Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

जारी चलचित्र समीक्षाः अव्यक्त प्रेमको मिठास

खबरडबली संवाददाता
काठमाडौँ । प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो । वितरकका अनुसार यसले पहिलो सातामा सात करोड बढीको व्यापार गरेको छ । कवि उपेन्द्र सुब्बाले पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशनमा पाइला टेकेको छन् । 
 
चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । ‘जारी’का निर्माता रामबाबु गुरुङ हुन् । लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको छ । 
 
चलचित्र पति नाम्साङ (दयाहाङ राई) र पत्नी हाङ्मा (मिरुना मगर) मै केन्द्रित छ । विसं २०५२ को परिवेशमा तयार पारिएको चलचित्र तत्कालीन समयको संस्कृति, भाषा र पहिरनको दस्तावेज बनेको छ । चलचित्र नाम्साङ र हाङ्माको झगडाको दृश्यबाट सुरू हुन्छ । बिहेको पाँच वर्ष बितिसक्दा निःसन्तान दम्पती हुनु नै उनीहरू बीच हुने कलहका कारण हो । 
 
सन्तान नहुनुको कारक आफू बन्नु परेपछि हाङ्मा खुसी छैनन् । किनकी दोष उनले मात्र खेप्नुपरेको छ । त्यहीँ सिलसिलामा आफ्नो श्रीमान्लाई एकपटक ‘नामर्द’ भनेपछि झगडा उत्कर्षमा पुग्छ । हाङ्माले युप्पारुङ फालेर घर छोडेर माइत जान्छिन् । नाम्साङले हाङ््मालाई फर्काउन छरितोपन देखाउँदैनन् । त्यही क्रममा पालममा जितेर अर्कैले हाङ््मालाई पत्नी बनाउँछ ।
 
हाङ्माको परिवारले जारी तिर्न नसकेपछि पूर्वपतिको घरमा गोठाला बन्न पुग्छिन् । पूर्वपत्नीलाई जारी तिर्न ल्याएपछि नाम्साङलाई प्रश्नसमेत तेर्सिन्छ । बेहुली बनेर स–सम्मान भित्रिएको घरमा हाङ्मा पस्न पाउदिनन् । उनी गोठमै बस्छिन् र आफ्नो काम गर्छिन् । त्यही क्रममा नाम्साङलाई अर्को विवाहका लागि उनका बुबा सुब्बाले कर गर्छन् । केटी खोज्न केही गाउँमा नाम्साङसँगै उनका साथीहरू पनि पुग्छन् । तर श्रीमती छाडेको भनेपछि सहज हुँदैन । पालम गाउँन नआउने नाम्साङले मेलाबाट पनि जोडी पाउदैनन् । त्यस दौरान नाम्साङको आमा बिरामी हुन्छिन् । उनको स्याहारसँगै घरेलु काममा व्यस्त हाङ्मालाई आफ्नै घर फर्काउने प्रयास उनका भाइले गरिरहेका हुन्छन् । 
 
जारी तिर्ने रकम नहुँदा घर फर्काउन सम्भव हुँदैन । एकदिन नाम्साङको आमाको देहान्त हुन्छ । एक वर्षलाई शुभकार्य रोकिन्छ । त्यसपछि बुढासुब्बा र नाम्साङको सहारा बन्छिन् हाङ्मा । के नाम्साङले दोस्रो विवाह गर्छन् ? जारी तिरेर हाङ्मा आफ्नै घर फर्किन्छिन् ? हाङ्मालाई पालममा जितेका श्रीमान्ले के गर्छन् रु यी यस्तै जिज्ञासा मेट्न चलचित्र भवन नै पुग्नुपर्छ । यसको मीठो जवाफ निर्देशक सुब्बाले चलचित्रमा दिएका छन् ।
 
निर्देशक सुब्बाले लेखनकै क्रममा आफ्नो संस्कृतिलाई सरल ढङ्गले कोरेका छन् । व्यावसायिक बनाउन अनावश्यक मसलाको प्रयोग गरिएको छैन । अर्थात् विशुद्ध अर्गानिक छ ‘जारी’ । कथामा मौलिकता छ । चलचित्रको पहिलो दृश्यमै पटकथाकारसमेत रहेका निर्देशक सुब्बाले द्वन्द्व स्थापित गर्न सफल हुनुभएको छ ।  त्यसलाई अगाडि बढाउन उहाँले फाल्तु दृश्यलाई जोड्नु भएको छैन । कथा सुरुदेखि नै द्रुत गतिमा अगाडि बढेको छ । नाम्साङ खराब होइनन् तर उनको रिस सही छैन । हाङ््मा पनि उस्तै छिन् । निर्देशक सुब्बाले दुईबीचको अव्यक्त प्रेमलाई दृश्यमार्फत स्थापित गरेका छन् ।  
 
पहिलो दृश्यपछि दुवै बोल्दैनन् । तर उनीहरू बीचको प्रेमलाई दर्शकले पर्दा बाहिर पनि महसुस गर्छन् । उनीहरूको अनुहारमा झल्किने प्रेम लुक्दैन । तर व्यक्त पनि हुँदैन । उनीहरू बीच संवाद कसरी होला ? भन्ने दर्शकको जिज्ञासा सरलरूपमै निर्देशकले मेटाएका छन् । यो उनको सरलतासँगै दृश्य भाषाको ज्ञानका कारण सम्भव भएको हो । यस्ता थुप्रै दृश्य छन्, ती दृश्यले सोझै दर्शकसँग संवाद गर्छन् ।
 
पर्दामा देखिने पात्रको सुख र दुःखसँगै दर्शकलाई यात्रा गराउन सक्नु नै निर्देशकीय सशक्ता हो । निर्देशक सुब्बाले लेख्नका क्रममा ठूला संवादको प्रयोग नगरेर नै लिम्बू लबज र मिठास भर्न सफल भएको छन् । चलचित्र हेरिरहँदा देखिने दृश्य र प्रयोग हुने ध्वनिले आनन्द दिन्छ । गीतले कथालाई अगाडि बढाउँछ । त्यो मनोरञ्जनका लागि मात्र रखिएको छैन । कथालाई लयमा बगाउन झुमा लिम्बू र गङ्गा थापाको स त तारिफ गर्न लायक छ ।
 
कलाकारको अभिनय यो फिल्मको अर्को अब्बल पक्ष हो । अभिनेता राईले नाम्साङ पात्रलाई जीवन्त बनाउनु भएको छ । पहिलो दृश्यमा उहाँले देखिएको रिस धेरै समयसम्म कायम रहन्छ । यस्तै अभिनेत्री मगर चलचित्रमा शालीन देखिएकी छिन् । उनले प्रतिकार गर्दिनन् तर उनको सहनशीलताले दर्शकको मन चसक्क बनाउँछ । अभिनेता विजय बरालले मङ्गल सिंहको पात्रमार्फत बाहुन र लिम्बू दम्पतीबाट जन्मिएको सन्तानको सामाजिक परिवेश झल्काउन सफल भएको छन् । काव्यिक चलचित्रको सङ्ज्ञा पाएको ‘जारी’ मा जनजाति महिलाको विद्रोहको फरक आयाम पस्कने प्रयास गरिएको छ । 
 
नेपाल जातजाति, भाषा, संस्कार–संस्कृति र सामाजिक परिवेशका लागि धनी छ भन्ने यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको छ । निर्देशक सुब्बाले लिम्बू जातिको संस्कार–संस्कृतिलाई समयसँगै सकुशल वर्तमान युगमा अवतरण गराउन सफल हुनुभएको छ । यद्यपी कमीकमजोरी नै नभएको चलचित्र भने होइन् । विविध कमजोरीका बाबजुद यो राम्रो पक्ष धेरै भएको चलचित्र हो । विशेषत पहिलो हाफमा यसलाई छोट्याउने ठाउँ छ । तर निर्देशक सुब्बाले त्यसमा जाँगर चलाएका छैनन् । कथामा नाम्साङ र हाङ्माको परिवारलाई देखाउँदा उनीहरूसँगै जोडिने समाज र समयकाललाई दृश्यमार्फत स्थापित गर्न निर्देशक सुब्बा चुक्नुभएको छ ।
 
यद्यपि, यो चलचित्रले कलात्मक र व्यावसायिक दुवै मनपराउने दर्शकलाई चलचित्र भवनसम्म ल्याउने ल्याकत देखाइसकेको छ । मसालेदार र कलात्मक भनेर विभाजित हुने दर्शक चलचित्र हेर्नसँगै देखिएका छन् । यो निर्माता, निर्देशक र कलाकारको ठूलो सफलता हो । कालोपोथी, सेतो सूर्य र ऐना झ्यालको पुतलीले प्रदर्शनका लागि गर्नुपरेको सङ्घर्ष ‘जारी’ ले सोच्नै परे । यसले कलात्मक चलचित्रको व्यावसायिक पक्षको सबलतालाई समेत प्रमणित गरेको छ । यो चलचित्रको महत्व वर्तमान समयभन्दा पनि भविष्यमा धेरै हुनेछ । 
 
‘कबड्डी’ शृङ्खलाका निर्देशक रामबाबु गुरुङ निर्माता रहनुभएको यस चलचित्रमा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङलगायतका कलाकाकरको अभिनय रहेको छ । कार्यकारी निर्माता मणिराम पोखरेल रहनुभएको चलचित्रलाई स्टेसन फाइभले वितरण गरेको हो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम परिमार्जन, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ लागू

जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...

रेबिज खोप अभावको कारण जुम्लाकी ८ वर्षीया बालिकाको मृत्यु

जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...

प्रधानमन्त्री बालेनलाई विश्वप्रकाशको आग्रह: मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...

सुस्ता समस्या समाधानको पहल, सुस्तावासीसँग छलफल

पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...

मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...

ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने मधेस सरकारको घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending