Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

के हो गोरखामा भेटिएको टल्कने ढुङ्गाको राज ?, परीक्षणका लागि भूगर्भविद्को टोली लाग्यो गोरखा

खबरडबली संवाददाता

गोरखा । गोरखा नगरपालिका ७, सतिपिपलस्थित एक घरबाट बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङ्गा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ ।

स्थानीयसहित विभिन्न सङ्घ संस्थाले बरामद गरेको उक्त टल्कने ढुङ्गा अन्यत्र नपठाउन अनुरोध गरेपछि ढुङ्गा परीक्षणका लागि भूगर्भविद् सहितको टोली गोरखामै झिकाइएको हो । टल्कने ढुङ्गा परीक्षणका लागि जियोलोजिष्ट डा सुस्मिता भण्डारी र दुर्गा बोलाखे सोमबार गोरखा आइपुगेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानाले जानकारी दिए ।

“ढुङ्गा बरामद गरेलगत्तै परीक्षणका लागि विज्ञ टोली पठाइदिन जिल्ला प्रशासन कार्यालयले भूगर्भ विभागलाई आग्रह गर्दै पत्राचार गरेको थियो”, उनले भने, “विभागले परीक्षण गर्न समस्या हुने भएकाले विभागमै ल्याउन भनेपनि लैजान समस्या भएपछि पुन: पत्राचार गरी विज्ञहरुको टोली जिल्लामै झिकाइएको हो ।”

विभागले आवश्यक उपकरण सहितको विज्ञहरुको टोली पठाएको उनले बताए ।  बरामद गरिएको टल्कने ढुङ्गाको तौल ५४ केजी छ । एकातिरबाट लाइट बाल्दाभित्रैबाट अर्कोतिर उज्यालो बारपार हुने उक्त ढुङ्गा पुर्ख्यौली सम्पत्तिका रुपमा घरमै राखिएको पाइएको थियो ।

प्रहरीले बरामद गरेलगत्तै पनि भूगर्भविद्लाई भिडियो कल गरेर देखाउँदा विज्ञहरुले उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको हुनसक्न बताएका थिए । ‘क्वार्ज क्रिष्टल’ भए पनि कुन गुणस्तरको भन्ने कुराको परीक्षण गर्न विज्ञसहितको टोली नै गोरखा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक  रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

टल्कने ढुङ्गा वर्षौंदेखि घरमा पूजा गर्दै आएको पाइएपछि उक्त ढुङ्गा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न सङ्घ संस्थाले माग गर्दै आएका छन् । टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै उक्त शिला गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गर्नुपर्नेमा सङ्घ संस्थाको जोड छ ।

पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अलौकिक प्रकारको बल्ने शीला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाई मूलधनीको ईच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने माग स्थानीयको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय प्रधानसेनापति धिरज सेठ काठमाडौंमा

काठमाडौं । भारतीय स्थल सेनाका प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्। उनी आइतबार अपराह्न ४:१५ बजे एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्...

‘हामी कसरी हार्‍यौँ भन्ने अझै पत्तो छैन’ : घनश्याम भूसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मुलुक थप राजनीतिक दुर्घटनाको जोखि...

न्यायालयप्रति पूर्ण विश्वास छ, विगतदेखि नै न्याय पाउँदै आएका छौँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयप्रति आफूहरूको पूर्ण विश्वास रहेको बताएका छन् । उनले पञ...

कांग्रेसको इतर समूहको सम्मेलनमा पूर्णबहादुर खड्का अनुपस्थित, कारण खुलाइएन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का अनुपस्थि...

सत्ता र पद मात्र सफलताको मापन होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...

सत्ता र पद मात्र सफलताको मापन होइन : गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...

पार्टी पुनर्गठन र नेतृत्व हटाउन बेतुकको हल्ला, यो सम्भव र आवश्यक छैन: ओली

बिर्तामोड । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन तथा नेतृत्व परिवर्तनका विषयमा चलाइएको चर्चा निरर्थक भएको बताएका छन् । बिर्तामोडम...

म प्रधानमन्त्री बन्न राजनीतिमा आएको हैन, देश बनाउन हिँडेको हुँ : अध्यक्ष ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको ह...

सुस्तामा नारायणीको कटान, विस्थापनको त्रासमा बासिन्दा

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ । लगातारको वर्षासँगै उर्लिएर आए...

कांग्रेसको राष्ट्रिय भेलाबाट सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोड्ने प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending