Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

प्रभावकारी बन्दै स्वास्थ्य बीमा

खबरडबली संवाददाता

वालिङ । वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा लागू भएसँगै स्वास्थ्य जाँच गराउनेको सङ्ख्या बढ्दै गएको छ । निजी क्लिनिक, फार्मेसी तथा पोखरा, पाल्पाका अस्पतालमा गएर उपचार गर्ने वा स्वास्थ्य जाँच गराउने यहाँका नागरिक पछिल्लो समय स्वास्थ्य बीमामार्फत वालिङमै उपचार गराउन थालेका हुन् । गह्रौँ प्राथमिक अस्पतालमा २०७६ जेठ १ गतेदेखि लागू भएको स्वास्थ्य बीमाबाट स्वास्थ्य जाँच गराउने, औषधि लिनेको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको अस्पतालको बीमा शाखामा कार्यरत  प्रमोद जिसी ९शङ्कर० ले जानकारी दिए ।

अस्पतालमा गत वैशाख १ देखि भदौ मसान्तसम्म पाँच महिनाको अवधिमा सात हजार ८३५ ले स्वास्थ्य सेवा लिइसकेका छन् । त्यस्तै २०७७ को वैशाखदेखि चैत मसान्तसम्म कूल २० हजार ४७७ र २०७६ जेठ १ देखि चैत मसान्तसम्म १४ हजार १९९ बीमितले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालमा स्वास्थ्य बीमा लागू भएदेखि गत भदौ मसान्तसम्ममा कूल ४२ हजार ५११ जना बीमितले बीमा कार्डमार्फत स्वास्थ्य उपचार तथा औषधि लिएका जिसीले बताए ।

स्याङ्जा जिल्लाकै मध्यभाग वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पतालमा वालिङ नगरपालिकासहित, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका तथा छिमेकी जिल्ला दक्षिण पर्वत र पाल्पाको केही भागका बिरामीले यहाँबाट सेवा लिने गरेका अस्पतालले जनाएको छ । “अस्पतालमध्ये भाग वा धेरै ठाउँको पायक पर्ने स्थानमा भएकाले पनि यहाँ जिल्लाका अन्य स्वास्थ्य संस्थाको तुलनामा धेरै बिरामी स्वास्थ्य सेवा लिन आउने गर्नुहुन्छ”, जिसीले भन्नुभयो, “यहाँबाट दैनिक ९० बढी बिरामीले स्वास्थ्य सेवा लिन्छन्
 
वालिङ नगरपालिकाभित्र २१ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेकाले उनीहरूका नगरपालिकाले निःशुल्करूपमा स्वास्थ्य बीमा गरिदिने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । “स्वास्थ्य बीमा गर्नतर्फ वालिङका नागरिकलाई प्रेरित गरेका छौँ”, प्रमुख खाँणले भन्नुभयो, “जसले स्वास्थ्य बीमा गर्न सक्दैनन्, जसको आर्थिक अवस्था कमजोर छ उनीहरुको निःशुल्क बीमा नगरपालिकाले गरिदिन्छौँ ।” वालिङ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा गर्नेको छुट्टै लाइन बनाइएको र बिना झण्झट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको प्रमुख खाँणले बताए।

नगरपालिकाले न्यून आय भएका वा गरिबीको रेखामुनि रहेका २१ प्रतिशत नागरिक तथा राष्ट्रिय र स्थानीय तहका खेलाडी तथा परिवारको नगरपालिकाले निःशुल्क बीमा गरिदिने प्रमुख खाँणले बताए । स्याङ्जा जिल्लाभरिमै सबैभन्दा राम्रो र धेरैले सेवा लिने गह्रौँ प्राथमिक अस्पताल भएकाले यसलाई नमूनाको रुपमा अगाडि बढाउन सकिने राष्ट्रिय बीमा बोर्डका सिनियर अहेब भगवान रेग्मीले बताए ।

अस्पतालले बीमाबाट पाउने औषधि पर्याप्त मात्रामा उपलब्ध गराउनुका साथै राम्रो सेवा दिएका कारण स्वास्थ्य जाँच गराउन वा औषधि लिन आउनेको सङ्ख्यामा वृद्धि भएको हो । जिल्लाका अन्य पालिकामा रहेका स्वास्थ्य संस्थामा भन्दा यस स्वास्थ्य संस्थाले बीमाबापतको रकम बीमा बोर्डबाट धेरै भित्र्याउने गरेको दाबी रेग्मीको छ ।

प्राप्त हुने औषधि सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको अस्पतालले जनाएको छ । कोभिड–१९ को महामारीका समयमा यस अस्पतालमा वालिङ नगरपालिकाले आइसोलेसन सेन्टर स्थापना गरी निःशुल्क उपचारको व्यवस्था मिलाएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । यहाँ भर्ना भएर बसेका कोरोना सङ्क्रमित तथा कुरुवालाई नगरपालिकाले निःशुल्क खाना, खाजा तथा औषधिसमेत उपलब्ध गराएको थियो ।

केही समयअघि शेयरकास्ट इनिसियटिभ नेपालले गरेको मत सर्भेक्षणका आधारमा वालिङस्थित यस अस्पतालले कोरोना रोकथाम तथा नियन्त्रणका क्षेत्रमा निक्कै उदाहरणीय र प्रशंसनीय रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending