Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’

खबरडबली संवाददाता

रौतहट । चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ नगरपालिका–३ का मुकेश हजाराले नागरिकता कहिले हात पर्ला भन्ने पत्तो नभएको गुनासो व्यक्तभयो । सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयमा देखिएका सयौँ सेवाग्राहीको भीडमा भेटिएका हजाराको मात्र होइन अन्य सेवाग्राही पनि उही गुनासो रासससँग पोख्दै थिए ।

सोही नगरपालिका–२ का शीलाकुमारी पनि बच्चा बोकेर नागरिकता पाउन दैनिक धाइरहेका छन् । कर्मचारीले घरी कोठा नम्बर ३ त घरी कोठा नम्बर ४ मा जानुस् भनेर अल्मल्याइरहेको उहाँको दु:खेसो छ । राजदेवी नगरपालिका–५ का दिलीपकुमार महतोको दुई सातादेखिको नियमित काम जिल्ला प्रशासन कार्यालयमा आएका छन् । आफ्नो नागरिकता के कारणले प्राप्त नभएको भन्ने थाहा पाउन नसकिएको उनको भनाइ छ ।

जिल्ला सदरमुकाम गौरस्थित जिप्रकामा नागरिकता लिनका लागि दैनिक सयौँको लाइन हुने गरेको छ । प्रचण्ड गर्मी र कोभिड–१९ को जोखिमबीच सर्वसाधारण बिना मास्क तथा सामाजिक दूरी कायम नगरी नागरिकताको फाँटमा झुम्मिरहेका देखिन्छन् । साना साना नानीहरु काखमा बोकेका महिला पनि सकिनसकी लाइनमा उभिएका छन् । पहुँच हुनेले सहजै नागरिकता पाउने गरेको सेवाग्राहीको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने कार्यालयको क्षमताभन्दा दोब्बर सङ्ख्यामा नागरिकता जारी भइरहेको जिकिर गर्नुभयो । नागरिकता फाँटमा दुई जना मात्र जनशक्ति रहेका अवस्थामा दैनिक ६० नागरिकता दिन सकिने स्थितिमा एक सय ३० सम्म नागरिकता वितरण भइरहेको उहाँको भनाइ छ । सेवाग्राहीसँग कर्मचारीले घुस लिएको भन्ने गुनासो हुन नसक्ने जनाउँदै उहाँले स्थानीय तहले अनुसूचीअनुसारका सबै कागजातसहित सिफारिस नगर्दा पनि समयमा काम हुन नसक्ने बताउनुभयो । कूल ३२ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल २५ कार्यरत छन् । त्यसो त यो जिल्ला प्रशासन कार्यालय गृहमन्त्रालयको वार्षिक कार्यसम्पादन मूल्याकङ्नमा प्रदेश नं २ मा उत्कृष्टमा परेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस आर्थिक वर्षको साउन र भदौ महिनामा चार हजार ९२२ ले नयाँ नागरिकता लिएका छन् भने एक हजार ६५८ ले प्रतिलिपि नागरिकता लिएका छन् । यस्तै सोही अवधिमा दुई हजार ३१८ ले राष्ट्रिय परिचयपत्र, एक हजार ४३६ ले राहदानीको सिफारिस, ४७६ ले दु्रत राहदानी सिफारिस लगेका छन् । सिफारिस भएकामध्ये चार सय ७६ राहदानी वितरण भएको छ । उक्त दुई महिनामा १५ नयाँ संस्था दर्ता र ९२ संस्थाले नवीकरण गराएका छन् ।

वंशजका आधारमा नागरिकता पाउन अनुसूची १ फारममा स्थानीय तहको सिफारिस, बाबु वा आमाको नागरिकता प्रमाणपत्र, सो नभए दाजु, भाइ वा वंशज खुल्ने नजिकको नातेदारको नागरिकताको प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत आवश्यक पर्छ । यस्तै तिन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित–पत्र पेश गर्नुपर्छ ।

प्रमाण पेश गर्न नसक्नेका लागि वंशजको नाताले नागरिकता लिनुपर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसूची ३ बमोजिमको ढाँचामा सर्जमिनस्थलमै गरिएको सनाखत चाहिन्छ । विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाणपत्र, माइतीतर्फको वंशज खुल्ने नागरिकता, दुवै कान देखिने दुईप्रति फोटो, विवाह दर्ता प्रमाणपत्र र सनाखतसहित जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र बुझाउनुपर्छ । बसाइँसराइ गरी आउनेको हकमा उपरोक्त प्रमाणका अतिरिक्त बसाइँसराइ प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्रलगायतका कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालयको नागरिक बडापत्रमा उल्लेख गरिएको छ । वैवाहिक अङ्गीकृतका आधारमा र कर्मचारी परिवारका नाताले नागरिकता प्रमाणपत्र पाउन आवश्यक कागजात पनि जिल्ला प्रशासन कार्यालयले बेवसाइटमा समेत बडापत्रका रुपमा समावेश गरेको छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending