Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’

खबरडबली संवाददाता

रौतहट । चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ नगरपालिका–३ का मुकेश हजाराले नागरिकता कहिले हात पर्ला भन्ने पत्तो नभएको गुनासो व्यक्तभयो । सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयमा देखिएका सयौँ सेवाग्राहीको भीडमा भेटिएका हजाराको मात्र होइन अन्य सेवाग्राही पनि उही गुनासो रासससँग पोख्दै थिए ।

सोही नगरपालिका–२ का शीलाकुमारी पनि बच्चा बोकेर नागरिकता पाउन दैनिक धाइरहेका छन् । कर्मचारीले घरी कोठा नम्बर ३ त घरी कोठा नम्बर ४ मा जानुस् भनेर अल्मल्याइरहेको उहाँको दु:खेसो छ । राजदेवी नगरपालिका–५ का दिलीपकुमार महतोको दुई सातादेखिको नियमित काम जिल्ला प्रशासन कार्यालयमा आएका छन् । आफ्नो नागरिकता के कारणले प्राप्त नभएको भन्ने थाहा पाउन नसकिएको उनको भनाइ छ ।

जिल्ला सदरमुकाम गौरस्थित जिप्रकामा नागरिकता लिनका लागि दैनिक सयौँको लाइन हुने गरेको छ । प्रचण्ड गर्मी र कोभिड–१९ को जोखिमबीच सर्वसाधारण बिना मास्क तथा सामाजिक दूरी कायम नगरी नागरिकताको फाँटमा झुम्मिरहेका देखिन्छन् । साना साना नानीहरु काखमा बोकेका महिला पनि सकिनसकी लाइनमा उभिएका छन् । पहुँच हुनेले सहजै नागरिकता पाउने गरेको सेवाग्राहीको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने कार्यालयको क्षमताभन्दा दोब्बर सङ्ख्यामा नागरिकता जारी भइरहेको जिकिर गर्नुभयो । नागरिकता फाँटमा दुई जना मात्र जनशक्ति रहेका अवस्थामा दैनिक ६० नागरिकता दिन सकिने स्थितिमा एक सय ३० सम्म नागरिकता वितरण भइरहेको उहाँको भनाइ छ । सेवाग्राहीसँग कर्मचारीले घुस लिएको भन्ने गुनासो हुन नसक्ने जनाउँदै उहाँले स्थानीय तहले अनुसूचीअनुसारका सबै कागजातसहित सिफारिस नगर्दा पनि समयमा काम हुन नसक्ने बताउनुभयो । कूल ३२ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल २५ कार्यरत छन् । त्यसो त यो जिल्ला प्रशासन कार्यालय गृहमन्त्रालयको वार्षिक कार्यसम्पादन मूल्याकङ्नमा प्रदेश नं २ मा उत्कृष्टमा परेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस आर्थिक वर्षको साउन र भदौ महिनामा चार हजार ९२२ ले नयाँ नागरिकता लिएका छन् भने एक हजार ६५८ ले प्रतिलिपि नागरिकता लिएका छन् । यस्तै सोही अवधिमा दुई हजार ३१८ ले राष्ट्रिय परिचयपत्र, एक हजार ४३६ ले राहदानीको सिफारिस, ४७६ ले दु्रत राहदानी सिफारिस लगेका छन् । सिफारिस भएकामध्ये चार सय ७६ राहदानी वितरण भएको छ । उक्त दुई महिनामा १५ नयाँ संस्था दर्ता र ९२ संस्थाले नवीकरण गराएका छन् ।

वंशजका आधारमा नागरिकता पाउन अनुसूची १ फारममा स्थानीय तहको सिफारिस, बाबु वा आमाको नागरिकता प्रमाणपत्र, सो नभए दाजु, भाइ वा वंशज खुल्ने नजिकको नातेदारको नागरिकताको प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत आवश्यक पर्छ । यस्तै तिन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित–पत्र पेश गर्नुपर्छ ।

प्रमाण पेश गर्न नसक्नेका लागि वंशजको नाताले नागरिकता लिनुपर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसूची ३ बमोजिमको ढाँचामा सर्जमिनस्थलमै गरिएको सनाखत चाहिन्छ । विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाणपत्र, माइतीतर्फको वंशज खुल्ने नागरिकता, दुवै कान देखिने दुईप्रति फोटो, विवाह दर्ता प्रमाणपत्र र सनाखतसहित जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र बुझाउनुपर्छ । बसाइँसराइ गरी आउनेको हकमा उपरोक्त प्रमाणका अतिरिक्त बसाइँसराइ प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्रलगायतका कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालयको नागरिक बडापत्रमा उल्लेख गरिएको छ । वैवाहिक अङ्गीकृतका आधारमा र कर्मचारी परिवारका नाताले नागरिकता प्रमाणपत्र पाउन आवश्यक कागजात पनि जिल्ला प्रशासन कार्यालयले बेवसाइटमा समेत बडापत्रका रुपमा समावेश गरेको छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम परिमार्जन, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ लागू

जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...

रेबिज खोप अभावको कारण जुम्लाकी ८ वर्षीया बालिकाको मृत्यु

जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...

प्रधानमन्त्री बालेनलाई विश्वप्रकाशको आग्रह: मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...

सुस्ता समस्या समाधानको पहल, सुस्तावासीसँग छलफल

पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...

मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...

ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने मधेस सरकारको घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending