Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

काम गर्ने कार्यकर्तालाई राप्रपामा अवसर, निष्क्रियलाई विदाइ गर्ने लिङ्देनको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसरको अभाव हुन नदिने बताएका छन्। उनले पद ओगटेर बस्ने तर पार्टीलाई आवश्यक पर्दा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिविरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनीसमेत दिएका छन्।

शनिबार राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टी र देशको सेवामा समर्पित भएर राजनीतिमा सक्रिय हुन चाहने कार्यकर्ताको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी आफूले लिने बताए।

उनले पार्टीमा अवसर पाइँदैन कि भन्ने आशंकामा कार्यकर्ताहरू विचलित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

‘पार्टी अध्यक्षको हैसियतले म विश्वास दिलाउन चाहन्छु, राजनीतिमा लागेर पार्टी र देशको सेवा गर्न चाहने कसैले पनि अवसर पाउँदिनँ कि भनेर डराउनु पर्दैन,’ लिङ्देनले भने, ‘सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी म लिन्छु।’

तर पार्टीको जिम्मेवारी नलिने, पद मात्र ओगट्ने र संकटका बेला पछि हट्नेहरूलाई भने आफूले संरक्षण नगर्ने उनको भनाइ थियो।

‘काम गर्ने साथीहरूका लागि पार्टीमा पूर्ण ठाउँ छ, तर पद मात्र ओगट्ने र लडाइँको बेला भाग्नेहरूलाई म आफैं धकेलेर बिदा गरिदिन्छु,’ उनले भने।

लिङ्देनले पार्टीभित्र विगतमा भएका अन्तरसंघर्ष वा मतभेदका कारण कार्यकर्ताहरू त्रसित हुनुपर्ने अवस्था नरहेको बताए। आफूले सबैलाई अभिभावकको भूमिकामा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले पार्टीको जिम्मेवारी पाएका व्यक्तिले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।

उनले संकटको समयमा पार्टीलाई साथ नदिने र जिम्मेवारी पूरा नगर्ने प्रवृत्तिलाई स्वीकार गर्न नसकिने बताए।

परिवारबाटै पार्टी विस्तार गर्न आग्रह

अध्यक्ष लिङ्देनले राप्रपाको संगठन विस्तारका लागि कार्यकर्ताहरूले आफ्नो परिवारबाटै अभियान सुरु गर्नुपर्ने बताए।

‘पहिले आफ्नो परिवारका सदस्यहरूलाई राप्रपामा आबद्ध गराउनुस्। आफ्नै परिवारका सदस्यले नपत्याएको व्यक्तिलाई छिमेकी र समाजले विश्वास गर्दैनन्,’ उनले भने।

उनले परिवार, समाज र समुदायसँगको सम्बन्धलाई पार्टीको संगठन विस्तारसँग जोडेर अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरे।

सक्रिय सदस्यता अभियानमा जोड

राप्रपाले संगठन सुदृढीकरणका लागि सक्रिय सदस्यता अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै लिङ्देनले कार्यकर्ताहरूलाई अभियानमा केन्द्रित हुन निर्देशन दिए।

उनले पार्टीको संगठन बलियो बनाउन सक्रिय र प्रतिबद्ध कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताए। सदस्यता विस्तारसँगै संगठनलाई स्थानीय तहसम्म थप मजबुत बनाउनेतर्फ पार्टीको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो।

लिङ्देनले अवसर र पदको चिन्ताभन्दा पार्टी तथा देशको सेवामा केन्द्रित भएर काम गर्न कार्यकर्ताहरूलाई आग्रह गर्दै सक्रियता र जिम्मेवारीका आधारमा पार्टीभित्र अवसर सिर्जना गरिने संकेत गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान र संघीयतामाथि आक्रमण भए ‘अग्रगामी मोर्चा’ले प्रतिवाद गर्ने परियारको चेतावनी

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिम...

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना ...

एमालेबाट चार समूह टाढिएको पोखरेलको स्वीकारोक्ति, ‘पपुलिज्म’ चुनौती बन्दै

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहर...

देउवा नेपाल फर्किने मिति परिवर्तन

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने मिति परिवर्तन भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा अब साउन ...

काम गर्ने कार्यकर्तालाई राप्रपामा अवसर, निष्क्रियलाई विदाइ गर्ने लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसर...

पूर्व नगर प्रमुख सिंह सम्पर्कविहीन

कपिलबस्तु। सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुन: सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम...

आठदलीय अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक, जनार्दन शर्माले भने– ‘देश सङ्कटपूर्ण अवस्थामा छ’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...

दैलेखमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...

सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...

धरानमा ग्यास अभाव भएपछि डिलरको अनुगमन

धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending