Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

लन्डनमा नेवार समुदायाकाे नेवारी भोजकाे आयोजना

खबरडबली स‌‌‌वाददाता

भोजको परम्परा अनुसार ‘नाय्’हरुलाई खसीका टाउकोका आँखा, कान, जिब्रो, बंगारा, लगायतका विभिन्न अंगका परिकारहरु दिइएका थिए।

लन्डन । लन्डनमा नेवारी परम्परा र संस्कृति झल्काउने मौलिक शैलीको नेवारी भोज (गुथि भ्वयः) आयोजना गरिएकाे छ ।

पासा पुचः गुथि साउथ इष्ट लन्डनको आयोजनामा शनिबार वुल्लीचमा सम्पन्न भोजमा करिब तीन सय बेलायतवासी नेपाली स्वादिष्ट नेवारी परिकारमा रमाएका थिए।

नेवा परम्परा अनुसार सञ्चालन गरिएको भोजका सहभागीले पलेटी कसेर पातको टपरीमा विभिन्न ३२ परिकारको स्वाद लिएका थिए। भोजमा पस्किएका सबै परिकार र पेय पदार्थसमेत आयोजक पासा पुचः साउथ इष्टका सदस्यहरुले घरमै तयार पारीएकाे थियाे । 

भोजको सुरुमा परम्परा अनुसार समाजका ज्येष्ठ सदस्यहरु एवम् विशेष अतिथिहरुलाई ‘नाय्’ बनाएर उनीहरूलाई धिमेबाजा र धुपबत्तीले स्वागत गर्दै भोज हलमा पुर्‍याइएको थियो। आसन ग्रहणपछि ‘नाय्’हरूलाई फेटा बाँधेर सम्मान पनि गरेका थिए। 

null

भोजको परम्परा अनुसार ‘नाय्’हरुलाई खसीका टाउकोका आँखा, कान, जिब्रो, बंगारा, लगायतका विभिन्न अंगका परिकारहरु दिइएका थिए। कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भोजमा सहभागी भइरहंदा आफूले काठमाडौंमै रहेको अनुभूति गरेको सुनाए। 

भोजको माध्यमबाट नेपालको मौलिक संस्कृति र परम्परा जस्ताको तस्तै बेलायतमा भित्रिएकोमा उनले खुशी व्यक्त गरेका थिए। भोजले सांस्कृतिक पुस्तान्तरण समेतमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै राजदूत आचार्यले आयोजकलाई धन्यवाद दिए। 

स्थानीय रोयल ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटले पासा पुचः यूकेले बेलायतमा नेपाली संस्कृतिको जगेर्नामा प्रशंसनीय कार्य गर्दै आएको बताए। परम्परागत शैलीमा आयोजित नेवाः भ्वय नयाँ पुस्तालाई मौलिक संस्कृति सिकाउने प्रभावकारी अवसर रहेको भन्दै उनले यसको निरन्तरताको लागि आग्रह पनि गरे। 

त्यस अवसरमा गायक योगेश्वर अमात्यले लन्डनमा पनि परम्परागत शैलीको नेवा भोजमा रमाउन पाउँदा खुशी लागेको अनुभव सुनाएका थिए। आयोजक पासा पुचः गुथि साउथ इष्ट लन्डन अध्यक्ष माधवलाल श्रेष्ठले भोजमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए। 
बेलायतमा परम्परागत शैलीमा भोज तयार गर्नु सजिलो नरहेको तर परम्परा जोगाउने उद्धेश्यमा संस्थाका सदस्यहरु एक भएर जुटेपछि वर्षेनी भोज सम्भव हुंदै आएको उनले बताए। 
पासा पुचः गुथि यूकेका अध्यक्ष सुशील प्रजापतिले बेलायतमा छैटौं पटक नेवा भ्वयस् आयोजना गरिएको बताए। भोजमा युवा सहभागिता बढाउने लक्ष्यसहित भोजमा युवालाई निशुल्क प्रवेश दिएर स्वयम्सेवकका रूपमा परिचालन गरिएको उनले जानकारी दिएका थिए।

भोजको संयोजन सत्य प्रजापतिले गरेका थिए भने ईश्वर महर्जन, कृष्ण वैद्य, सोहन सुवाल, राजु श्रेष्ठलगायतले परिकार व्यस्थापनमा सहयोग गरेका थिए।

बेलायतमा नेवा परम्परा र संस्कृति प्रवर्द्धनमा सक्रिय पासा पुचः गुथिले वर्षेनि म्हःपूजा, बिस्केटजात्रा लगायतका सांस्कृतिक परम्परालाई निरन्तरता दिंदै आएका छन्। 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते

दार्चुला । दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते भएकी छन् ।  जिल्लाको महाकाली नगरपालिका–४ कि चार वर्षीया जेबिका धामीलाइ सोमवार महाकाली ...

पुटिनले लिए पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ

काठमाडौं । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ लिएका छन् । पुटिनले मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा शपथ लिएका थिए । यो ...

नयाँ सहर विस्तार आयोजना सरकारकाे उच्च प्राथमिकतामा छ: मन्त्री बुढा

काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाले नयाँ सहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । काठमाडौं उपत्यका भित्र रहेको ...

वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एक युवक पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एक युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबा...

अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ

काठमाडौं । अमेरिकामा पढाइ दिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गर्ने कैलाली गौरीगंगा नगरपालिका–२ का  ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले प...

गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

भक्तपुर । अरनीको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ । बाेलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात...

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर ...

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा  रिट निवेदन दायर गरिइएको छ । ...

पेमेन्ट गेटवे प्रकरण: पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने भुक्तानी प्रणाली (पेमेन्ट गे...

बोइङद्वारा प्राविधिक समस्याका कारण स्टारलाइनर अन्तरिक्ष यानको प्रक्षेपण स्थगित: नासा

एजेन्सी । प्राविधिक समस्याका कारण सोमबार नासा र बोइङले ‘स्टारलाइनर अन्तरिक्ष यान’ को पहिलो क्रु मिसनको प्रक्षेपण स्थगित गरेका छन् ।  स्टारलाइनर एक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies