Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

गुण्डुमा एमाले बैठक : सुदूरपश्चिमका सांसदसँग ओलीको छलफल, नेतृत्वदेखि मन्त्रिमण्डलसम्म एजेन्डा

फइल तस्विर
खबरडबली संवाददाता

भक्तपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूसँग  भक्तपुरको गुण्डुमा छलफल गर्ने भएका छन्। अध्यक्ष ओलीले प्रदेशका ११ सांसदलाई आज बिहान ११ बजेका लागि बोलाएका हुन्।

पछिल्लो समय संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि उनले सामूहिक छलफलमार्फत निष्कर्ष निकाल्ने संकेत दिएका थिए।  एमालेभित्र केही सांसदहरूले दलको नेता परिवर्तनको माग गर्दै नेतृत्वसँग भेटघाट गरेका थिए। यद्यपि आजको बैठकबाट तत्कालै नेता परिवर्तन हुने वा नहुनेबारे स्पष्ट निर्णय भने नआउन सक्ने बताइएको छ।

दलको नेताका सम्भावित दाबेदारमा उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, सामाजिक विकास समितिका सभापति धर्म पाठक र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल रहेका छन्।

बैठकमा नेतृत्व परिवर्तनबाहेक सत्ता सहकार्य र मन्त्रिमण्डल हेरफेरका विषयमा पनि छलफल हुने बताइएको छ। पछिल्लो समय एमाले र अन्य कम्युनिष्ट शक्तिबीच सहकार्यको सम्भावनाबारे पनि नेतृत्व तहमा संवाद चलिरहेको छ, जसको सुरुवात सुदूरपश्चिमबाटै गर्नेबारे चर्चा भइरहेको छ।

साथै, प्रदेश सरकारमा रहेका मन्त्रीहरूको कार्यकाल दुई वर्ष नाघिसकेको भन्दै केही सांसदहरूले मन्त्री हेरफेरको माग गरेका छन्। आगामी बजेट र सम्भावित निर्वाचनलाई ध्यानमा राख्दै जिम्मेवारी पुनः बाँडफाँटको विषय पनि बैठकमा उठ्ने जनाइएको छ।

सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलका अनुसार समसामयिक राजनीतिक विषयमा धारणा बनाउने उद्देश्यले बैठक बोलाइएको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

कर्मचारीले राजनीति गरे जागिर जाने सरकारको चेतावनी

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...

सटर भाडादेखि जग्गाको आम्दानीसम्म ‘गायब’, सुर्खेत नगर विकासमा झन्डै ३ करोड हिनामिना

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...

४१ वटा झोलुङ्गे पुल निर्माण गर्दै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...

प्रधानमन्त्री नआए पनि संसद् चल्ने बाटो खोलियो, जवाफ दिने दिन तोकियो

काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्य...

‘राष्ट्रपति बोलिरहँदा प्रधानमन्त्री गायब’ राष्ट्रिय सभामा सरकारमाथि कडा प्रश्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन  साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा च...

संसद् रोकियो, प्रधानमन्त्री ‘मन्त्रालय कटौती’को बैठकमा

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने दिन प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेेनन साहको अनिवार्य...

अलपत्र पाँच पुलको विकल्प खोजिँदै, भेरी कोरिडोरमा थप १४ पुल बनाउन सरकारको स्वीकृति

जाजरकोट । नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending