काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छन् । सङ्घीय संसद्को बैठकमा बोल्दै अध्यक्ष ठाकुरले सरकारले जनआन्दोलनको मर्मविपरीत कार्य गरिरहेको आरोप लगाएको हो ।
अध्यक्ष ठाकुरले सुकुमवासीहरूका विरुद्ध डोजर चलाउने कार्यलाई सरकारले ‘सुशासन’ को संज्ञा दिएको भन्दै आपत्ति जनाए । भ्रष्टाचारका सम्बन्धमा टिप्पणी गर्दै ठाकुरले सरकारी कोषको दुरुपयोग हुनु भ्रष्टाचार भए पनि सेवाग्राहीले खुसी भएर दिने ‘उपहार’ लाई सोही दृष्टिले हेर्न नहुने तर्क गरे। सम्पत्ति शुद्धीकरणका नाममा सरकारले त्रसित बनाउने काम गरेको भन्दै उनले प्रधानमन्त्रीको कार्यशैली र व्यवहारमाथि समेत व्यङ्ग्यात्मक टिप्पणी गरे।
अध्यक्ष ठाकुरले निजी क्षेत्र र विशेष गरी मारवाडी समुदायमाथि राज्यले गरिरहेको व्यवहारप्रति कडा असन्तुष्टि व्यक्त गरे। मारवाडी समाजले शिक्षा, स्वास्थ्य र उद्यमशीलतामा ठुलो योगदान पुर्याएको चर्चा गर्दै उहाँले व्यवसायीलाई त्रसित बनाएर लगानीको वातावरण बन्न नसक्ने बताए।
उनले भने, “जनआन्दोलनका मुख्य विषय कुशासन र भ्रष्टाचारको अन्त्य थियो, तर अहिले सुकुमवासीमाथि डोजर चलाइएको छ । के यसैलाई सुशासन भन्ने हो ? एकातिर अर्थमन्त्री स्वदेशी र विदेशी पुँजी आह्वान गरिरहनुभएको छ, अर्कोतिर स्वदेशी व्यवसायीहरू त्रसित भएर देश छोड्दै छन् । स्वदेशी पुँजी पलायन हुने र व्यवसायी जेल जाने अवस्था रहेसम्म मुलुकमा लगानी र विकास सम्भव छैन ।”
मुलुकमा ‘न्यायिक आतङ्क’ व्याप्त रहेको दाबी गर्दै उनले वर्तमान संविधानका कतिपय मस्यौदामा सुधारको आवश्यकता रहेको औँल्याए। आफ्ना साथी लामो समयदेखि संविधानको सुधारका लागि प्रयासरत रहेको स्मरण गराउँदै उनले राज्यको पछिल्लो चरित्रले लोकतन्त्र र कानुनी शासनमाथि चुनौती थपेको उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १८:१६
काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...
बैशाख ३१ गते, २०८३ - १७:४२
वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...
बैशाख ३१ गते, २०८३ - १७:३५
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...
बैशाख ३१ गते, २०८३ - १७:२०
काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...
बैशाख ३१ गते, २०८३ - १७:१२
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...
बैशाख ३१ गते, २०८३ - १७:०४
नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...
बैशाख ३१ गते, २०८३ - १६:५१
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...
बैशाख ३१ गते, २०८३ - १६:३९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...
बैशाख ३१ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...
बैशाख ३१ गते, २०८३ - १६:१०
काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...



प्रतिकृया लेख्नुहोस्: