प्यूठान । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई स्मरण गराउने स्तम्भसहित प्यूठानको एउटा पार्क अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। प्यूठान नगरपालिका–३ दैलेसिमलस्थित उक्त युद्ध पर्यटकीय स्थल पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो।
नेपालको दस वर्षे सशस्त्र द्वन्द्वमा सहभागी महिला जनमुक्ति सेनाको योगदानलाई कदर गर्ने उद्देश्यले युद्ध पर्यटकीय स्थलमा शालिक निर्माण, शहीदहरूको बलिदान स्तम्भ तथा जेनजी आन्दोलनको सम्झना र सम्मानस्वरूप जुत्ताको प्रतिमूर्ति स्थापना गरिएको वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताए ।
उनले भने, “नेपालमा भएका विभिन्न राजनीतिक घटनाक्रम र त्यसले ल्याएको परिवर्तनलाई अहिलेको पुस्ताले बुझ्नुपर्छ। त्यसैले हामीले युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्ने काम अघि बढाएका छौं।”
हालसम्म वडा कार्यालय र प्यूठान नगरपालिकाको सहयोगमा करिब २२ लाख रुपियाँ खर्च गरी विभिन्न भौतिक संरचना निर्माण गरिएको उहाँले जानकारी दिए ।
उक्त स्थलमा नेपालको झण्डा, कम्युनिस्ट नेता माओत्सेतुङको सालिक, व्यायामशाला, प्रतिक्षालय, शहीद गेटलगायत संरचना निर्माण गरिएका छन्। आगामी दिनमा सो स्थानसम्म पुग्ने सडक स्तरोन्नति गर्ने योजना पनि रहेको वडा अध्यक्ष श्रेष्ठले बताए।
युद्ध पर्यटकीय स्थलमा जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटक पुग्ने क्रम बढ्दै गएको छ। जेन–जी स्तम्भले पर्यटकलाई थप आकर्षित गरेको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १०:०६
भैरहवा। रुपन्देहीको सीमानाकाबाट हुने तस्करीको जालो अझै रोकिन सकेको छैन । प्रहरीले दैनिक जसो तस्करीका अवैध सामान बरामद गर्दै आएको छ । भारतसँग खुला स...
बैशाख ३१ गते, २०८३ - ०९:५७
सर्लाही। महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–११, मा बुधबार मध्यराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गाईघाटबाट काठमाडौँतर्फ ग...
बैशाख ३० गते, २०८३ - १८:२९
काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...
बैशाख ३० गते, २०८३ - १८:२३
काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...
बैशाख ३० गते, २०८३ - १८:०७
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...
बैशाख ३० गते, २०८३ - १८:०२
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...
बैशाख ३० गते, २०८३ - १३:११
काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...
बैशाख ३० गते, २०८३ - १२:५९
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...
बैशाख ३० गते, २०८३ - १२:५०
काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...
बैशाख ३० गते, २०८३ - १२:४१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...



प्रतिकृया लेख्नुहोस्: