म्याग्दी । धवलागिरी गाउँपालिका–४ बगरमा रहेको प्राकृतिक तातोपानी कुण्ड पूर्वाधार अभाव र कमजोर प्रचारप्रसारका कारण ओझेलमा परेको छ।
जेल्तुङ गाउँ नजिक पहाडको फेदी तथा म्याग्दी नदी किनारमा रहेको उक्त कुण्डबाट करिब ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी प्राकृतिक रूपमा निस्किन्छ। प्राकृतिक उपचार र पर्यटकीय गन्तव्य बन्ने सम्भावना हुँदाहुँदै पनि आवश्यक संरचना नहुँदा यसको महत्व स्थानीय स्तरमै सीमित भएको छ।
कुण्डसम्म पुग्ने पदमार्गमा झोलुङ्गे पुल, व्यवस्थित स्नान पोखरी र आश्रयस्थलको अभाव रहेको वडा सदस्य हरिप्रसाद तिलिजाले बताए। उनका अनुसार स्थानीय तहले कुण्डलाई व्यवस्थित गरी प्राकृतिक उपचार केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाएको छ।
यसैक्रममा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत महिला–पुरुषका लागि छुट्टाछुट्टै स्नान पोखरी र आश्रयस्थल निर्माण गर्ने तयारी गरिएको छ। पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भइसकेको जनाइएको छ।
हाल ढुङ्गाले छाएको टहराभित्र रहेको अस्थायी पोखरीमा स्नान गर्ने व्यवस्था छ। बगरदेखि दोभान जोड्ने सडकबाट कुण्डसम्म पुग्न म्याग्दी नदी माथि झोलुङ्गे पुल निर्माण गर्ने पहल पनि भइरहेको छ।
स्थानीयका अनुसार तातोपानीमा स्नान गर्दा ढाड दुख्ने, चोटपटक, छाला रोग, ग्यास्ट्रिक लगायतका समस्या कम हुने विश्वास छ। यही कारण आसपासका बगर, मुदी, नाउरा, खिवाङ, मल्कवाङ, मराङलगायत क्षेत्रका बासिन्दा उपचारका लागि यहाँ आउने गरेका छन्।
वार्षिक करिब २०० देखि ३०० जनाले तातोपानी स्नान गर्ने गरेको बताइन्छ। बगर गाउँबाट करिब १० मिनेट पैदलयात्रामा पुगिने यस स्थल नजिकैसम्म सडक सुविधा पनि पुगेको छ।
यस कुण्डसँगै रहेको अर्मके झरनालाई समेत समेटेर व्यवस्थित गर्न सकेमा यो क्षेत्रलाई प्राकृतिक उपचार केन्द्र र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - २२:०१
बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...
बैशाख ३१ गते, २०८३ - २१:३९
काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...
बैशाख ३१ गते, २०८३ - २१:३२
काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...
बैशाख ३१ गते, २०८३ - २१:२६
काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...
बैशाख ३१ गते, २०८३ - २०:१६
काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...
बैशाख ३१ गते, २०८३ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...
बैशाख ३१ गते, २०८३ - २०:०५
संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास
बैशाख ३१ गते, २०८३ - १९:५९
काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...



प्रतिकृया लेख्नुहोस्: