Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

४१ राजनीतिक दलको दर्ता खारेज

खबरडबली संवाददाता
काठमाडौं । निर्वाचन आयोगले ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै नबुझाएकाले दर्ता खारेज गरिएको हो ।
 
आयोगको आजको बैठकले खारेज भएका राजनीतिक दलको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। बुधबारदेखि लागू हुने गरी ४१ दलको दर्ता खारेज भएपछि अब आयोगमा ९५ दलको मात्र दर्ता कायम रहनेछ । दल दर्ता खारेज भएका ४१ राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यको नाम नामेसीसहितको विवरण छुट्टाछुट्टै तयार गरी निजहरूबाट आयोगबाट प्रत्येक राजनीतिक दललाई तोकिएको जरिवाना रकम रु ५० हजार सरकारी बाँकी सरह असुलउपर गर्न कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाडौँमा लेखी पठाउने निर्णय भएको छ ।
 
जरिवाना रकम असुलउपर नभएसम्मको अवधिको लागि खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्य आयोगमा दर्ता कायम रहेका अन्य राजनीतिक दलको पदाधिकारी बन्न नपाउने तथा नयाँ दल दर्ता हुँदा र कायम रहेका दल अद्यावधिक गर्दाका बखत नाम ठेगाना भिडाइ मात्र कानूनबमोजिम अग्रिम कारवाही प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय भएको छ ।
 
दर्ता भएका राजनीतिक दलले आफ्नो आय र व्ययको वास्तविक हिसाबकिताब देखिने गरी लेखा राख्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानूनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ ।
 
आयोगले अवधि समाप्त भएको ४५ दिनभित्र त्यस्तो दललाई त्यसरी लेखा परीक्षण प्रतिवेदन पेश नगर्नुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न आदेश दिन सक्नेछ । लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाउने राजनीतिक दललाई आयोगले त्यस्तो काम कारवाही छ महिनाभित्र सच्च्याउन आदेश दिन सक्ने छ ।
 
तोकिएको अवधिभित्र कामकारवाही नसच्च्याएमा त्यस्तो दललाई आयोगले तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी आदेश दिन सक्ने व्यवस्था रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिमको कसुर एक पटकभन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्नसक्ने समेतका कानूनी व्यवस्था छ ।
 
दल दर्ता खारेज भएका राजनीतिक दलमा राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनएकता पार्टी, हाम्रो पार्टी, नयाँ सङ्घीयता जनधारणा पार्टी, मातृभूमि नेपाल पार्टी,  नेपाल नागरिक पार्टी,  नागरिक समाजवादी पार्टी, देशभक्त पर्यावरणीय सामाजिक ९देपसा० मोर्चा र नेपाल न्यायिक दल छन् । अखण्ड नेपाल पार्टी,   युवा शक्ति नेपाल पार्टी, हाम्रो नेपाल पार्टी, राष्ट्रिय चुरेभावर पार्टी, राष्ट्रिय शिवसेना पार्टी, श्रमिक जनता पार्टी–नेपाल, नेपा: राष्ट्रिय पार्टी,  नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी, मधेश समता पार्टी नेपाल, नेपाली कांग्रेस राष्ट्रवादी, चुरेभावर राष्ट्रिय पार्टी, हिन्दू प्रजातान्त्रिक पार्टी, राष्ट्रिय पुनर्जागरण पार्टी, युवा नेपाल पार्टी र लिबरल डेमोक्रेटिक पार्टीको पनि दल दर्ता खारेज भएको छ ।
 
निर्वाचन आयोगका अनुसार,  नयाँ पिपल्स पार्टी, नेपाल लोकतान्त्रिक जनता कांग्रेस, नेपाल गणतान्त्रिक एकता पार्टी, तराई पहाड हिमाल समाज पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल, लोककल्याणकारी जनता पार्टी नेपाल, बौद्धिक जनतान्त्रिक परिषद् नेपाल, राष्ट्रिय श्रमिक नागरिक पार्टी,  मूलवासी मुक्ति पार्टी र देशभक्त लोकतान्त्रिक पार्टीको  दल दर्ता खारेज भएको हो ।
 
सङ्घीय लिम्बूवान नेपाल, नेपाल श्रमिक शक्ति पार्टी, किराँत खम्बूवान लोकतान्त्रिक पार्टी, दलित मुस्लिम जनशक्ति पार्टी, जनता पार्टी र आजाद जनता पार्टी पनि लेखापरीक्षण प्रतिवेदन समयभित्रै  नबुझाएका कारण खारेजीमा परेका हुन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरणलाई नेता बनाउने तयारी

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...

जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून संशोधन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...

फिफाको निलम्बनपछि नेपाली फुटबल ठप्प, फुकुवा गर्न संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदनले के देखायो ?

काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...

गृहमा १२९ कर्मचारी दरबन्दी थपिँदा सहसचिवको संख्या घट्यो

काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...

सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम

काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...

भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता, दुई जना घाइते

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending