काठमाडौं । दुनियाँमा मानिसहरु अरुभन्दा फरक देखिएर चर्चामा आउनका लागि अनेक काम गर्छन् । अझ गिनिज बुकमै नाम लेखिने भनेपछि त मान्छेले सबै कुराको हद पार गर्न तथा आफ्नै जीउज्यानको बाजी लगाउनसमेत पछि पर्दैनन् ।
हालै एकजना नाइजेरियाली युवक गिनिज बुकमा नाम लेखाउने ध्याउन्नमा लगातार सात दिनसम्म रोएका छन् । जसका कारण उनले आँखाको गम्भीर समस्या भोग्नुपर्यो । तर, विडम्बना उनको नाम गिनिज बुकमा लेखिएन ।
नाइजेरियाली युवक टेम्बू एबेरेले सबैभन्दा लामो समयसमम आँसु बगाएर रुने विश्व कीर्तिमान बनाउने कोसिस गरिरहेका थिए । यसका लागि उनले पूरै एक हप्तासम्म रुनै कोसिस गरे र पूरै सात दिनसम्म रोइरहे । तर त्यसको नतिजा सुखद निस्किएन । उनले केही समयका लागि आँखा नै देख्न छाडे भने टाउको दुख्ने अनि अनुहार र आँखा समेत सुन्निएर चिन्नै मुस्किल हुने जस्तो भए ।
स्थानीय मिडियासँगको कुराकानीमा उनले भनेका छन् – मैले आँसु बगाउने काम रोक्नुपयो किनकि यसत्रममा मैले गम्भीर स्वास्थ्य समस्याहरुसँग जुध्नुपर्यो । म ४५ मिनेटका लागि आंशिक रुपमा दृष्टिबिहीनसमेत बनें । सुन्निएको आँखाको भाग अहिलेसम्म ओर्लिएको छैन ।
तर उनको नाम गिनिज वर्ल्ड रेकर्डको किताबमा दर्ता भएन किनकि उनले यसका लागि आवेदन नै नगरेको पाइएको छ ।
रेकर्ड कायम गर्नका लागि टेम्बु टाइमर लगााएर कुर्सीमा बसेका थिए । त्यसक्रममा उनले टिकटकमा लाइभ गरेका थिए । उनको त्यो भिडियोमा ५० लाखभन्दा धेरै भ्यूज प्राप्त भएका छन् र उनका हजारौं नयाँ फलोअर्स जोडिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: