Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

म प्रधानमन्त्री बन्न राजनीतिमा आएको हैन, देश बनाउन हिँडेको हुँ : अध्यक्ष ओली

खबरडबली संवाददाता

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको हितमा काम गर्न आव्हान गरेको छन्। 

झापाको बिर्तामोडमा आइतबार आयोजित ‘मिसन पार्टी जागरण अभियान–२०८३’ कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने उद्देश्यले राजनीतिमा नआएको बताए। “देश बनाउन हिँडेका हौँ । देशका लागि काम गर्न लागेका छौं । देश बनाउन हामी हिँड्नुपर्छ” पूर्व प्रधानमन्त्री ओलीले भने ।

उनले राजनीतिमा व्यक्तिगत लाभ र पद प्राप्तिको सोच राख्न नहुने बताउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए। “प्रधानमन्त्री बनौँला, पार्टी अध्यक्ष बनौँला भनेर म हिँडेको थिइनँ र छैन” उनले भने। ओलीले नेता–कार्यकर्ताले आफूले के प्राप्त गर्नेभन्दा देश र जनताका लागि आफूले के दिन सकिन्छ भन्ने सोच्नुपर्ने बताए। “राष्ट्रिय हितको भारी बोकेर हिँडेका हौँ । पाउला र खाउँला भन्ने सोच हामीमा रहनु हुँदैन” उनले भने। 

उनले राजनीति स्वार्थका लागि नभइ आदर्श र देश निर्माणका लागि हुनुपर्ने धारणा राखे। “देश र जनताका लागि मैले के दिन सकेँ भन्नेतर्फ लाग्नुपर्छ । स्वार्थका लागि नभइ आदर्शका लागि अघि बढौँ” ओलीले भने। जस्तोसुकै परिस्थितिमा पनि हामीले देश र जनताको बारेमा सोचौं, उनले आग्रह गरे।

यसैबिच, एमाले अध्यक्ष ओलीले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनका विषयमा चलाइएको चर्चा निरर्थक भएको बताए। उनले पार्टी पुनर्गठन तथा नेतृत्व हटाउने विषयमा विभिन्न किसिमका हल्ला चलाइएको भन्दै त्यसको कुनै आधार नभएको दाबी गरे। “पार्टी पुनर्गठन र नेतृत्व हटाउन बेतुकको हल्ला हो । यो सम्भव र आवश्यक छैन” ओलीले भने।

आन्दोलन संकटमा पर्दा विगतमा तीन पटक पार्टी तथा कम्यूनिष्ट आन्दोलन पुनर्गठन भएको स्मरण गराउँदै उनले ती पुनर्गठन विशिष्ट परिस्थितिमा भएको दाबी गरे। अहिलेको अवस्थामा त्यस्तो आवश्यकता नरहेको उनको भनाइ थियो । कार्यक्रममा ओलीले पार्टीलाई थप सुदृढ बनाउँदै देश र जनताको पक्षमा प्रभावकारी रूपमा अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरेको थिए ।

बिर्तामोडमा आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । ‘मिसन पार्टी जागरण अभियान–२०८३’ मार्फत पार्टी संगठनलाई थप सक्रिय बनाउने तथा कार्यकर्तामाझ राजनीतिक जागरण अभिवृद्धि गर्ने उद्देश्य राखिएको नेकपा (एमाले) झापा अध्यक्ष प्रेम गिरीले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्यायालयप्रति पूर्ण विश्वास छ, विगतदेखि नै न्याय पाउँदै आएका छौँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयप्रति आफूहरूको पूर्ण विश्वास रहेको बताएका छन् । उनले पञ...

कांग्रेसको इतर समूहको सम्मेलनमा पूर्णबहादुर खड्का अनुपस्थित, कारण खुलाइएन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का अनुपस्थि...

सत्ता र पद मात्र सफलताको मापन होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...

सत्ता र पद मात्र सफलताको मापन होइन : गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...

पार्टी पुनर्गठन र नेतृत्व हटाउन बेतुकको हल्ला, यो सम्भव र आवश्यक छैन: ओली

बिर्तामोड । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन तथा नेतृत्व परिवर्तनका विषयमा चलाइएको चर्चा निरर्थक भएको बताएका छन् । बिर्तामोडम...

म प्रधानमन्त्री बन्न राजनीतिमा आएको हैन, देश बनाउन हिँडेको हुँ : अध्यक्ष ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको ह...

सुस्तामा नारायणीको कटान, विस्थापनको त्रासमा बासिन्दा

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ । लगातारको वर्षासँगै उर्लिएर आए...

कांग्रेसको राष्ट्रिय भेलाबाट सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोड्ने प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्र...

कांग्रेस भेलाको समापनमा धर्मको विषयले विवाद : निधि र महतबीच मञ्चमै 'कागज खोसाखोस'

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच विवाद भएको छ ।...

‘म हिन्दू हुँ, कसैको विरोधी होइन’ : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नरहेको स्पष्ट पारेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending