Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

खबरडबली संवाददाता

काठमाडौं । देशको सबैभन्दा ठूलो अदालतभित्र यतिबेला कानुनभन्दा शक्ति कसको चल्छ भन्ने लडाइँ सतहमा आएको छ । सर्वोच्च अदालतभित्र न्यायाधीश र अदालत प्रशासनबीचको द्वन्द्व अब गोप्य कोठाको कुरा रहेन, खुला टकरावमै बदलिएको छ ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले सोमबार केही अलपत्र रिट तथा निवेदन तत्काल दर्ता गर्न लिखित आदेश दिइन् । तर आदेश जारी भएको केहीबेरमै मुख्यरजिष्ट्रारसहित अदालत प्रशासनका उच्च अधिकारी कार्यकक्ष छाडेर सम्पर्कविहीन बने ।

सर्वोच्च अदालतको इतिहासमै विरलै देखिएको यो घटनाले न्यायालयभित्रै आदेश मान्ने कि नमान्ने भन्ने संकट खडा गरेको छ । अदालतकै कर्मचारीले प्रधानन्यायाधीशको लिखित आदेश अटेर गरेपछि प्रश्न उठेको छ । अदालतभित्रै आदेश नमान्ने अवस्था छ भने बाहिर राज्य संयन्त्रले किन मान्ने ?

विवादको केन्द्रमा छन् प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज शर्मा । अदालत स्रोतका अनुसार अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी केही रिटहरू नयाँ प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा असर पार्न सक्ने भएकाले दर्ता प्रक्रिया नै रोकेको आरोप लागेको छ ।

कामु प्रधानन्यायाधीश मल्लले आदेशमै मुख्यरजिष्ट्रार विमल पौडेलले “प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीशकै निर्देशनमा दर्ता नगरिएको” जानकारी दिएको उल्लेख गरेका छन् ।

यसले सर्वोच्चभित्र न्यायिक प्रक्रिया भन्दा शक्ति सन्तुलनको खेल भइरहेको संकेत गरेको भन्दै कानुन व्यवसायीहरू आक्रोशित बनेका छन् ।

नेपाल बार एसोसिएसन ले त यसलाई न्यायमा प्रत्यक्ष अवरोध भनेको छ । बारले मंगलबार लालटिन बालेर विरोध प्रदर्शन गर्ने घोषणा गरिसकेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता प्रेमराज सिलवाल र गीता थापा लगायतका निवेदन दर्ता प्रक्रियामै रोकिएको बताइएको छ ।

संसद्मा समेत यो विवाद पुगेको छ । सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटा ले अदालतको आदेश र त्यसको कानुनी आधारमाथि प्रश्न उठाएका छन् । नेपाल बारले भने अदालतमा विचाराधीन विषय संसदमा छलफल गर्नु नै संविधानविपरीत भएको जिकिर गरेको छ ।

बार अध्यक्ष विजय मिश्रका अनुसार अदालत प्रशासनलाई आफूअनुकूल मुद्दा मात्रै दर्ता गर्ने छुट छैन । अहिले सर्वोच्च अदालतभित्र उठेको प्रश्न केवल एउटा रिट दर्ताको होइन । प्रश्न न्यायपालिकाको विश्वसनीयता, आदेशको मर्यादा र न्यायको पहुँचबारे हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending