Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

तनहुँ– १ः उम्मेदवारले थाले चुनावी अभियान

खबरडबली संवाददाता

तनहुँ, आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन् । सोमबार उम्मेदवारी दर्ता गराएसँगै उहाँहरुले चुनावी गतिबिधिलाई तीब्र पारेका छन् ।

नेपाली कांग्रेसका  उम्मेदवार गोविन्द भट्टराईले सम्पर्क कार्यालय स्थापना गरेर अभियान सुरुआत गर्नुभएको छ । व्यास नगरपालिका–३ निमचोकमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै उहाँले तनहुँ – १ को समग्र विकासका लागि उम्मेदवारी दिएको बताए। 

यसै क्षेत्रबाट निर्वाचित भएर राष्ट्रपति बन्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको विकास योजनालाई पूरा गराउन आफू उम्मेदवार बनेको उनले स्पष्ट पारे । “म आदरणीय रामचन्द्र पौडेलको उत्तराधिकारी हुँ, यहीँ जन्मिएको छोरा हुँ, यहाँका जनताले मलाई विजयी गराउनेमा विश्वस्त छु ,” उहाँले भन्नुभयो । उहाँले जिल्लाको खानेपानी, सडक, बिजुलीलगायतका क्षेत्रमा विकास गर्न कांग्रेसको नेतृत्व आवश्यक छ भने ।

नेकपा (एमाले) का  उम्मेदवार सर्वेन्द्र खनालले मतदाता भेटघाट गरी चुनावी अभियान सुरु गर्नुभएको छ । बन्दीपुर गाउँपालिका–१ भुडाटारका युवा मतदातासँग भेट माग्दै उहाँले तनहुँलाई गर्व गर्न लायक जिल्ला बनाउने प्रतिवद्धता जनाए । प्रहरीको कार्यकालमा सधैँ जनताको सुरक्षा र हितलाई ध्यानमा राखेर काम गरेको बताउँदै अब पुनः तनहुँवासीको सेवा गर्ने उद्देश्यसहित निर्वाचनमा सहभागी भएको उनले बताए। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले प्रसिद्ध छाब्दीबाराही मन्दिरको पूजाआजा गरी चुनावी अभियान थालेको छन् । सो क्रममा उहाँले व्यास –१४ का स्थानीय मतदातासँग भेट गरी देश र जिल्लाका लागि केही गर्ने सोच बोकेर आएको बताए । उनले निर्वाचनमा विजयी भएमा तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे । 

उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ मा नौ जनाको उम्मेदवारी परेको छ । अन्य उम्मेदवारमा राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा ९समाजवादी०बाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार हुनुहुन्छ ।


कार्यतालिका अनुसार यही चैत २३ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा अपराह्न ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिह्न पाउनेछन् । आगामी वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा वैशाख १० गते आइतबारका दिन हुने उपनिर्वाचनका लागि यो क्षेत्रमा एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएको छ । मतदाता नामावली अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम भएका, बसाइँसराइ गरेकाको नाम हटाउँदा मतदाता घटेको निर्वाचन कार्यालयले जनाएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि माघ २९ गतेसम्म मतदाता नामावलीमा दर्ता गरेकाहरुले मत हाल्न पाउने निर्णय भएको कार्यालयले जनाएको छ । मङ्सिर ४ गतेसम्म तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी हुनुभएको थियो । 

प्रतिस्पर्धी नेकपा ९एमाले० का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending