Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु

खबरडबली संवाददाता

काठमाडौ।  ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् । 

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु ‘साइटलेस अडिसन’मा भाग लिन विभिन्न महादेशका ५० भन्दा बढी देशबाट पहिलो चरणमा छानिएका नेपाली प्रतिभा काठमाडौँ आइपुगेका हुन् । 

फाउण्डेसनका अनुसार गायनतर्फको साइटलेस अडिसन आइतबारदेखि सुरु भएको छ । गायनतर्फ एक सय ४० र नृत्यतर्फ एक सय २० नेपाली प्रतिभा फिल्ड अडिसनबाट छनोटमा परेका थिए । यीमध्ये अधिकांश प्रतिभा काठमाडौँ आइपुगेको फाउण्डेसनले जनाएको छ ।

अमेरिका र क्यानडाको फिल्ड अडिसन अमेरिका, युरोपको बेल्जियम, मध्यपूर्वको दुवइ, पूर्वी एशियाको बैंकक, अष्ट्रेलियाको सिड्नी र भारतको सिलिगुडीमा अन्तर्राष्ट्रिय फिल्ड अडिसन सम्पन्न भएका थिए भने नेपालका बुटवल, नेपालगञ्ज, दमक र काठमाडौँमा फिल्ड अडिसन भई प्रतिभा छनोट गरिएका थिए । 

गायनतर्फ अमेरिका र क्यानडाबाट १५, युरोपबाट पाँच, अष्ट्रेलियाबाट सात, पूर्वी एशियाको थाइल्याण्ड, फिजी, म्यानमारलगायतबाट आठ, मध्यपूर्वका खाडी मुलुकबाट सात, भारतबाट ३३ जना तथा नेपालका नेपालगञ्जबाट सात, बुटवलबाट नौ, दमकबाट २१ र काठमाडौँबाट २८ जना प्रतिभा साइटलेस अडिसनका लागि काठमाडौँ आइपुगेका छन् । 

झण्डै यतिकै सङ्ख्यामा नृत्यका प्रतिभा पनि ती देशबाट काठमाडौँ आएका छन् । उनीहरुलाई काठमाडौँका विभिन्न होटलमा राखिएको फाउण्डेसनले जनाएको छ । संसारभरका विभिन्न देश पुगेर त्यहाँका नेपाली प्रतिभालाई पहिचान गरी नेपाली गीत र नृत्यको प्रतिस्पर्धामार्फत उत्कृष्ट प्रतिभाको छनोट गर्ने मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रमले नेपालीभाषी समुदायलाई आफ्नै संस्कृतिको एक सूत्रमा बाँध्ने प्रयास गरेको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिनुभयो । 

नेपाली मूलका भुटानी अमेरिकन युवा व्यवसायीले नेपाली भाषा र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’का लागि प्रख्यात गायक दीप श्रेष्ठलाई निर्णायक नियुक्त गरेको छ । श्रेष्ठसँगै सङ्गीतकार सुरेश अधिकारी, गायक शिव परियार, पुष्पन प्रधान र गायिका अन्जु पन्त र सुजाता बर्मा निर्णायक छन् । 

त्यसैगरी नृत्यतर्फ मिथिला शर्मा, शङ्कर विसी, नायक दिलीप रायमाझी, नायिका केकी अधिकारी र प्रियङ्का कार्की, नरमान राई निर्णायकका रुपमा अनुबन्धित भएका छन् । फिल्ड अडिसनबाट छानिएर आएका प्रतिस्पर्धीबाट आइतबारदेखि सुरु भएको साइटलेस अडिसनले ५० जनाको छनोट गर्ने जानकारी अध्यक्ष अधिकारीले बताउनुभयो । 

गायक श्रेष्ठसहितका गायन र नृत्यका निर्णायकलाई नियुक्ति गर्ने कार्यक्रममा अध्यक्ष अधिकारीले संसारभरका नेपाली प्रतिभालाई पहिचान गरी पितृभूमि नेपालमा ल्याएर प्रतिस्पर्धाको अवसर दिन पाएकोमा गर्वको अनुभूति भएको बताउनुभयो । उहाँले निर्णायकबाट निष्पक्षरुपमा निर्णय हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

नेपाली सांस्कृतिक एकता कायम गर्नसके आफ्नो पुर्खाको देशसँग विदेशमा बस्ने नेपालीलाई पुस्तौँपुस्तासम्म जोड्न सकिने र यसले आफ्नो पहिचानमा गर्व गर्न सकिने वातावरण बन्दै जाने विश्वास पनि अध्यक्ष अधिकारीले बताउनुभयो । काठमाडौँमा आयोजित एक समारोहमा वरिष्ठ गायक दीप श्रेष्ठ तथा फाउण्डेसनका नेपाल अध्यक्ष दिलीप रायमाझीले निर्णायकलाई अनुबन्ध गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । यस कार्यक्रमका प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ हुनुहुन्छ ।

गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै सामूहिक नृत्यमा पनि अलग्गै पुरस्कारको व्यवस्था रहेको छ । 

प्रतिभाको छनोट निष्पक्षरुपमा होस् भनेर यो अडिसनमा निर्णायकले प्रतिस्पर्धीलाई देख्न नपाउने र प्रतिस्पर्धीले पनि छनोटमा नपरेसम्म निर्णायकलाई देख्न नसक्ने गरी डिजाइन गरिएको छ । 

प्रतिस्पर्धाका मेरो भ्वाइस युनिभर्स कार्यक्रम नेपाल टेलिभिजन राष्ट्रिय प्रसारणबाट र मेरो डान्स युनिभर्स एनटिभी प्लसबाट प्रत्यक्ष प्रसारण गरिने आयोजक संस्थाले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम परिमार्जन, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ लागू

जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...

रेबिज खोप अभावको कारण जुम्लाकी ८ वर्षीया बालिकाको मृत्यु

जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...

प्रधानमन्त्री बालेनलाई विश्वप्रकाशको आग्रह: मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...

सुस्ता समस्या समाधानको पहल, सुस्तावासीसँग छलफल

पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...

मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...

ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने मधेस सरकारको घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending