ढिलो पनि नगरौं, तर अध्ययनका लागि केही समय निकालौं ।”
पुनले एकै दिनमा नीति तथा कार्यक्रम पारित गरिएको प्रसंग उल्लेख गर्दै प्रस्तावित प्रधानन्यायाधीशले आगामी ६ वर्षका लागि गर्ने कामको कार्ययोजनासमेत गम्भीर रूपमा अध्ययन गर्नुपर्ने बताए।
उनले भने, “आज राम्रोसँग अध्ययन गरौं । भोलि बिहानबाट सुनुवाइ गरौं । पास गर्न बहुमत भए पुग्छ, त्यसकारण समस्या हुँदैन । प्रक्रिया पूर्ण रूपमा पुगेको देखिनुपर्छ ।”
त्यस्तै, पद्मा अर्याल ले छलफल नै नगरी एकै दिन सबै प्रक्रिया टुंग्याउन खोज्दा समितिमाथि प्रश्न उठ्ने बताइन्।
उनले बैठकअघि आफूले आज उजुरी वितरण मात्र हुने र त्यसपछि अध्ययन तथा छलफल हुने अपेक्षा गरेको उल्लेख गर्दै सुनुवाइमा देखिएको हतारोप्रति असन्तुष्टि जनाइन्।
अर्यालले भनिन्, “यति हतारो गर्नुपर्ने के कारण हो रु उजुरीकर्ताको गुनासा सुन्नुपर्ने हुन्छ । हामीलाई बुझ्ने समय पनि छैन । यस्तो हतारो र अपारदर्शी निर्णयले समितिको गरिमामाथि प्रश्न उठ्छ ।”
उनले आज उजुरी प्राप्त भएको भन्दै भोलि अध्ययन, पर्सि छलफल र त्यसपछि सुनुवाइ गर्ने प्रस्ताव राखिन्। एकै दिनमा अनुमोदन गरिनु कार्यपालिकाको निर्णयलाई सिरोधार्य गरेको जस्तो देखिने उनको भनाइ थियो।
समितिका सदस्य प्रेमप्रसाद दङ्गाल ले पनि सुनुवाइ प्रक्रिया अत्यधिक हतारमा अघि बढाइएको टिप्पणी गरे।
उनले भने, “१० बजे उजुरीकर्तासँग छलफल र साढे १ बजे सुनुवाइ राखिएको छ । यो हतारो भयो । हामीलाई उजुरी र कार्ययोजना अध्ययन गर्न समय चाहिन्छ । बरु भोलि बिहान ७ बजे नै बसौंला ।”
अर्का सदस्य नरबहादुर बिस्ट ले पनि प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै व्यंग्यात्मक रूपमा समितिको नाम नै ‘अनुमोदन समिति’ राख्न सुझाव दिए।
उनले भने, “यो कस्तो हतार हो ? जे पनि गर्न पाइने नयाँ अभ्यास हो कि के हो ? यसको नाम अनुमोदन समिति राखौं ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १०:४७
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्सं...
जेष्ठ ५ गते, २०८३ - १०:३३
काठमाडौं । सत्ता पक्षका सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आजै सम्पन्न गर्नुपर्ने अडान राखेका छन्। आज बिहान बसेको संसदीय सुनुवा...
जेष्ठ ५ गते, २०८३ - १०:०२
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न समय दिनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले संसदीय सुनुवाइ...
जेष्ठ ५ गते, २०८३ - ०९:४२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न मा...
जेष्ठ ५ गते, २०८३ - ०९:४२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न मा...
जेष्ठ ४ गते, २०८३ - १८:०२
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो अध्यक्ष केपी शर्मा ओली को निवास ग...
जेष्ठ ४ गते, २०८३ - १७:४७
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध दायर गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालतमा दिनभर दर्ता हुन नसकेपछि न्यायिक प्रशासनमाथि प्रश...
जेष्ठ ४ गते, २०८३ - १७:३१
ढल्केबर। इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले औषधी पसलमा ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका...
जेष्ठ ४ गते, २०८३ - १७:१६
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३ सय...
जेष्ठ ४ गते, २०८३ - १६:५६
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेक...



प्रतिकृया लेख्नुहोस्: