Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो

खबरडबली संवाददाता

खोटाङ ।  खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउ पुर्याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध गराएको हो ।     

गाउँपालिकाबाट गत आर्थिक वर्ष विनियोजित रु पाँच लाख बजेटमा एक सय ७० थान कोरेसो र ५० थान चर्खा निर्माण गरेर वितरण गरिएको गाउँपालिका उपप्रमुख कौशिला गुरुङले जानकारी दिइन । पहिलो चरणमा हौंचुरको पोखरी र चाँपखर्क, कुभिन्डेको गोपिनी तथा डुम्रोधारापानी र दुवेकोलका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।     
भेडाको उनबाट राडी, जमट, चकटी, अस्कोट, लुकुनी, घुमराडी, दोचालगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई लक्षित गर्दै चर्खा र कोरेसो वितरण गरिएको उपप्रमुख गुरुङले बताइन । “धागो कात्ने सामग्री (चर्खा) बनाउने सीपको अभावले कतिपय महिला पेसा नै छाड्नुपर्ने अवस्थामा पुगेका थिए । कोरेसो प्रत्येक व्यवसायीलाई र चर्खा दुई तीन जनाले चलाउन पाउनेगरी वितरण गरिएको छ”, उनले भनिन, “राडीपाखीसम्बन्धी काम गर्ने राई, भुजेल, मगर समुदायका महिलालाई पनि क्रमशः चर्खा र कोरेसो उपलब्ध गराउने कार्यक्रम बनाइएको छ । यसले उनीहरुको जीविकोपार्जनमा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”     
दश स्थानीय तह रहेको जिल्लामा विशेष गरी गुरुङ समुदायका महिलाले राडीपाखी बुन्ने पेसा अपनाउँदै आएका छन् । जिल्लाका कतिपय गुरुङ समुदायका महिलाले राडीपाखी बुनेर आएको आम्दानीबाटै आफ्नो घरपरिवारको गर्जो टार्ने गरेका छन् ।     
जिल्लाको हौंचुर, पोखरी, चापखर्क, नेर्पा, दिम्मा, बादुङ, बुइपा, साब्रु, बाक्सिलालगायतका स्थानमा बसोबास गर्ने गुरुङ समुदायका महिलाले पुस्तौँदेखि चल्दै आएको राडीपाखी बुन्ने पेसा अपनाउँदै आएका छन् । राडीपाखी व्यवसाय जिल्लाका गुरुङ समुदायका महिलाको नगद हात लाग्ने प्रमुख पेसाको रुपमा चिन्ने गरिन्छ ।      
जिल्लामा उत्पादित अधिकांश राडीपाखी जिल्ला बाहिर राजधानी काठमाडौँलगायतका ठाउँमा निर्यात हुने गरेको छ । जिल्लाका महिलाले आफ्नै तरिकाले परम्परागत रुपमा उत्पादन गर्दै आएका राडीपाखीलाई प्रवद्र्धन गर्न पछिल्लो समय स्थानीय तहले सहयोग गर्न थालेका छन् ।    

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending