काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा १ सय केजी सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ ।
करिब १ सय किलो अवैध सुन भित्र्याएको रेडी ट्रेड प्रालिले मगाएको अर्को खेप सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय आइपुगे पछि राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको हो ।
सोही कम्पनीको नाममा सामान भन्सार आइपुगेपछि अनुसन्धान गर्नका लागि राजश्व अनुसन्धान विभागको विशेष अप्रेशनका लागि विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल परिसरमा पुगेका छन् । विभागमा कार्यरत सबै कर्मचारीहरुलाई बाहिर निकालेर थप सुनको खोजी भइरहेको बताइएको छ।
टोलीले आइपुगेको सामानको अनुसन्धान सुरु गरेको छ । विमानस्थल भन्सार परिसरमा थप सुन रहेको आशंकासँगै विभागले विशेष अप्रेशन जारी राखेको विभाग स्रोतले बताएको छ । भन्सार परिसरमा अझै पनि गाडीका पार्टपुर्जा र उस्तै प्रकृतिका सामान रहेकाले उक्त सामानको परीक्षण भइरहेको हाे ।
अहिले सम्म विभागले पक्राउ परेकाहरुको घर तथा बासस्थानसमेत खानतलासी गरेको छ । बुधबार हङकङ हुँदै आएको अन्दाजी एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । बरामद भएको सुन १ सय केजी भनिए पनि सुनको परिमाण एकिन भइसकेको छैन । सुनको एकिन परिमाण थाहा पाउन विभागले सुन जोख्न राष्ट्र बैंक पठाएको छ । विभागले बुधबार विशेष सूचनाको आधारमा उक्त परिमाणको सुन बरामद गरेको हो । विशेष सूचनाकै आधारमा भन्सार परिसरमा थप सुन रहेको आशंकासँगै विभागले विशेष अप्रेशन जारी राखेको हो।
विभागले यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरिसकेको छ । सुन असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको थियो । क्याथे प्यासेफिकको उडानमार्फत आएको सामान मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ ।
रेडी ट्रेड प्रालिको कार्यालय बुढानीलकण्ठमा रहेको अनुसन्धानबाट थाहा भएको छ । रेडी ट्रेड प्रालिको तर्फबाट भन्सार एजेन्ट (१५२) नम्बरका यादव पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले त्रिभुवन विमानस्थल कार्यालयबाट सामान बुझेका थिए । राजेन्द्रले साउन २ मा १२ प्रज्ञापन पत्र भरेर सामान जिम्मा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक कर्मचारीले बताए ।
सम्वन्धित समाचार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८३ - ०९:५०
भक्तपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूसँग भक्तपुरको गुण्डुमा छलफल गर्ने भएका छन्। अध्यक्ष ओलीले प्रदेशका ११ सां...
बैशाख २३ गते, २०८३ - ०९:४७
रुपन्देही। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ले अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिए पनि लुम्बिनी प्रदेशका प्रमुख औद्योगिक क्षेत्रहरूमा कार्यान्व...
बैशाख २३ गते, २०८३ - ०९:४३
इलाम । माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षणसँगै स्थानीय उद्यम प्रवर्द्धन गर्न कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्ने उद्यमीलाई अनुदान दिन थालेको छ...
बैशाख २३ गते, २०८३ - ०९:३९
पाँचथर। पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजि...
बैशाख २३ गते, २०८३ - ०९:३७
नेपालगन्ज । सरकारले देशैभरि सरकारी र ऐलानी जग्गाको संरक्षण गर्ने अभियान चलाइरहेका बेला नेपालगन्जमा रहेको पुरानो तालमा अतिक्रमण गर्न खोजिएको भन्दै स्थ...
बैशाख २३ गते, २०८३ - ०९:२५
विराटनगर । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा सवार दुई जना पनि पक्रा...
बैशाख २३ गते, २०८३ - ०९:२४
जनकपुरधाम । मधेश प्रदेशको सत्ता गठबन्धनमा नयाँ हलचल देखिएको छ। जनमत पार्टीले नेपाली कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएसँगै सरकारको भविष्य अ...
बैशाख २३ गते, २०८३ - ०९:२२
सुनसरी । सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो, भने सुजन गन्धर्व ले आठ वर्षदेखि यही पेशालाई जीवनयापनको आधार बनाएका छन्। उनी...
बैशाख २३ गते, २०८३ - ०९:२०
म्याग्दी । धवलागिरी गाउँपालिका–४ बगरमा रहेको प्राकृतिक तातोपानी कुण्ड पूर्वाधार अभाव र कमजोर प्रचारप्रसारका कारण ओझेलमा परेको छ। जेल्तुङ गाउँ नजिक ...
बैशाख २३ गते, २०८३ - ०९:१९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...


प्रतिकृया लेख्नुहोस्: