Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

महाधिवेशन सम्भव छैन, प्रकृयागत ढंगले टुंग्याउनुपर्छ : प्रधान

भीमसेनदास प्रधान

हामीले सभापतिलाई पहिल्यै नै महाधिवशेनलाई एउटा प्रकृयामा लगेर टुंग्याउँ भनेका थियौँ । यसमा रामचन्द्र पौडेल (दाइ)ले समेत समर्थन गरेका थिए । वैकल्पिक प्रस्ताव लैजाँदासमेत पार्टी सभापतिले मान्‍नु भएन ।

नेपालको संविधान र पार्टीको विधान अनुसार अहिले कांग्रेसको  अधिवेशन सकिसक्नु पर्थ्यो । मुलुकमा विशेष परिस्थिति सिर्जना भयो । केन्द्रीय समितिले गत मंसिरमा महाधिवेशनको मिति तोकेको थियो तर हुन सकेन । चैतबाट लकडाउन भयो । यसले गर्दा अधिवेशनलाई बर्बाद पार्‍यो । कोभिडलयागत क्रियाशिल सदस्य विवादले पार्टीभित्र एकपछि अर्को लफडा निम्तियो । क्रियाशिल सदस्य विवाद प्रतिवेदन असार मसान्तसम्ममा बुझाउनुपर्नेमा भर्खरै बुझाइएको छ । केही साथीहरू अझै पनि रिले अनसन बसिराखेका छन् । सैद्धान्तिक पक्षमा कुनै विवाद नभए पनि प्रकृयागतरुपमा केही विवाद कायमै छ । समस्या समाधानका लागि अझै पनि एक राउण्ड केन्द्रीय पदाधिकारीमा छलफल हुनुपर्छ । क्रियाशिल सदस्य विवाद झण्डै एक सय १६५ वडाहरूमा कायमै छ । मेरो विचारमा तराईका बारा, रौतहट, सिन्धुली, सिन्धुपालचोकलगायत १८ स्थानमा विवाद जटिल रहेको छ । विवाद छानविन गरेर अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने चुनौति रहेको छ । त्यसमा शासन सत्तासमेत हेर्नुपर्ने  दोहोरो दायित्व कांग्रेसमा थपिएको छ । हामीले सभापतिलाई पहिल्यै नै महाधिवशेनलाई एउटा प्रकृयामा लगेर टुंग्याउँ भनेका थियौँ । यसमा रामचन्द्र पौडेल (दाइ)ले समेत समर्थन गरेका थिए । वैकल्पिक प्रस्ताव लैजाँदासमेत पार्टी सभापतिले मान्‍नु भएन । त्यसैले पार्टी अहिले गम्भीर वैधानिक संकटमा फस्‍न पुगेको छ ।  सभापतिले यो सबै भदौमा नै ठीक हुन्छ भन्‍नुभएको छ ।

अब संकट समाधानको लागि अन्तिम विकल्प भनेको अधिवेशन भदौको पहिलो हप्ताबाट शुरु गर्नुपर्छ । सम्पन्‍न भने कार्तिक तिर गरे पनि फरक पर्दैन । संविधान अनुसार अधिवेशन जसरी पनि भदौको पहिलो हप्तामा हुनुपर्छ । यदि यसमा सहमत हुन सकेन भने १३ औँ महाधिवशेन प्रतिनिधिबाट एक वर्षका लागि विशेष महाधिवशेन गर्न सकिन्छ । सबै पक्षको सहमतिमा यसलाई कार्यसमितिले स्वीकृत दिनुपर्छ । 

मेरो विचारमा कांग्रेसले अधिवेशन गर्नु भन्दा वैकल्पिक उपाय खोज्‍नुपर्छ । यतिबेला चुनाव गराउँदा हारजितको इगो कायमै रहन्छ । हाजजितको पीडा कायमै रहेको अवस्थामा आम चुनावमा जाँदा घातअर्न्तघात हुन सक्छ । हाम्रो देशमा प्रजातान्त्रिक अभ्यास व्यवहारिकरुपमा लागू भइसकेको छैन । हारेपछि सबै सकियो कि भनेर इगो लिएर बस्‍ने अनि जित्नेले आफुलाई सिकिन्दर ठान्‍ने प्रवृद्धिले पार्टीलाई सत्यानासको बाटोमा लैजान सक्छ । त्यसैले यो अधिवेशनलाई प्रकृयागतरुपमा टुंग्याएर । १४ औँ अधिवेशन अर्को वर्ष गरेका कांग्रेस र मुलुकका लागि हितकार छ ।

(प्रधान पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

काठमाडौँका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, कुन ठाउँमा कति बजे?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...

बक्यौता महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको जरिवाना छुट

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब हरेक साता कमेडी बाजमा देखिँदै

काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending