काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९५ रुपैयाँ, सानो (लोकल) ६० रुपैयाँ र सानो (भारतीय) ४८ रुपैयाँ कायम भएको छ। आलु रातो प्रतिकिलो २८ रुपैयाँ तथा भारतीय आलु २४ रुपैयाँमा कारोबार भइरहेको छ भने सुकेको (भारतीय) प्याज प्रतिकिलो ४२ रुपैयाँ निर्धारण गरिएको छ।
हरियो तरकारीतर्फ गाजर (लोकल) ६० रुपैयाँ, बन्दा ४० रुपैयाँ, काउली ७०–८० रुपैयाँ, सेतो मूला २० रुपैयाँ र भन्टा ५५–७० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी बोडी ११० रुपैयाँ, घिउ सिमी ८५–१०० रुपैयाँ, भटमास कोसा १७० रुपैयाँ र करेला ४० रुपैयाँ तोकिएको छ।
सागसब्जीतर्फ रायोसाग, पालुङ्गो र मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, तोरीसाग ३० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ कायम भएको छ। च्याउमा कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँसम्म पुगेको छ।
फलफूलतर्फ स्याउ २५०–३०० रुपैयाँ, कागती ३८० रुपैयाँ, अनार ४५० रुपैयाँ, अङ्गुर ३००–४५० रुपैयाँ र एभोकाडो ८०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
मसलातर्फ अदुवा १०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी ६०–८० रुपैयाँ तथा अकबरे खुर्सानी ६०० रुपैयाँसम्म कायम भएको छ। त्यसैगरी लसुन (चाइनिज) २०० रुपैयाँ र नेपाली लसुन १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
समितिले दैनिक रूपमा माग र आपूर्तिको अवस्थाअनुसार मूल्य निर्धारण गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - २१:५६
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। मंगलबार शरीरमा पेट्...
श्रावण ५ गते, २०८३ - २१:३९
दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का मुक्त कम्लहरी महिलाले सामूहिक खेतीमार्फत आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। तीन वर्षअघि सुरु गरिएको अभिय...
श्रावण ५ गते, २०८३ - २१:३३
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार तीन घण्टाभन्दा लामो ...
श्रावण ५ गते, २०८३ - २१:२०
विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपसँग जोडिएको घटनापछि तीन जना शिक्षक तथा कर्मचारीलाई...
श्रावण ५ गते, २०८३ - २१:१९
काठमाडौं । वाग्मती प्रदेशमा नेपाली कांग्रेस–नेकपा (एमाले)बीचको सत्ता गठबन्धन अन्त्य भएको छ। एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना मन्त्रीहरूले ...
श्रावण ५ गते, २०८३ - २१:१६
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवार...
श्रावण ५ गते, २०८३ - २०:५५
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुन...
श्रावण ५ गते, २०८३ - १९:४१
सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन...
श्रावण ५ गते, २०८३ - १९:३९
बुटवल । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश तहको सत्ता सहकार्य अन्य प्रदेशमा संकटमा परे पनि लुम्बिनी प्रदेशमा भने गठबन्धनको भविष्य अझै अनिश्चित ...
श्रावण ५ गते, २०८३ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने प...



प्रतिकृया लेख्नुहोस्: