Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

खबरडबली संवाददाता

काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ)सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

विशेष अदालत का न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार उक्त आदेश दिएको हो।

सुलभ अग्रवाल शंकर ग्रुप का सञ्चालक हुन्। उनको हकमा यो छैटौँ पटक म्याद थप गरिएको हो भने दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप भएको हो।

उनीहरूलाई सम्पत्ति शुद्धीकरण विभाग ले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको समन्वयमा पक्राउ गरेको हो। भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरिएको थियो भने अग्रवाललाई चैत २२ गते पक्राउ गरिएको थियो।

अनुसन्धान निकायले उनीहरूविरुद्ध आर्थिक अनियमितता तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा थप प्रमाण संकलन गरिरहेको जनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२०६२ सालयताका उच्चपदस्थलाई सम्पत्ति विवरण बुझाउन आयोगको निर्देशन

काठमाडौं । सम्पत्ति छानबिन आयोगले २०६२ सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका उच्चपदस्थ पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको ...

स्याङ्जामा चार विद्यालयको एसइई नतिजा शून्य

स्याङ्जा। स्याङ्जा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चार विद्यालयको नतिजा शून्य आएको छ ।  जिल्लाका १७२ माध्यमिक विद्यालयबाट एसइईमा सह...

रोकिएन तस्करी दैनिक भित्रिन्छन् अवैध सामान

भैरहवा। रुपन्देहीको सीमानाकाबाट हुने तस्करीको जालो अझै रोकिन सकेको छैन । प्रहरीले दैनिक जसो तस्करीका अवैध सामान बरामद गर्दै आएको छ । भारतसँग खुला स...

रात्रिबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही। महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–११, मा बुधबार मध्यराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गाईघाटबाट काठमाडौँतर्फ ग...

प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध सडकमा युवाको प्रदर्शन

काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...

निजामती कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन सरकारको कडा निर्देशन

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...

सांसदहरूले अवरोधपछि बिहीबार बस्नेगरी बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...

जवाफ दिने समयमा पनि प्रधानमन्त्री अनुपस्थित भए बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...

प्रधानमन्त्री बालेन अनुपस्थित भएपछि सांसद हर्क साम्पाङ बैठक छोडेर हिडे

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending