सर्लाही । डकैती घटना भएको चार महिनापछि प्रहरीले डाका गिरोहका मुख्य योजनाकारलाई पक्राउ गर्न सफलता पाएको छ । गत असार ३ गते राति जिल्लाको सम्सी गाउँपालिका–१ पर्सादेवाड बस्तीस्थित राजीव ज्वेलर्समा डकैती घटना गराउने मुख्य योजनाकार सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका कारी भनिने ४२ वर्षीय विश्वनाथ पासवानलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार साँझ नै पत्रकारबीच सार्वजनिक गरेको छ ।
घटनाका योजनाकार भनेर पहिचान भइसके पनि लुक्दैछिप्दै आपराधिक गतिविधि सञ्चालन गर्दै आएका पासवानलाई जिल्लाकै सोनमा गाउँपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत असार ३ गते पासवानकै योजनामा सशस्त्र हतियारधारी डाकाले रातको समयमा पर्सादेवाडका वीरेन्द्र साहको घरका परिवारजनलाई गोली प्रहारसमेत गरेर सुनचाँदीका गहना र नगदसहित लुटपाट गरी करिब रु नौ लाख मूल्य बराबरको धनमाल लगेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
लुुटपाटका क्रममा सशस्त्र डाकाको समूहले घरमुली वीरेन्द्र साहको ढाडमा गोली प्रहार गर्नुका साथै निजकी पत्नी सुशीलादेवी, छोरा शम्भु र राजीव तथा छोरी कञ्चनलाई फलामे रड प्रहार गरी घाइते बनाएको थियो । पक्राउ परेका पासवान पेशेवर डाका रहेका र वरिपरिका जिल्लामा हुँदै आएका डकैती घटनामा संलग्न रहँदै आएको अनुसन्धानले देखाएको प्रनाउ विष्टको भनाइ छ ।
पासवान पक्राउ परेपछि महोत्तरीसहित आसपासका जिल्लाका बासिन्दाले राहत महसुस गरेका छन् । पुस्तैनी ९पुख्र्यौली० घर धनुषाको झिजा भएका पासवानलाई सरकारले चार दशकअघि डकैती पेशा छाडेर घरगृहस्थी गर्ने शर्तमा घडेरीसहित खेतीबारी गर्ने जग्गासमेत उपलब्ध गराएर लालबन्दीमा पुनर्बास बस्ती बसाएको थियो । त्यसै परिवारका पासवान धनुषाबाट रौतहटसम्मका र यदाकदा सीमापारि भारतमा हुने डकैती घटनाका योजनाकार रहँदै आएको प्रहरीको निष्कर्ष छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: