काठमाडौ । सांसद प्रदीप पौडेलले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व उठ्नु आर्थिक अवस्थाले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने स्पष्ट पारेको बताएको छन् । कुल रु १४ खर्ब तीन अर्ब राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा हालसम्म जम्मा रु सात खर्ब तीन अर्ब मात्रै राजस्व सङ्कलन हुनु राम्रो नभएको उनको भनाइ छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले यही अनुपातमा राजस्व उठ्दा चालु आवको बाँकी अवधिमा करिब दुई खर्ब राजस्व थपिने बताए।
“यो भनेको लक्ष्यको करिब ६४ प्रतिशत मात्रै हुन्छ, यो किन र कसरी भएको छ रु किन राजस्व क्षमतामा ह्रास आएको छ रु यस विषयमा सदनमा गम्भीर समीक्षा हुनु आवश्यक छ, आजका मितिसम्म सरकारले जम्मा नौ खर्ब ७६ अर्ब खर्च गरेको छ, खर्च र आम्दानीका बीचमा तालमेल देखिएन, त्यस्तै अनुदान रु ५५ अर्ब प्राप्त गर्ने भनेकामा रु पाँच अर्ब अर्थात् आठ दशमलव ६६ प्रतिशत पनि प्राप्त गर्न सकेका छैनौँ”, उनेले भने।
वैशाख १४ गतेसम्मको चालु खर्च रु सात खर्ब २७ अर्ब रहेको उल्लेख गर्दै सांसद पौडेलले चालु खर्च धान्न रु २४ अर्ब ऋण लिनुपर्ने अवस्था सिर्जना भएको बताए । चालु खर्च धान्नसमेत राजस्वको आर्जन पर्याप्त नहुनु अत्यन्त गम्भीर विषय भएको उनको भनाइ थियो ।
दिगो एवं फराकिलो आर्थिक वृद्धिको कुरा गर्ने मुलुकमा चालु खर्च धान्न ऋण लिनुपर्ने अवस्था सिर्जना हुने विडम्बनापूर्ण अवस्था रहेकामा सांसद पौडेलले सरकारको ध्यानाकर्षण गराए । वैशाख १४ गतेसम्म चालु खर्च लक्ष्यको ६१ दशमलव ५२ प्रतिशत र पुँजीगत खर्च लक्ष्यको ३० दशमलव ४९ प्रतिशत मात्र भएको उनले सुनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: