Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

धोबीताल संरक्षण गर्न माग

फोहोर फाल्ने ठाउँ बनाइएको धोबीतालको किनारा ।
खबरडबली संवाददाता

नेपालगन्ज  । सरकारले देशैभरि सरकारी र ऐलानी जग्गाको संरक्षण गर्ने अभियान चलाइरहेका बेला नेपालगन्जमा रहेको पुरानो तालमा अतिक्रमण गर्न खोजिएको भन्दै स्थानीयले संरक्षणको माग गरेका छन् ।

केही वर्षअघिसम्म धोबीले लुगा धुँदै आएको सहरको प्रमुख तालका रूपमा रहेको नेपालगन्ज उपमहानगरपालिका–८, रङ्गशालानजिकको धोबीतालको केही भागमा माटो पटान गरेर पुरिएको र केही भागलाई फोहोर सङ्कलनका लागि प्रयोग गरिएकाले सो काम तत्काल रोक्न माग गरिएको हो । 

स्थानीय साजिद अलि सिद्दिकीले धोबीताल ऐतिहासिक ताल भएकाले जुनसुकै अवस्थामा पनि यसको संरक्षण गर्नुपर्ने माग गरे । उनले तालको केही भागमा माटो पटान गरेर पुरिएको र केही भागलाई फोहोर फाल्ने र उठाउने ठाउँका रूपमा प्रयोग गरिएकाले त्यसो गर्न नहुनेमा जोड दिए ।

अर्का बासिन्दा उषाकुमारी खड्काले धोबीताललाई फोहोर जम्मा गरेर उठाउने ठाउँ बनाइएकाले दुर्घन्धका कारण बस्न नसक्ने अवस्था आएको बताए । उनले पटक पटक आग्रह गर्दासमेत फोहोर फाल्ने काम नरोकिएको बताए । 

नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले प्राकृतिक धोबीताल नपुर्न र तालमा फोहोर नफाल्न वडा नं. ८ को वडा कार्यालयलाई निर्देशन दिइएको बताए । उनले सो तालको संरक्षण गर्नुपर्ने स्थानीयको मागलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्ने सोचाइ रहेको पनि बताए ।  गाेरखापत्र दैनिकबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिबिराई प्रकरणमा सरकार असफल भएको हर्क सााम्पाङको टिप्पणी

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज सााम्पाङले सरकारप्रति कडा आलोचना गर्दै जिबिराईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको संकेत भएको टि...

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण, प्रतिकेजी न्युनतम २२ रुपैयाँदेखी १०० रुपैया सम्म

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा तरकारी, फलफूल तथा अन्य ...

साफ महिला च्याम्पियनसिप: उपाधिको खोजीमा नेपाली महिला टोलीको तिब्र तयारी

काठमाडौं । भारतको गोवामा हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टोली हाल काठमाडौंमा निरन्तर प्रशिक्षणमा व्यस्त छ। लामो ...

स्थायी व्यवस्थापनको पर्खाइमा रहेका होल्डिङ सेन्टरका सुकुम्वासीको जीवन सहज बन्दै

भक्तपुर । बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुम्वासी बस्ती हटाइएपछि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्...

तेह्रथुमको ढाका: तानको तालबाट अन्तर्राष्ट्रिय बजारसम्मको यात्रा

तेह्रथुम । बिहानैदेखि म्याङलुङ बजार र आसपासका गाउँमा तानको ताल गुञ्जिन थाल्छ। रङ्गीचङ्गी धागोमा बुट्टा भर्दै महिलाहरू व्यस्त छन्। यही परम्परागत सीप अह...

अझै भवनविहीन पालिकाहरू: जग्गा चन्दाबाट, सेवा भाडाकै घरबाट

बागलुङ । बागलुङका केही पालिकाहरूले अझै आफ्नै प्रशासनिक भवन बनाउन नसक्दा भाडाकै घरबाट सेवा दिनुपर्ने बाध्यता कायम छ। स्थानीय तह गठन भएको नौ वर्ष बितिसक...

झापामा रगतको माग उच्च

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको ...

अनुदान र सम्झौताले फेरियो खेती : लमजुङबाट १ सय ७५ मेट्रिक टन आलु बजारमा

लमजुङ । लमजुङका किसानहरूले यस वर्ष व्यावसायिक आलु खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा गरिएको खेतीबाट जिल्लामा करिब दुई...

घिमिरे दाजुभाइ सम्पर्कविहीन, बचतकर्ताको करोडौँ रकम अलपत्र

काठमाडौं । “पसलमा काम गरेर जम्मा गरेको पैसा थियो, अहिले पैसा पनि गयो, काम पनि छुट्यो ।” खुसी बचत तथा ऋण सहकारीका पीडित सुशील थापाको यो पीडा हजारौँ सहक...

ब्रिटिस राजनीतिमा नेपाली उपस्थिति बलियो, रानाभाट दम्पतीसहित थुप्रै नेपालीमूलका उम्मेदवार विजयी

काठमाडौं । बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विशेषगरी लन्डनको रोयल ग्रीनबीच बरोमा पूर्वमेयर जित...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending