Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

लागुऔषध सेवन गरी सवारी चलाउने १४ जना पक्राउ

खबरडबली संवाददाता

नेपालगन्ज। विश्व सडक सुरक्षा सप्ताहको अवसरमा बाँकेमा सञ्चालन गरिएको विशेष सवारी चेकजाँच अभियानका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरले संयुक्त रूपमा सञ्चालन गरेको अभियानअन्तर्गत नेपालगन्जको राँझा क्षेत्रमा चालकहरूको लागुऔषध प्रयोगबारे चेकजाँच गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताए।

उनका अनुसार अभियानका क्रममा सार्वजनिक बस, इभी, अटो, मोटरसाइकल तथा स्कुटरसहित २४ जना चालकको परीक्षण गर्दा १४ जनामा लागुऔषध सेवन पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

मल्टिपल ड्रग टेस्ट किटमार्फत चालकहरूको स्वास्थ्य परीक्षण गरिएको र पक्राउ परेकाहरू सेवनकर्ता मात्र हुन् वा लागुऔषध कारोबारमा संलग्न छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय कोहलपुर ले जनाएको छ । पछिल्लो समय लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति बढ्दै जाँदा सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको प्रहरीको भनाइ छ ।

सडक दुर्घटनाका प्रमुख कारणमध्ये मादक पदार्थ तथा लागुऔषध सेवन पनि एक भएकाले विश्व सडक सुरक्षा सप्ताहको अवसरमा यस्तो चेकजाँच गरिएको प्रहरीले जनाएको छ । लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न प्रविधिमैत्री परीक्षणलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ ।

यसअघि विश्व सडक सुरक्षा सप्ताहका अवसरमा नेपालगन्जमा चालक तथा सहचालक लक्षित स्वास्थ्य शिविर आयोजना गरिएको थियो भने सार्वजनिक सवारी साधनको अनुगमनसमेत गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारलाई ध्यानाकर्ष...

प्रधानन्यायाधीशमा सिफारिस मनोज शर्माको सुनुवाइ आज दिउँसो साढे १ बजे

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको संसदीय सुनुवाइ आज दिउँसो साढे १ बजे हुने भएको छ। संसदीय सुनुवाइ समितिका सचिव...

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले मंगलबार अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेको उनको सचिवाल...

लागुऔषध सेवन गरी सवारी चलाउने १४ जना पक्राउ

नेपालगन्ज। विश्व सडक सुरक्षा सप्ताहको अवसरमा बाँकेमा सञ्चालन गरिएको विशेष सवारी चेकजाँच अभियानका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने १४ जनालाई प...

नक्कली पत्र देखाएर कोरला नाकाबाट तस्करी

मुस्ताङ। गत जेठ १ गते शुक्रबार राति अन्दाजी ११ बजे नेपाल–चीन जोड्ने लिजी–नेचुङ (कोरला) नाका हुँदै नक्कली प्रज्ञापनपत्र देखाएर लुकाइछिपाइ लैजान खोजिएको...

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध १६ उजुरी, योग्यता र निष्पक्षतामाथि प्रश्न

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज कुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन्। उजुरीकर्ताहरूले उनको योग्यता, नियुक्त...

रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम

भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया न...

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्सं...

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्ने रास्वपाको अडान

काठमाडौं । सत्ता पक्षका सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आजै सम्पन्न गर्नुपर्ने अडान राखेका छन्। आज बिहान बसेको संसदीय सुनुवा...

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हतारोमा गर्न नहुने भन्दै विपक्षी दलको माग

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न समय दिनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले संसदीय सुनुवाइ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending