Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

खबरडबली संवाददाता

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती दिएपछि पार्टीभित्रको विवाद थप सतहमा आएको छ। ओलीले नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई कडा शब्दमा प्रहार गर्दै महाधिवेशनको प्रक्रियाबाट मात्रै नेतृत्व परिवर्तन हुने बताएका छन्।

आइतबार एमालेसँग सम्बन्धित विभिन्न कार्यक्रममा नेताहरूले पार्टीको अवस्था, नेतृत्व र आगामी बाटोबारे फरक–फरक धारणा सार्वजनिक गरे। अध्यक्ष ओलीले पार्टीभित्र आफूविरुद्ध उठिरहेको आवाजलाई अस्वीकार गर्दै नेतृत्वमाथि प्रश्न उठाउनेहरूलाई कटाक्ष गरे भने महासचिव शङ्कर पोखरेलले पार्टी शासकीय भूमिकामा असफल भएको स्वीकार गरे। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने बदलिँदो समयअनुसार पार्टीको विचार र कार्यशैलीमा रूपान्तरण आवश्यक रहेको धारणा राखिन्।

यसले एमालेभित्र नेतृत्व र कार्यशैलीलाई लिएर मतभेद गहिरिँदै गएको संकेत गरेको छ।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र अध्यक्ष परिवर्तनको चर्चा गर्नेहरूमाथि आक्रोश पोखेका थिए। पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही व्यक्तिले अध्यक्ष हटाउने चर्चा गरेको भन्दै उनले त्यसबाट नेतृत्व परिवर्तन सम्भव नहुने बताए।

ओलीले पार्टीको विधि र पद्धति मिचेर नेतृत्व परिवर्तनको बहस चलाइएको आरोपसमेत लगाए। उनका अनुसार नेतृत्व परिवर्तन गर्न चाहनेले पार्टीको विधि र महाधिवेशनको प्रक्रिया सामना गर्नुपर्छ।

झापामा आयोजित ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन कार्यक्रममा पनि ओलीको आक्रामक अभिव्यक्ति जारी रह्यो। उनले पार्टीबाट अवसर लिएका केही व्यक्ति नै अहिले असन्तुष्ट भएको टिप्पणी गर्दै पार्टी पुनर्गठनको आवाज उठाउनेहरूमाथि कटाक्ष गरे।

उनले आफूलाई अध्यक्ष पदबाट हटाउन खोज्नेहरूलाई खुला चुनौती दिँदै ‘हटाएर देखाउन’ भने। आफूविरुद्ध हस्ताक्षर अभियान चलाइएको विषयलाई पनि उनले धेरै महत्व दिन आवश्यक नरहेको बताए।

ओलीले पार्टीभित्र एकता आवश्यक रहेकोमा जोड दिँदै आगामी निर्वाचनका लागि संगठन निर्माणमा लाग्न कार्यकर्तालाई निर्देशन दिए। एकपटक निर्वाचनमा पराजित हुँदैमा पार्टीले मैदान छाड्न नहुने भन्दै उनले एमाले पुनः उठेर बलियो बन्नुपर्ने बताए।

उनले आगामी प्रदेश तथा स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रत्येक वडामा एमालेले बहुमत हासिल गर्ने गरी संगठन विस्तार गर्नुपर्नेमा जोड दिए। घरघरमा पुगेर जनतासँग सम्बन्ध विस्तार गर्न कार्यकर्तालाई निर्देशन दिँदै उनले पार्टीलाई निर्वाचनका लागि तयार पार्नुपर्ने बताए।

तर ओलीको यस्तो आक्रामक अभिव्यक्तिको केही घण्टामै महासचिव शङ्कर पोखरेलले पार्टीको अवस्थाबारे फरक धारणा सार्वजनिक गरे। राजधानीमा आयोजित कार्यक्रममा पोखरेलले एमाले तथा समग्र वामपन्थी आन्दोलनले शासकीय भूमिकामा अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गरे।

उनले संघर्ष र क्रान्तिका विषयमा वामपन्थी आन्दोलन सफल देखिए पनि शासन सञ्चालनका क्रममा भने कमजोरी रहेको बताए। विभिन्न तहमा सरकारको नेतृत्व गरिसक्दा पनि वामपन्थी आन्दोलन रक्षात्मक अवस्थामा पुग्नु गम्भीर समीक्षा गर्नुपर्ने विषय भएको उनको निष्कर्ष थियो।

पोखरेलले पछिल्ला राजनीतिक घटनाक्रममा समस्या बाह्य शक्तिमा मात्र खोजेर नहुने बताए। जनतामा रहेको असन्तुष्टिलाई सम्बोधन गर्न नसक्दा राजनीतिक समस्या कायमै रहने भन्दै उनले विगतको गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे।

उनको यो अभिव्यक्ति ओलीको ‘पार्टी तन्दुरुस्त छ’ भन्ने दाबीभन्दा फरक देखिएको छ। अध्यक्षले पार्टीभित्रको असन्तुष्टिलाई केही व्यक्तिको गतिविधिका रूपमा व्याख्या गरिरहेका बेला महासचिवले भने शासकीय असफलताको विषय उठाएर पार्टीको कार्यशैलीमै प्रश्न खडा गरेका छन्।

यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि एमालेको विचार र राजनीतिक कार्यशैली समयअनुसार परिवर्तन हुनुपर्ने धारणा राखेकी छन्।

मदन भण्डारी विचार अध्ययनसम्बन्धी कार्यक्रममा बोल्दै उनले पुराना विचारलाई जस्ताको तस्तै दोहोर्‍याएर मात्रै नयाँ पुस्तालाई आकर्षित गर्न नसकिने बताइन्। समय, समाज र नयाँ पुस्ताको आवश्यकता बुझेर विचारलाई रचनात्मक रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

उनको अभिव्यक्तिले पनि एमालेभित्र भइरहेको पुनर्गठनको बहसलाई थप बल दिएको छ। विशेषगरी नयाँ पुस्ताको सहभागिता, पार्टीको विचार र नेतृत्वको कार्यशैलीबारे एमालेभित्रै प्रश्न उठिरहेका बेला भण्डारीको धारणा अर्थपूर्ण देखिएको छ।

ओलीको अभिव्यक्तिको एमालेकै केही नेताबाट आलोचनासमेत भएको छ। नेता झपट रावलले पार्टी सुधारको माग गर्ने कार्यकर्तालाई ‘आवारा’ भनेर सम्बोधन गर्नु उचित नभएको टिप्पणी गरेका छन्।

उनले पार्टी नेतृत्व परिवर्तनका लागि विगतमा भएका संघर्षको स्मरण गराउँदै अहिले नेतृत्वमाथि प्रश्न उठाउनेहरूलाई अपमान गर्नु उचित नहुने बताएका छन्। पार्टी कुनै व्यक्तिको निजी संस्था नभएको भन्दै सुधार र परिवर्तनको आवाजलाई सम्मान गर्नुपर्ने उनको धारणा छ।

यसरी आइतबार एमालेका शीर्ष तथा प्रभावशाली नेताहरूबाट आएका अभिव्यक्तिले पार्टीभित्रको बहसलाई थप स्पष्ट बनाइदिएको छ। एकातिर ओली आफ्नो नेतृत्वलाई चुनौती दिनेलाई कडा रूपमा प्रस्तुत हुँदै पार्टीलाई एकताबद्ध बनाएर निर्वाचनमा जाने पक्षमा देखिएका छन्। अर्कोतिर महासचिव पोखरेलले विगतको समीक्षा र शासकीय असफलताको स्वीकारोक्ति अघि सारेका छन्।

पूर्वराष्ट्रपति भण्डारीले समयअनुकूल विचारको रूपान्तरण र नयाँ पुस्ताको आवश्यकता औँल्याएकी छन् भने पार्टीभित्रैबाट ओलीको शैलीको आलोचना पनि सुरु भएको छ।

ओलीको ‘मलाई हटाएर देखाऊ’ भन्ने हुँकार, पोखरेलको ‘शासकीय भूमिकामा असफल भयौँ’ भन्ने स्वीकारोक्ति र भण्डारीको ‘नयाँ बाटो खोज्नुपर्छ’ भन्ने धारणा एउटै दिन सार्वजनिक हुनुले एमालेभित्रको विवाद केवल नेतृत्वको प्रश्नमा सीमित नरहेको संकेत गरेको छ।

अब एमालेभित्रको बहस नेतृत्व परिवर्तनमा मात्र सीमित रहन्छ वा पार्टीको विचार, कार्यशैली र संगठनात्मक संरचनामै व्यापक पुनर्गठनको विषय बन्छ भन्ने विषय आगामी दिनमा थप स्पष्ट हुँदै जानेछ।एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

अब एमालेभित्रको बहस नेतृत्व परिवर्तनमा मात्र सीमित रहन्छ वा पार्टीको विचार, कार्यशैली र संगठनात्मक संरचनामै व्यापक पुनर्गठनको विषय बन्छ भन्ने विषय आगामी दिनमा थप स्पष्ट हुँदै जानेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending