भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ भएको छ । उनीहरू एउटै परिवारका सदस्य छन्।
राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमा नै मृत्यु भएको थियो । सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको मङ्गलबार बिहान ६ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिए ।
गत वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जनाको परिवारले जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । त्यसपछि उनीहरू बिरामी परेका थिए । गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।
मृतक नमूना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत रहेको विद्यालयले जनाएको छ । मृत बालबालिकाका बुबाआमा भने सकुशल छन् । दुई वालबालिकाको दाहसंस्कार भइसकेको छ भने आज मृत्यु भएका बालिकाको शव बुझ्ने तयारी भइरहेको प्रअ मगरले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १२:०८
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको संसदीय सुनुवाइ आज दिउँसो साढे १ बजे हुने भएको छ। संसदीय सुनुवाइ समितिका सचिव...
जेष्ठ ५ गते, २०८३ - ११:५६
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले मंगलबार अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेको उनको सचिवाल...
जेष्ठ ५ गते, २०८३ - ११:४५
नेपालगन्ज। विश्व सडक सुरक्षा सप्ताहको अवसरमा बाँकेमा सञ्चालन गरिएको विशेष सवारी चेकजाँच अभियानका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने १४ जनालाई प...
जेष्ठ ५ गते, २०८३ - ११:३९
मुस्ताङ। गत जेठ १ गते शुक्रबार राति अन्दाजी ११ बजे नेपाल–चीन जोड्ने लिजी–नेचुङ (कोरला) नाका हुँदै नक्कली प्रज्ञापनपत्र देखाएर लुकाइछिपाइ लैजान खोजिएको...
जेष्ठ ५ गते, २०८३ - ११:१८
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज कुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन्। उजुरीकर्ताहरूले उनको योग्यता, नियुक्त...
जेष्ठ ५ गते, २०८३ - ११:०७
भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया न...
जेष्ठ ५ गते, २०८३ - १०:४७
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्सं...
जेष्ठ ५ गते, २०८३ - १०:३३
काठमाडौं । सत्ता पक्षका सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आजै सम्पन्न गर्नुपर्ने अडान राखेका छन्। आज बिहान बसेको संसदीय सुनुवा...
जेष्ठ ५ गते, २०८३ - १०:०२
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न समय दिनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले संसदीय सुनुवाइ...
जेष्ठ ५ गते, २०८३ - ०९:४२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न मा...



प्रतिकृया लेख्नुहोस्: