Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

खोटाङका स्रष्टा श्रीराम राईको ‘पोलेको मकै’ बजारमा

खबरडबली संवाददाता

काठमाडौं ।  खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो।

१० बर्से शिक्षण पेशा छाडी २०७२ सालदेखि काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा संग्रहमा ‘मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ बालकथा छन्।

‘पोलेको मकै’मा विशेषगरी बालमनोविज्ञानलाई केन्द्रमा राखिएको छ। बालकथा संग्रह विद्यालय तहका सबै विद्यार्थीका लागि शिक्षामूलक र उत्तिकै रमाइला लाग्ने कथाकार राईले बताए।

हिमालय म्याप हाउस प्रालिले वितरणको जिम्मा लिएको ‘पोलेको मकै’को मूल्य ९९ रुपैयाँ रहको छ। सर्जक गंगा कर्माचार्य पौडेलले सम्पादन गरेको संग्रहको चित्र राजकुमार प्रजापतिले तयार पारेका हुन्।

स्रष्टा राईका यसअघि बालकथा संग्रह ‘टोली नेता’ २०७४, ‘आजका लघुकथा’ संयुक्त लेखन २०७४ लगायतका कृति प्रकाशित छन्।

विशेषगरी बालकथामा दखल राख्ने राई लघुकथा, कविता, गीत, गजल, समीक्षामा पनि उत्तिकै सशक्त छन्। रावासावा प्राज्ञिक समाज नेपालका सदस्य रहेका राई संसाक भवानी–शंकर लघुकथा सम्मान, इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान लगायतबाट सम्मानित भइसकेका छन्। हाल उनी लघुकथा सौन्दर्य, इन्द्रेनी रङ, इला खिम, बालापन लगायतका फेसबुक पेजका एडमिन छन्।

राईसँग राहत शिक्षक संघर्ष समिति खोटाङको मुखपत्र ‘शैक्षिक पैरवी’ तथा अन्य साहित्यिक पत्रपत्रिका सम्पादन गरेको अनुभव छ। उनी लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङको अध्यक्ष पनि हुन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending