Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

विकास सँगै गाउँगाउँमा डाेजर भित्रँदा मासिए सम्पदा

खबरडबली संवाददाता

बागलुङ । बाङ्गेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ। सडक निर्माण मापदण्ड अनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा एकदर्जन चौतारी र वरपिपल मासिनेछन्।

बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर नजिकै रहेको एक सय ५० वर्ष पुरानो चौतारीसँगैको वरपिपल यसैसाता सडक विस्तारका क्रममा ढलाइएको छ। उक्त चौतारी यस क्षेत्रको पुरानो चौतारी थियो।

एक सय ५० वर्षअघि जिजु हजुरबुबाले चौतारा निर्माण गरी वरपिपल लगाएको स्थानीय ८७ वर्षीय दुर्गाबहादुर आचार्यले स्मरण गरे।

उनले पुरानो पुर्खालको सम्झाना सडक विस्तारका क्रममा ढलेको गुनासो गरे। अहिले रामरेखामा मात्रै नभई  नयाँ सडक खन्ने र विस्तार गर्ने नाममा पूर्खाको सम्पत्तिका रुपमा रहेका चौतारी र वरपिपल मासिने अवस्थामा पुगेको आचार्यको भनाइ थियो।

‘राजमार्गमा परको चौतारी जोगाउन सकिएन, पूर्खाको सम्पत्ति मासियो, हाम्रो मात्रै होइन धेरै स्थानका चौतारी मासिएका छन्, वरपिपल ढलेका देखिन्छन्, वातावरणलाई समेत यसले नकरात्मक असर पारिरहेको छ,’ उनले भने।

आचार्यले स्थानीय सरकारले वरपिपल र चौतारी संरक्षण अभियान ल्याउनुपर्ने बताए । ‘अहिले गाउँ–गाउँका सार्वजनिक जग्गामा रहेका चौतारी र पोखरी मासेर यातयातका साधन पार्किङ गर्ने स्थान बनाइएको छ,’ आचार्यले भने, ‘ग्रामीण क्षेत्रमा सडक पुर्‍याउने नाममा चौतारी र पोखरी मासिन थालेपछि वातावरणलाई समेत नकरात्मक असर परेको छ।’

 ठूला वरपिपलका रुख र चौतारीसँगै रहेका पोखरी मासिँदा अहिले पानीका मूल सुक्दै जानुका साथै गर्मीसमेत बढ्दै गएको उनको भनाइ थियो।

आचार्यले सार्वजनिक जग्गामा रहेका चौतारी र पोखरीमा डोजर चलाइएको बताउँदै विसं २०५० सालको तुलनामा जिल्लामा सडक सञ्जाल विस्तार भए पनि पुराना सम्पदा बोकेका वरपिपल मासिने क्रम बढे्को बताए।

गतवर्ष बागलुङ नगरपालिका–३ सिम्लेमा बागलुङ बजारदेखि सिगाना पुर्याउने सडक विस्तारका क्रममा ठूलो पिपलको रुख ढलाइएको थियो। अहिले चौतारी र ठूलाठूला वरपिपलका रुख देख्नै मुस्किल भएको स्थानीय बताउछन्।

स्थानीय चुँडामणि पुन मगरले बागलुङ बजारभित्र रहेका कयौँ चौतारा र पोखरी मासिएको मात्र नभइ सार्वजनिक जग्गा मिचेर व्यक्तिका घर ठडिरहेको गुनासो गरे। ‘अहिले गाउँ–गाउँका वरपिपल त सडक विस्तारका क्रममा मासिएका छन् । वातावरणीय प्रभावलाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका वर र पिपलका रुख क्रमश हराउदै गएका छन्,’ उनले भने।

पुन मगरका अनुसार सडक विस्तारका नाममा वरपिपल भएका स्थानमा सवारी गुडेका छन् । उनले भने, ‘सर्वजनिक स्थान रहेका रुख सडक विस्तारका क्रममा मासिएका छन्, कतिपयले सार्वजनिक जग्गालाई नीजिकरण समेत गरेका छन्।’

यहाँका स्थानीय तह तथा वडा कार्यालयले आफ्नो क्षेत्रमा भएको सार्वजनिक जग्गा, चौतारी, पोखरी र वरपिपल जस्ता सम्पदाको तथ्याङ्क संकलन नगरेको मगरले गुनासो गरे।

पुर्खाको पौरख र पसिना जोडिएका विषयलाई संरक्षण नगरेर मास्ने कामलाई कदापी स्वीकार गर्न नसकिने वातावरण तथा फोटो पत्रकार आरके अदिप्त गिरीले बताए।

‘शहर र गाउँलाई सुन्दर बनाउने भन्दै मौलिकता र संस्कृति मास्न हुदैन । विसौनीका रुपमा रहेका चौतारी र छाहरी मास्नु भनेको प्रकृति माथी अत्याचार हो,’ उनले भने, ‘पुराना सम्पदा र सभ्यताका सूचक चौतारी र वरपिपलको संरक्षण गर्नु सबैको कर्तव्य हो।’

पूराना सम्पदा मासेर गन्तव्यमा  पुग्न नसकिने भन्दै विकासका नाममा मौलिकता बिर्सिन नहुनेमा गिरीले जोड दिए। सडक निर्माण र विस्तारका क्रममा चौतारी र वरपिपल जोगाउन स्थानीयहरुले खबरदारी गर्न आवश्यक रहेको उनको भनाइ थियो।

गिरीले वातावरण खलबल्याउने विकासले मानवीय सभ्यतानै जोखिममा पारेको बताउँदै सभ्याता, सम्पदा र प्रकृतिलाई जोगाएर मात्रै विकास गर्न आवश्यक रहेको बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

तुलसीपुरमा खानेपानी संकट : धारामा पानी नआएपछि ट्यांकरबाट वितरण

दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...

राष्ट्रपतिको आह्वान : बाँझो जमिन नराखौं, कृषिलाई आधुनिक र व्यावसायिक बनाऔँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...

सरकारी विद्यालयको पीडा : एउटै कोठामा तीन कक्षा, शौचालय र खानेपानीसमेत छैन

मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...

धनकुटाबाट सुरु भयो ६० करोड बिरुवा रोप्ने राष्ट्रिय अभियान

धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending