काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्रीको अनुपस्थितिलाई लिएर सांसद डा। अमरेशकुमार सिंहले आक्रोश व्यक्त गरेका छन्।
संसदमा बजेटको विनियोजन प्राथमिकतामाथि छलफल चलिरहँदा अर्थमन्त्री उपस्थित नभएको भन्दै उनले आपत्ति जनाएका हुन्। छलफलमा सरकारको तर्फबाट अन्य मन्त्रीको उपस्थिति रहेको थियो।
सांसद सिंहले आफ्नो लामो संसदीय अनुभवमा पहिलोपटक अर्थमन्त्री अनुपस्थित रहेकै अवस्थामा बजेटसम्बन्धी छलफल भइरहेको देखेको भन्दै आश्चर्य व्यक्त गरे।
उनले भने, “हामी पाँचौंपटकका सांसदहरूले पनि सबै परम्परा भत्काउँदै गयौं भने संसद्को औचित्य समाप्त हुन्छ, पार्लियामेन्टरी सिस्टम नै समाप्त हुन्छ। हाम्रो संविधानले अंगीकार गरेको प्रणालीमा सबै सांसद बराबर हुन्छन्।”
उनले थपे, “प्रश्न सरकारसँग गरिन्छ र जनताको कुरा संसदमा राखिन्छ। म २० वर्षको संसदीय अनुभवमा पहिलोपटक अर्थमन्त्री नभई बजेटको विनियोजनमाथि छलफल भएको देख्दैछु।”
सांसद सिंहले आफ्नो अभिव्यक्ति रेकर्डका लागि राखिएको स्पष्ट पारेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १५:१८
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मामाथि जारी संसदीय सुनुवाइका क्रममा नेपाली कांग्रेसले न्यायालयभित्र देखिएको बेञ्च र बारबीचको द्वन्द्...
जेष्ठ ५ गते, २०८३ - १४:५८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मासमक्ष न्यायपालिका सुधार, पारिवारिक प्रभाव, भ्रष्टाच...
जेष्ठ ५ गते, २०८३ - १४:४३
काठमाडौँ। संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरू भएको छ । समितिले मंगलबार बिहान प्रस्तावित प्रध...
जेष्ठ ५ गते, २०८३ - १४:२५
काठमाडौँ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ। मंगलबार बसेको बै...
जेष्ठ ५ गते, २०८३ - १४:०३
सबै परम्परा भत्काउँदै गयौं भने संसद्को औचित्य समाप्त हुन्छ
जेष्ठ ५ गते, २०८३ - १३:४९
काठमाडौं । सर्वोच्च अदालतमा देखिएका पछिल्ला घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरूले सांकेतिक रूपमा लालटिन बालेर प्रदर्शन गरेका छन्। ने...
जेष्ठ ५ गते, २०८३ - १२:५९
काठमाडौं। प्रतिपक्षी दल श्रम संस्कृति पार्टी, नेपालका सांसद ध्रुवराज राईले सरकारले जनताको पीडा बेवास्ता गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बै...
जेष्ठ ५ गते, २०८३ - १२:४८
काठमाडौँ । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ...
जेष्ठ ५ गते, २०८३ - १२:३८
काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारलाई ध्यानाकर्ष...
जेष्ठ ५ गते, २०८३ - १२:०८
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको संसदीय सुनुवाइ आज दिउँसो साढे १ बजे हुने भएको छ। संसदीय सुनुवाइ समितिका सचिव...



प्रतिकृया लेख्नुहोस्: