Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

‘हामी कसरी हार्‍यौँ भन्ने अझै पत्तो छैन’ : घनश्याम भूसाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मुलुक थप राजनीतिक दुर्घटनाको जोखिमतर्फ अघि बढिरहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने रु’ विषयक राष्ट्रिय बहसमा बोल्दै भूसालले फागुन २१ गतेको राजनीतिक घटनाक्रमपछि आफूले मुलुकको अवस्था अझ खराब दिशातर्फ जाने निष्कर्ष निकालेको स्मरण गरे।

“मैले फागुन २१ को दिन सबै साथीहरूलाई भेटेपछि निष्कर्ष निकालेको थिएँ– मुलुक नालायकहरूबाट त शासित छँदै थियो, अब लफंगाहरूबाट शासित हुने भयो। त्यतिबेला मैले आफू गलत साबित हुन पाउँ पनि भनेको थिएँ,” उनले भने।

तर, त्यसयता बितेको करिब साढे चार महिनाको राजनीतिक घटनाक्रमले आफ्नो चिन्तालाई थप पुष्टि गरेको उनको दाबी छ। पछिल्लो अवस्थाले समाजमा अझ डरलाग्दो क्षति पुग्ने र थप राजनीतिक दुर्घटना हुने जोखिम बढाएको उनले बताए।

भूसालले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट पार्टीहरूले व्यहोरेको पराजयलाई समेत असाधारण र अप्रत्याशित परिणामका रूपमा व्याख्या गरे। आफूहरू कसरी पराजित भए भन्ने प्रश्नको स्पष्ट उत्तर अहिलेसम्म भेट्न नसकेको उनको भनाइ छ।

“हामी यसरी हारेका छौँ कि कसरी हार्‍यौँ भनेर अहिलेसम्म पत्तो पाएका छैनौँ,” भूसालले भने। निर्वाचनमा भएको पराजय यति अप्रत्याशित रहेको उनले बताए कि त्यसबारे प्रश्न सामना गर्नसमेत असहज महसुस हुने अवस्था आएको उनको टिप्पणी थियो।

“हामीलाई यसबारे कसैले प्रश्न नगरिदिए हुन्थ्यो, घरमा श्रीमती र छोराछोरीले पनि नसम्झाइदिए हुन्थ्यो जस्तो लागेको छ,” उनले भने।

कम्युनिस्ट दलहरूको पराजय कतिपय अवस्थामा व्याख्या गर्नै कठिन रहेको उल्लेख गर्दै भूसालले अब विगतका कमजोरीमाथि गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले वर्तमान सरकारको कार्यशैलीप्रति पनि प्रश्न उठाउँदै यही गतिमा सरकार थप दुई वर्ष अघि बढे मुलुकले गम्भीर संकट भोग्नुपर्ने चेतावनी दिए।

भूसालका अनुसार अब कम्युनिस्ट आन्दोलनले विगतको पराजय र कमजोरीबाट पाठ सिक्दै आफ्नो राजनीतिक दिशा, कार्यशैली र जनतासँगको सम्बन्धबारे गम्भीर समीक्षा गर्न आवश्यक छ। त्यसपछि मात्रै थप सशक्त रूपमा जनतामाझ जानुपर्ने उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय प्रधानसेनापति धिरज सेठ काठमाडौंमा

काठमाडौं । भारतीय स्थल सेनाका प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्। उनी आइतबार अपराह्न ४:१५ बजे एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्...

‘हामी कसरी हार्‍यौँ भन्ने अझै पत्तो छैन’ : घनश्याम भूसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मुलुक थप राजनीतिक दुर्घटनाको जोखि...

न्यायालयप्रति पूर्ण विश्वास छ, विगतदेखि नै न्याय पाउँदै आएका छौँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयप्रति आफूहरूको पूर्ण विश्वास रहेको बताएका छन् । उनले पञ...

कांग्रेसको इतर समूहको सम्मेलनमा पूर्णबहादुर खड्का अनुपस्थित, कारण खुलाइएन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का अनुपस्थि...

सत्ता र पद मात्र सफलताको मापन होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...

सत्ता र पद मात्र सफलताको मापन होइन : गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...

पार्टी पुनर्गठन र नेतृत्व हटाउन बेतुकको हल्ला, यो सम्भव र आवश्यक छैन: ओली

बिर्तामोड । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन तथा नेतृत्व परिवर्तनका विषयमा चलाइएको चर्चा निरर्थक भएको बताएका छन् । बिर्तामोडम...

म प्रधानमन्त्री बन्न राजनीतिमा आएको हैन, देश बनाउन हिँडेको हुँ : अध्यक्ष ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको ह...

सुस्तामा नारायणीको कटान, विस्थापनको त्रासमा बासिन्दा

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ । लगातारको वर्षासँगै उर्लिएर आए...

कांग्रेसको राष्ट्रिय भेलाबाट सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोड्ने प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending