Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

सामुदायिक वनको आम्दानी, संरक्षणसँगै गाउँको विकास

खबरडबली संवाददाता

अर्घाखाँची। अर्घाखाँचीका सामुदायिक वनले काठदाउरा बिक्रीबाट हुने आम्दानीलाई विकासनिर्माण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र सामाजिक सेवामा लगानी गर्दै गाउँलाई आत्मनिर्भर बनाएका छन् ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार चालु आर्थिक वर्षमा जिल्लाका सामुदायिक वनले काठ तथा दाउराको राजस्व छ करोड ३९ लाख ५० हजार ७३९ रुपियाँ सङ्कलन भएको छ । उक्त आम्दानीको ७५ प्रतिशत रकम वन उपभोक्ता समूहले उपयोग गर्ने र बाँकी २५ प्रतिशत प्रदेश सरकारमा जम्मा हुने व्यवस्था छ ।

वरिष्ठ डिभिजनल वन अधिकृत नारायणदेव भट्टराईका अनुसार सामुदायिक वनको आम्दानीले गाउँघरमा पूर्वाधार निर्माण, आर्थिक सशक्तीकरण, रोजगारी प्रवर्धन र सामाजिक विकासका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

शीतगङ्गा नगरपालिका–१२ स्थित मजुरेडाँडा सामुदायिक वनले नगरपालिकासँगको सहकार्यमा २५ लाख रुपियाँ लागतमा पक्की बाटो बनाएको छ । शीतगङ्गा–१३ को धिरीखोला सामुदायिक वनले सिँचाइ कुलो, विद्यालय भवन, सडक निर्माण तथा कृषि आधुनिकीकरणका कार्यक्रम सञ्चालन गरेको छ । समूहले कृषकलाई मिनी ट्रिलर, चापकटरलगायतका सामग्री वितरण गरी व्यावसायिक खेतीतर्फ प्रोत्साहन गरिरहेको छ ।

भङ्गालागाउँमा सामुदायिक वनकै लगानीमा सडक, खानेपानी, विद्युत्, विद्यालय भवन, इन्टरनेट विस्तार तथा सिँचाइ योजना निर्माण भएका छन् । करिब ६० लाख रुपियाँ लगानीमा सम्पन्न सिँचाइ योजनाबाट ५५ बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ । यसले तरकारी तथा अन्य नगदे बाली उत्पादनमा उल्लेख्य वृद्धि भएको स्थानीयको भनाइ छ ।

सामुदायिक वनको आम्दानीबाट गाउँमा विद्यालय भवन निर्माण, मन्दिर निर्माण तथा खानेपानी मर्मतका कामसमेत हुँदै आएका छन् । स्थानीयवासीका अनुसार विकासनिर्माणका लागि राज्यको अनुदान कुर्नुपर्ने अवस्था हट्दै गएको छ ।

वन उपभोक्ता समूहले कृषि तथा पशुपालनमा सहुलियत ऋणसमेत उपलब्ध गराएका छन् । भैँसीपालन, बाख्रापालन, कुखुरापालन र बङ्गुरपालनमा संलग्न कृषकलाई वार्षिक तीन प्रतिशत ब्याजदरमा ऋण प्रदान गरिएको छ । यसबाट धेरै परिवारको आयआर्जनमा सुधार आएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पनि सामुदायिक वनले स्वरोजगारमा सहयोग गरिरहेको छ । भङ्गालागाउँमा विदेशबाट फर्किएका सात जना युवाले अहिले आफ्नै गाउँमा व्यवसाय सञ्चालन गरिरहेका छन् । दुई जनालाई अटोरिक्सा खरिदका लागि ब्याजरहित ऋण उपलब्ध गराइएको छ ।

शीतगङ्गा–१४ स्थित पावर सामुदायिक वनले पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन सुरु गरेको छ । यसबाट अर्गानिक खेती प्रवर्धन हुनुका साथै वनमा हुने डढेलो नियन्त्रण र स्थानीय रोजगारी सिर्जनामा समेत टेवा पुगेको छ ।   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

मिडिया गेटमा पार्किङबारे रवि लामिछाने: पार्टीले विज्ञप्तिमार्फत यो गलत हो भनेर स्पष्ट भनिसकेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...

प्रतिनिधिसभामा ‘अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्ने विधेयक’ प्रस्तुत

वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह: मनोबल नघटाउनुहोस्, तपाईंहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...

यातायात कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा, देशभर सेवा पुन: सुरु

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...

मलाई ‘गोली हानेर मारिदिन्छु’ भन्दै धम्की आएको छ : ऐन महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा धर्ना

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending