Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

‘फेरी’ लगाउने काममा युवा पुस्ताको चासो घट्दो

खबरडबली संवाददाता

काठमाडौं । जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूतरप्रेत नआउने जनविश्वास  यहाँ रहिआएको छ । 

वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै शङ्ख ९बराँठको सिङ० बजाएर फेरी लगाउने चलन छ । धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परागत पेसालाई दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका १९ घर जोगी समुदायले लामो समयदेखि निरन्तरता दिँदै आएका छन् । फेरी लगाउने जोगीलाई फेरी लगाइएको घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यूलगायत खाद्यान्न तथा पैसासमेत भिक्षा ९दान० दिने चलन छ । रातका समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा सङ्कलन गरी जोगी समुदायले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । 

फेरी लगाएर मन्त्र जाप गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जिल्लावासीमा जनविश्वास छ । बतासेका ६३ वर्षीय तीर्थबहादुर जोगी ४४ वर्षदेखि जिल्लाबासीको शान्तिको कामनासहित फेरी लगाउने पेशामा सक्रिय रहेका छन् ।  तीर्थबहादुरको दुई छोराहरु पनि यही पेसाअर्थात् फेरी लगाउने काम गर्छन् । उनीहरु फेरी लगाउन जिल्लाका विभिन्न स्थानीय तह तथा छिमेकी जिल्ला भोजपुर र उदयपुरको गाईघाट बजारसम्म पुग्ने गरेका छन् । 

तीर्थबहादुर बाउछोरा जस्तै बतासेका अन्य सबै १९ घरका जोगी समुदाय फेरी लगाउने पेसामै आबद्ध छन् । बतासेमा ती घरमध्ये भारती, गजुरनती र रिदनती थरका जोगी समुदायको बसोबास छ । बतासेका जोगी समुदायले आफूहरुलाई ‘गुरु गोरखनाथ’को चेलाका रूपमा अन्य समुदायलाई चिनाउने गरेका छन् । तीर्थबहादुरको जेठा छोरा ३५ वर्षीय कैलाश जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका क्षेत्र र कान्छा ३२ वर्षीय शङ्कर जोगी छिमेकी जिल्ला उदयपुरको गाईघाट पुगेर फेरी लगाइरहेका छन् । 

ती समुदायले आफूहरुबीच भूगोलसमेत निर्धारण गरेका छन् । आफ्नो वंशले गर्दै आएको क्षेत्रमा सोही वंशका व्यक्तिले मात्र फेरी लगाउने चलन रहेको बतासेका ५० वर्षीय लाखबहादुर जोगीले जानकारी दिए । “विसं २००७ देखि २०३७ सालसम्म ठेक्कामार्फत फेरी लगाउने चलन थियो”, उनले भने, “अहिले ठेक्का प्रणालीमार्फत फेरी लगाउने चलन हटेको छ । जोगी समुदायबीचमै आपसी समझदारीमा क्षेत्र निर्धारण गरेर फेरी लगाउने गरिएको छ ।”

फेरी लगाएमा घरको रक्षा हुने, भूतपिचास नआउने जस्ता जनविश्वासका कारण आफूहरुलाई फोनमार्फत समेत स्थानीय बासिन्दाले आफ्नो गाउँ तथा घरमा आउन आग्रह गर्ने गरेको तीर्थबहादुरले बताउनुभएको छ । “धार्मिक आस्थासँगै जोडिएको फेरी लगाउने परम्परालाई वर्षौंदेखि हामीले निरन्तरता दिँदै आए पनि अहिलेसम्म राज्यको तर्फबाट भने कुनै संरक्षण तथा प्रवद्र्धनको काम भएको छैन”, उनले भने, “युवा पुस्ताले भने फेरी लगाउने पेसामा त्यति धेरै चासो देखाएका छैनन् । यसलाई संरक्षण र प्रवद्र्धन गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने अवस्था आएको छ ।” 

युवा पुस्ताले चासो नदेखाएका कारण आफूहरुको पालापछि यो परम्परालाई कसले निरन्तरता देला भन्ने बतासेका जोगी समुदायका पुर्खालाई चिन्ता बढेको देखिएको छ । पछिल्लो समय युवापुस्ता वैदेशिक रोजगारीमा जान थालेपछि फेरी लगाउने पेसा सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको पाइएको छ । वैदेशिक रोजगारीका कारण युवापुस्ता विदेशिने क्रम बढेसँगै फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगी समुदायको पुख्र्यौली पेशा सङ्कटमा पर्ने खतरा बढेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताए । “बतासेका जोगी समुदायलाई राज्यको तर्फबाट अहिलेसम्म केही गर्न सकिएको छैन”, उनले भने, “अहिले बतासेका नौ भाइ युवा विदेशमा छन् । फेरी लगाउँदाभन्दा विदेशमा राम्रो कमाइ हुने भएकाले अन्य युवा पनि विदेशिने सम्भावना बढेको छ ।” 

ती समुदायका हरेक पुरुष सदस्यले जीवनमा अनिवार्यरुपमा एक पटक फेरी लगाएर हिँड्नुपर्ने परम्परागत मान्यता रहेको बतासेकै ३१ वर्षीय धनकुमार जोगीले जानकारीदिनुभयो । “हाम्रो पुर्खौली पेसा भनेकै ‘फेरी’ लगाउने हो”, उनले भने, “आफ्नो परम्परादेखि चल्दै आएको पुर्खौली पेसालाई संरक्षण गर्नकै लागि भए पनि हरेक वर्षको दुई पटक गाउँगाउँमा पुगेर फेरी लगाउने गरेको छु ।”

फेरी लगाउने जोगीले एकपल्टअर्थात् कात्तिक तथा चैत एक महिनामा रु एक लाखसम्म नगद तथा खाद्य सामग्री सङ्कलन गर्ने गरेका छन् । रातको समयमा फेरी लगाउनुपर्ने हुँदा उनीहरुमा चिसोले सताउने र रुघाखोकी जस्ता रोगसमेत देखिने गरेको छ ।  

फेरी लगाउने परम्परा धार्मिक विश्वाससँग जोडिएको छ ।  फेरी लगाएर मात्रै यो समुदायमाथि उठ्न सक्ने अवस्था नरहेकाले पेसा नै सङ्कटमा पर्ने सम्भावना बढेको गाउँपालिका प्रमुख भूपेन्द्रकुमार राईले बताउनुभयो । “फेरी लगाउने जोगी समुदायलाई अन्य माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिकस्तरमा सबल बनाउन आवश्यक छ”, उनले भने, “लोप हुन लागेको जोगी समुदायको फेरी लगाउने पेसालाई संरक्षण तथा प्रवद्र्धन गर्न गाउँपालिकाले विशेष पहल गर्नेछ ।”

राति मात्र फेरी लगाउने जोगीहरु हरेक घरमा पुगेर चार सुर र मूल ढोकामा उभिएर शङ्ख बजाउँदै मन्त्र जाप गर्दछन् । फेरी लगाउँदा कसैसँग बोल्दैनन् तर, फेरी लगाई सकेपछि कसै स्थानीय बासिन्दाले ढोका खोली दिएमा उनीहरुको घरभित्रसमेत पसेर मन्त्र जाप गर्दै शङ्ख बजाउने गर्छन् । 

जोगीले धिमाल जातिको घरमा भने फेरी लगाउँदैनन् र भिक्षाअर्थात् दान÷दक्षिणासमेत लिँदैनन् । धिमाल जाति र जोगीहरुको गोत्र मिल्ने भएकाले फेरी नलगाइएको तीर्थबहादुरले जानकारी दिए । फेरी लगाउने जोगीले दश झोली बोक्ने गरेका छन् । बाह्रपन्थे जोगीको १२ झोलीमध्ये एउटा बाहुन र एउटा सन्यासीलाई दिइएकाले आफूहरुसँग दशवटा मात्रै झोली रहेको जोगी समुदायले बताउने गरेका छन् । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका हलेसी, अर्खौले र चिसापानीमा जोगी समुदायको बसोबास छ । बतासेबाहेक अन्य ठाउँका जोगी समुदायले फेरी लगाउने पेसा छाडिसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending