Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

महाधिवेशन सम्भव छैन, प्रकृयागत ढंगले टुंग्याउनुपर्छ : प्रधान

भीमसेनदास प्रधान

हामीले सभापतिलाई पहिल्यै नै महाधिवशेनलाई एउटा प्रकृयामा लगेर टुंग्याउँ भनेका थियौँ । यसमा रामचन्द्र पौडेल (दाइ)ले समेत समर्थन गरेका थिए । वैकल्पिक प्रस्ताव लैजाँदासमेत पार्टी सभापतिले मान्‍नु भएन ।

नेपालको संविधान र पार्टीको विधान अनुसार अहिले कांग्रेसको  अधिवेशन सकिसक्नु पर्थ्यो । मुलुकमा विशेष परिस्थिति सिर्जना भयो । केन्द्रीय समितिले गत मंसिरमा महाधिवेशनको मिति तोकेको थियो तर हुन सकेन । चैतबाट लकडाउन भयो । यसले गर्दा अधिवेशनलाई बर्बाद पार्‍यो । कोभिडलयागत क्रियाशिल सदस्य विवादले पार्टीभित्र एकपछि अर्को लफडा निम्तियो । क्रियाशिल सदस्य विवाद प्रतिवेदन असार मसान्तसम्ममा बुझाउनुपर्नेमा भर्खरै बुझाइएको छ । केही साथीहरू अझै पनि रिले अनसन बसिराखेका छन् । सैद्धान्तिक पक्षमा कुनै विवाद नभए पनि प्रकृयागतरुपमा केही विवाद कायमै छ । समस्या समाधानका लागि अझै पनि एक राउण्ड केन्द्रीय पदाधिकारीमा छलफल हुनुपर्छ । क्रियाशिल सदस्य विवाद झण्डै एक सय १६५ वडाहरूमा कायमै छ । मेरो विचारमा तराईका बारा, रौतहट, सिन्धुली, सिन्धुपालचोकलगायत १८ स्थानमा विवाद जटिल रहेको छ । विवाद छानविन गरेर अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने चुनौति रहेको छ । त्यसमा शासन सत्तासमेत हेर्नुपर्ने  दोहोरो दायित्व कांग्रेसमा थपिएको छ । हामीले सभापतिलाई पहिल्यै नै महाधिवशेनलाई एउटा प्रकृयामा लगेर टुंग्याउँ भनेका थियौँ । यसमा रामचन्द्र पौडेल (दाइ)ले समेत समर्थन गरेका थिए । वैकल्पिक प्रस्ताव लैजाँदासमेत पार्टी सभापतिले मान्‍नु भएन । त्यसैले पार्टी अहिले गम्भीर वैधानिक संकटमा फस्‍न पुगेको छ ।  सभापतिले यो सबै भदौमा नै ठीक हुन्छ भन्‍नुभएको छ ।

अब संकट समाधानको लागि अन्तिम विकल्प भनेको अधिवेशन भदौको पहिलो हप्ताबाट शुरु गर्नुपर्छ । सम्पन्‍न भने कार्तिक तिर गरे पनि फरक पर्दैन । संविधान अनुसार अधिवेशन जसरी पनि भदौको पहिलो हप्तामा हुनुपर्छ । यदि यसमा सहमत हुन सकेन भने १३ औँ महाधिवशेन प्रतिनिधिबाट एक वर्षका लागि विशेष महाधिवशेन गर्न सकिन्छ । सबै पक्षको सहमतिमा यसलाई कार्यसमितिले स्वीकृत दिनुपर्छ । 

मेरो विचारमा कांग्रेसले अधिवेशन गर्नु भन्दा वैकल्पिक उपाय खोज्‍नुपर्छ । यतिबेला चुनाव गराउँदा हारजितको इगो कायमै रहन्छ । हाजजितको पीडा कायमै रहेको अवस्थामा आम चुनावमा जाँदा घातअर्न्तघात हुन सक्छ । हाम्रो देशमा प्रजातान्त्रिक अभ्यास व्यवहारिकरुपमा लागू भइसकेको छैन । हारेपछि सबै सकियो कि भनेर इगो लिएर बस्‍ने अनि जित्नेले आफुलाई सिकिन्दर ठान्‍ने प्रवृद्धिले पार्टीलाई सत्यानासको बाटोमा लैजान सक्छ । त्यसैले यो अधिवेशनलाई प्रकृयागतरुपमा टुंग्याएर । १४ औँ अधिवेशन अर्को वर्ष गरेका कांग्रेस र मुलुकका लागि हितकार छ ।

(प्रधान पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending