काठमाडौं । जेठ २६ गतेबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन सुरु भएको छ । अभिनेता दयाहाङ राईको अभिनित चलचित्र ‘नीरफूल’ को माउथ पब्लिसिटीका कारण व्यबसायले राम्रो पिकअप लिएको छ । आफनो फिल्मले र्दशाकहरुबाट राम्रो प्रतिक्रिया पाएकोले ‘नीरफूल’को इन्टायर टिमले खुशी व्यक्त गरेका छन् ।
‘तामाङ समुदायको संस्कृति र मौलिक कथाबस्तुसँगै चलचित्रमा मुलुकका कैयौं बिकृति बिसँगति पनि दर्शाएको र राष्ट्रिय समस्यालाई निकै राम्रोसँग उठाएको यस चलचित्रले हिजो शनिबार राजधानी र मोफसलका मल्टी कम्प्लेक्समा ८७ वटा शो पाएको छ थिए । साथै काठमाडौंका थुप्रै हलमा शनिबार बिहान हामी पुग्दा दर्शकको उपस्थिति उत्साहजनक थियो । दर्शकहरुले सिनेमा हेरेपछि हामीलाई निकै राम्रो प्रतिक्रिया दिनु भएको छ ।’ नीरफूलका निर्देशक फुलमान बलले सञ्चारकर्मीहरुलाई भनेका थिए ।
गणेश हिमालको फेदीमा रहेको रुबी भ्याली र सो आसपासको सुन्दरतालाई चलचित्र ‘नीरफूल’ मा निकै लोभलाग्दोसँग समेटिएको छ । यो चलचित्रमा प्रस्तुत लोकेशन अत्यन्त सुन्दर भएको पनि दर्शकहरुले बताएका छन् । अभिनेता दयाहाङले पनि यो चलचित्रको स्कृप्ट निकै राम्रो भएको बताएका छन् र साथै आफुले काम गरेको उत्कृष्ट चलचित्रको सूचीमा नीरफूल पनि पर्ने उनले बताएका थिए । सिनेमाको, छायाँकन र कलाकारको अभिनय पनि राम्रो भएको प्रतिक्रिया आफुले पाएको पनि अभिनेता दयाहाङले बताएका छन् ।
फिल्मलाई गोविन्द शाही र मनोज राठीले बितरण गरेका हुन् भने यस चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ । प्रदर्शनीको दोश्रो दिन शनिबार यो चलचित्रले मुलुकभर राम्रो शो पाएको छ र थुप्रै हलमा आफ्नो सिनेमाले हाउसफुल व्यापार गरेको पनि निर्देशक बलले भनेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: