नेपालगञ्ज । वर्षाको बेलामा हुने डुबानको समस्या हटाउन नेपालगञ्ज उपमहानगरमा १५ वर्षपछि यहाँका मुख्य नालाको फोहर हटाइएको छ । नहरमा जथाभावी फालिएका प्लाटिकजन्य बोटल र विभिन्न वस्तु, सिसाका बोटल, माटोलगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक महिनादेखि अहिलेसम्म ठूला नाला करिब डेढमिटर र साना करिब ५० मिटर नालाको सरसफाइ भएको बताउनुभयो । यसका लागि कतिपय ठाउँमा जेसीबीको प्रयोग गरिएको र कतिपय ठाउँमा भारतीय कामदार प्रयोग गरी नालाको अवरोध हटाइएको उनको भनाइ छ ।
“नालाको माथिल्लो तहसम्म माटोले पुरिएको र त्यसका कारण पानीको सतह नै हराएको अवस्थामा पाइयो”, उनले भने । पानीको निकास थुनिएपछि जाम हुने उल्लेख गर्दै प्रमुख विष्टले सङ्घीय सरकारबाट आएको विशेषज्ञ टोलीले अध्ययन गरेपछि उपकरण प्रयोग गर्न नसक्ने स्थानमा कामदार लगाएर पनि सफा गरिएको बताए ।
“समय–समयमा मुख्य नालाको सफाइ गरे यसले नेपालगञ्जको डुबानको समस्या समाधान हुन्छ भन्ने लक्ष्यले यो काम सुरु गरेका हाँै”, उनले भन्नुभयोने, “मुख्य नालासँग जोडिएका नाला विभिन्न नालासँग जोडिएका छन ।” ‘ड्रेनेज नेटवर्क’भित्र रहेका प्रत्येक वडाका नालामात्रै सरसफाइ भए त्यसले यहाँ हुने डुवानको समाधान हुने विशेषज्ञ टोलीले उपमहानगरलाई सुझाव दिएको छ । उक्त सुझावका आधारमा ‘ड्रेनेज नेटवर्क’भित्र रहेका प्रत्येक वडासँग जोडिएका नालाको अवरोध हटाइने छ ।
नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर प्रत्येक चारदेखि पाँच मिटरको दुरीमा कटिङ गरेर पुनः सफा गर्न मिल्ने गरी काम गरिएको छ । आगामी जेठ मसान्तसम्ममा नेपालगञ्जमा रहेका ठूला र साना नालाको सफाइको काम पूरा हुने जानकारी दिँदै प्रमुख विष्टले रु १० का दरले तीन वटा प्याकेजमा काम भइरहेको बताए। कतिपय ठाउँमा देवाल भासिएको र त्यसबाट नाला जाम भएको र त्यसलाई क्रेनमार्फत पनि हटाइएको छ ।
फोहरमैला व्यवस्थापनमा नागरिकको सहभागिता अनिवार्य भएकोमा जोड दिँदै उहाँले फोहर व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका(१० की सरुना कुँवरले घाँस र माटो पुरिएर नाला बन्द भएको र सफा गरेपछि नालामा पानी बग्न थालेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: