Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

खबरडबली संवाददाता

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस्था सिर्जना भएपछि कानुन व्यवसायीहरू अब विरोधमा सडकमा उत्रने भएका छन् — त्यो पनि लालटिन बोकेर ।
नेपाल बार एसोसिएसन ले मंगलबार सर्वोच्च अदालत परिसरमा लालटिन बालेर सांकेतिक प्रदर्शन गर्ने निर्णय गरेको छ । बारको भनाइमा अदालतभित्र न्यायको उज्यालोभन्दा प्रशासनिक अन्धकार बढ्न थालेको छ ।

सोमबार बसेको बारको कार्यसमिति बैठकले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता हुनै नसक्ने अवस्था बनेको निष्कर्ष निकाल्दै विरोध कार्यक्रम घोषणा गरेको हो ।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला का अनुसार मंगलबार दिउँसो १:१५ बजे बार परिसरमा लालटिन बालेर अदालत प्रशासनको ‘अनपेक्षित हर्कत’ विरुद्ध विरोध गरिनेछ ।

विवादको केन्द्रमा छन् कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल । उनले आगामी प्रधानन्यायाधीशका लागि सिफारिस भएका मनोज शर्मा विरुद्ध परेको दरपीठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन् ।

तर आदेश आएपछि पनि अदालत प्रशासनले निवेदन दर्ता गर्न नमानेको आरोप छ । आदेशलगत्तै रजिस्ट्रारसहित कर्मचारी अदालतबाट बाहिरिएको खबर सार्वजनिक भएपछि विवाद झन् चर्किएको छ ।

बार एसोसिएसनले यसलाई सामान्य प्रशासनिक असहमति नभई न्याय प्रक्रियामाथिको अवरोध भनेको छ । अदालतकै आदेश कार्यान्वयन नहुने अवस्था बनेपछि सर्वोच्च अदालतभित्र शक्ति संघर्ष सतहमै आएको कानुन व्यवसायीहरूको बुझाइ छ ।

बारले पछिल्लो समय संवैधानिक महत्वका रिटहरू अदालत प्रशासनबाटै दरपीठ गरी फर्काउने प्रवृत्ति बढेको आरोप लगाएको छ । “न्याय खोज्दै आउने निवेदन दर्ता नै नहुने हो भने अदालतको ढोका खुला छ भन्न मिल्छ ?” भन्ने प्रश्न अहिले कानुन व्यवसायीहरूले उठाइरहेका छन् ।

सर्वोच्च अदालतभित्रको यो विवाद अब केवल कानुनी विषयमा सीमित छैन, न्यायपालिकाको विश्वसनीयतामाथिको बहसमा बदलिँदै गएको देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending