Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

लिम्बुवान राज्य परिषद्सहितका पार्टीको बन्दका कारण जनजीवन प्रभावित

खबरडबली संवाददाता

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्सहित बिभिन्न पार्टी र सङ्गठनले आव्हान गरेको बन्दका कारण आज बिहानैदेखि धनकुटाको जनजीवन प्रभावित भएको छ । हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ मनाएर अरुण पूर्वका ९ जिल्लामा बन्द आव्हान गर्दै आएको परिषदलाई यस पटक अन्य पार्टी र सङ्गठनले पनि साथ दिएर बन्द आव्हान गरेका हुन् ।

१८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक वर्ष आजकै दिनलाई ‘कालो दिन’ को रुपमा बन्द आव्हान गर्दै आएको छ । अरुण पूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको स्वयत्त लिम्बुवान राज्य घोषणा गरिनुपर्ने परिषद्को माग छ ।

यसपटक संघीय लिम्बुवान पार्टी नेपाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति, किराँत खम्बुवान राज्य परिषद, किराँत लिम्बुवान राज्य परिषद र लिम्बुवान राष्ट्रिय मोर्चाले पनि बन्दमा साथ दिएका हुन् । उनीहरूले धनकुटासहित मोरङ, सुनसरी, झापा, तेह्रथुम, सङ्खुवासभा, इलाम, पाँचथर र ताप्लेजुङमा एकदिने बन्द आव्हान गरेका हुन् ।

बन्दका कारण धनकुटामा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख यज्ञराज शर्माले जानकारी दिए । फाटफुट मात्रामा टेम्पु, मोटरसाइकल लगायत साना सवारी साधन भने सञ्चालन भइरहेका छन् । यता, बजार पसल, कलकारखाना, शिक्षण संस्था लगायतमा भने बन्दको प्रभाव देखिएको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending