काठमाडौं । त्रिभूवन विमास्थलको भन्सार कार्यालयबाट करिब एक सय किलो सुन पास भएको विषयलाई लिएर राजश्व अनुसन्धान विभागले छानविन थालेको छ । राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्विन्टल सुन बुधबार बरामद गरेसँगै विभागले अनुसन्धानका लागि टोली खटाएको हो ।
भन्सार विभागको एक टोली अहिले त्रिभूवन विमास्थल भन्सार कार्यालय पुगेको छ । अहिले विभागको टोली त्रिभूवन विमास्थल भन्सार कार्यालयमा अनुसन्धानमा व्यस्त रहेको छ ।
दुई शाखा अधिकृतलाई निलम्वनकाे तयारी
यसअघि बुधबार जाँचपास गर्ने क्रममा कार्यालयका शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । उनीहरुले दुबैलाई निलम्बन गर्ने तयार विभागले गरेको छ ।
हालसम्म ६ जना पक्राउ
करिब एक क्वीन्टल सुन बरामद प्रकरणमा प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ छिरिङ थुप्देन पक्राउ परेका हुन् ।
काे हुन् हाल सम्म पक्राउ परेका आराेपी ?
दिलिप भुजेल स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक हुन भने सुन पास गराउन सहयोग गर्ने राम कुमार भुजेल दिलिपका मामा हुन् । हर्कराज राई कम्पनी स्थापना गर्न सहयोग गर्ने व्यक्ति हुन् । छिरिङ तिब्बतियन मुलका भारतीय नागरिक हुन् । यस्तै सुन बोक्ने ट्याक्सी चालक र अन्य दुई भन्सार एजेण्ट पनि पक्राउ परेका छन् ।
सुन पक्राउ परेको विषयमा विभागसहित प्रहरीले अनुसन्धान तीब्र पारेको छ । यता पक्राउ परेको सुनको परिणाम नेपाल राष्ट्र बैंकमा जोखिँदैछ ।
सुन बरामद भएपछि व्यवसायी दीपक मल्होत्राले भने पत्रकार सम्मेलन गरेर सुन तस्करीमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - २०:५२
काठमाडौं । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...
फाल्गुन ३० गते, २०८२ - २०:४३
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...
फाल्गुन ३० गते, २०८२ - १९:३४
विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...
फाल्गुन ३० गते, २०८२ - १९:२२
काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...
फाल्गुन ३० गते, २०८२ - १९:२०
रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...
फाल्गुन ३० गते, २०८२ - १९:१४
काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...
फाल्गुन ३० गते, २०८२ - १९:०९
बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...
फाल्गुन ३० गते, २०८२ - १९:०३
ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...


प्रतिकृया लेख्नुहोस्: